कोरोना संक्रमित नवलपरासी काङ्ग्रेस उपसभापति को निधन

स्वास्थ्यसमाचार/ कोरोनाबाट संक्रमित भएका नवलपरासी सुस्ता पश्चिमका एक पुरुषको निधन भएको छ । ४५ बर्षिय शुभाषचन्द्र गिरिको कोरोनाको कारण निधन भएको हो । उनी नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति हुन ।

केही समय अगाडी पथ्थरीकोे शल्यक्रिया गरेका उनलाई हप्तादिन अगाडीमात्रै कोरोना पोजेटिभ देखिएको थियो । उपचारको क्रममा पाटनमा रहेका उनी बिशेष उपचार कक्षमा उपचाररत रहेका र गत राती २ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको नेपाली काग्रेसका महासमिति सदस्य चन्द्र बहादुर रानाले मृत्यु भएको सामाजीक संञ्जालमा पुष्टी गरेका छन । तर स्वास्थ्यमन्त्रालयले भने पुष्टी गरेको छैन ।

सम्बन्धित शिर्षक :