एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्यु

कवि घिमिरेलाई लामो समयदेखि पेट र छातीको समस्या

स्वास्थ्यसमाचार / राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्यु भएको छ । मंगलवार साझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको घिमिरेकी छोरी डा किरण रेग्मीले बताइन् । उनको लैनचौरस्थित घरमै मृत्यु भएको हो ।

‘घरमै हुनुहुन्थ्यो ’ डा। रेग्मीले भनिन् ‘ अहिले साँझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।’ कवि घिमिरेलाई लामो समयदेखि पेट र छातीको समस्या थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । उनको नव मञ्जरी, गौरी शोककाव्य, हिमालपारि हिमालवारि गीतिनाटक, राष्ट्रनिर्माता, मालती मङ्गले, गीतिनाटक, किन्नर(किन्नरी ९गीतसङ्ग्रह,इन्द्रकुमारी, चारु चर्चा निबन्ध, राजेश्वरी, आफ्नो बाँसुरी आफ्नै गीत निबन्ध लगायतका कृति चर्चित छन् ।

सम्बन्धित शिर्षक :