कोरोना संक्रमण बढेपछि रुपन्देही भाद्र ७ सम्म लकडाउन

स्वास्थ्यसमाचार/ जिल्ला प्रशासन कार्यलय रुपन्देहीले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज देखि लकडाउन गरिएको छ। समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गते राती १२ बजेसम्मका लागि जिल्ला लकडाउन गरिएकोे हो।

रुपन्देही जिल्लामा कोभिड–१९को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीले जिल्ला लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्ने गराउने गरी भदौ ७ गते सम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिदै जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२०को दफा २ बमोजिम गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक :