बुटवलको कोरोना अस्पतालमा प्युठानका ६४ वर्षिय संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु छ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए आज विहान साढे ६ बजे मृत्यु भएको बताए ।

संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो।कोरोना बिशेष अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो। भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए ।

उनलाई सुगर र उच्च रक्तचाप समेत रहेको डा. गौतमले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :