भदौ ७ सम्म बुटवल तरकारी थोक बजार निषेधित क्षेत्र घोषणा

स्वास्थ्यसमाचार/ बुटवल तरकारी थोक बजार निषेधित क्षेत्र घोषणा गरेको छ । बुटबल उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै हरियो तरकारी खरिद विक्री गर्दा व्यापक भिडभाड हुदाँ कोरोना संक्रमणको जोखिम भएकोले भोलिदेखि भदौ ७ गतेसम्म सब्जिमण्डी निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालदेखि तिनाउ पुलसम्म र सब्जिमण्डीदेखि बसपार्कको न्यू ईरा होटेलसम्मको क्षेत्रलाई हरियो तरकारी विक्री वितरण गर्न नमिल्ने गरी निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सब्जिमण्डीबाट आलु, प्याज, लसुन र फलफुलको थोक विक्री वितरण मात्र पूर्व निर्धारित समयमा गर्न सकिने उपमहानगरले जनाएको छ ।

सम्बन्धित शिर्षक :