छोटु को उपचारमा मारबाडी युवा मंचको आर्थिक सहयोग

स्वास्थ्यसमाचार/ तीन महिनादेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार गराइरहेका नवलपरासी रामग्राम नगरपालिका १७, देवगाउँ, फूलभरियाका १६ वर्षीय छोटु साहानीको उपचारका लागि मारबाडी युवा मंच, भैरहवाले आर्थिक सहयोग गरेको छ । जेठ १२ गते आँपको रुखबाट लडेका उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको उपचारमा आर्थिक अभाव भएका भएपछि मारबाडी युवा मंच, भैरहवाले अस्पतालमा पुगेर ५१ हजार १ सय रुपैयाँ सहयोग गरेको हो । छोटुको उपचारमा अहिलेसम्म ९ लाख रुपैयाँ खर्च भइसकेको छ । अझै एक महिनासम्म अस्पतालमै राखेर उपचार गर्नु पर्ने भएकाले आर्थिक अभावका कारण…

बुटवलको कोरोना अस्पतालमा २ जना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ बुटवल स्थित कोरोना बिशेष अस्पतालमा रुपन्देही को तिलोत्तमा र कपिलवस्तुका १ १ जना गरि २जना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले जनाए अनुसार रुपन्देही तिलोत्तमा जानकीनगरकी ७० बर्षिया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थाईराइड र हाई ब्लड प्रेसरको समेत बिरामी रहेका संक्रमितको बिहिबार बिहान १०ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले बताए । तिलोत्तमामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो भने रुपन्देहीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।त्यतै बुटवलको कोरोना अस्पतालमा कपिलवस्तु नगरपालिका १ का बर्ष ५०…

१० दिनमा कोरोना संक्रमणमुक्त भए पुर्व मेसु डा खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनाल कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्। कृष्ण खनालले भने रुघाखोकी लागेर परिक्षण गराउन गएको थिए कोरोना पोजेटीभ देखीयो भदौ १ मा मलाई कोरोना पोजेटीभ देखीएको थियो आज १० दिनमा फेरी परिक्षण गराउदा नेगेटीभ आएको डा खनालले बताए । संक्रमणमुक्त भएपछि खनालले भने १० गतेको पीसीआर रिपोर्ट नेगेटिभ आयो मेरो उपचारमा संग्लन चिकित्सक,स्वास्थ्यकर्मी, स्वास्थ्यलाभको कामना गर्नुहुने, ब्यबस्थापनमा खटनुहुने सबैलाई हार्दिक ब्यक्त गर्दछु डा खनालले भने । डा खनाल सुगरका रोगी थिए केहि महिलना अघि उमेरहदको कारण खनालले सरकारी जागीरबाट अबकास लिएका…

रुपन्देहीमा अहिले सम्मकै बढी ६९ जना कोरोना संक्रमित

स्वास्थ्यसमाचार/ रुपन्देहीमा हालसम्मकै उच्च ६९ जना कोरोना भाइरसका संक्रमित थप देखिएका छन । जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ। मंगलबार ५ बजेसम्मको तथ्यांकअनुसार सम्म रुपन्देहीका ९ पालिकाका ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले ले जनाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल केदारनाथ शाहका अनुसार कञ्चन गाउपालिका २३, बुटवल उपमहानगरपालिका १८ जना, सिद्धार्थनगरमा ९, शुद्धोधनमा २, मायादेवीमा ७, देवदहमा २, ओमसतियामा १, सम्मरीमाईमा ३ र सियारीमा ४ जनामा संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौ, लुम्बिनी प्रादेशिक अस्पताल बुटबल प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र नेशनल…

स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५कोे संयोजकमा :डा प्रशान्त आचार्य

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश नम्बर ५कोे संयोजक मा डा प्रशान्त आचार्य लाई तोकिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आज लुम्बिनी प्रादेशिक अस्पतालका डा आचार्य लाई संयोजकमा तोकेहो हो ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद २०७६ बमोजीम स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना जनशक्ती पुर्वाधार क्षमता प्राथामिकताका आधारमा संघले प्रदेश र स्थानिय तहको संरचना बिस्तारको लागी डा आचार्य लाई तोकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिब डा प्रदिप ज्ञाबलीले जनाएका छन । उनले प्रदेश र स्थानियका गतिबिधी समेत परिषलाई उपलब्ध गराउन उल्लेख गरेका छन । परिषदले मुख्यमन्त्रीको कार्यलय सामाजीक बिकास मन्त्रालय…

भिम अस्पताल भैरहवामा कोरोना संक्रमित बिरामीको मृत्यु

स्वास्थ्यसमाचार / भैरहवास्थित भिम अस्पताल जना कोभिड १९ संक्रमित बिरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहावा ३ का ५० बर्षिय कल्लु नाउ मुसलवानलाई सोमबार साझ ५ बजेतिर कोभिडको उपचारका लागि भीम अस्पताल पु¥याए राती उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । घर बनाउन मिस्त्रीको काम गर्ने नाउ छतबाट लडेर टाउकोमा चोट लागेका उनको उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा गएका थिए । उनको उपचारका लागि कोरोना जाँच गर्दा पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ आएपछि मेडिकल कलेजले उनलाई कोभिड उपचारका…

भारतबाट आउने नागरिकको अभिलेख र नाका कडाइ गर्न : मुख्यमन्त्री पोखरेलको निर्देशन

स्वास्थ्यसमाचार / कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गरेका छन । मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे वताए । एकीकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिए । उनले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्ने…

कोरोनाको नाममा भएको खर्च खै :सामाजिक विकास समिति

स्वास्थ्यसमाचार /प्रदेश ५ को प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आफूहरुको निर्देशन नमानेर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएका छन । मन्त्रालयलाई गत वैशाखमा नै कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन सेन्टर र प्रयोगशाला थप गर्न निर्देशन दिए पनि अहिलेसम्म पालना नगरेको भन्दै समितीले बताएको छ। वैशाखपछि पनि समितिले कोरोना संक्रमितलाई बोक्ने एम्वुलेन्स र शवबाहनको ब्यवस्था मिलाउन र कोरोनाको नाममा भएको खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएकामा पालना नभएको समिति सभापति दृगनारायण पाण्डेले बताए । समितिले यस विषयमा छलफल गर्न सामाजिक विकास मन्त्रालयका सचिवसहितका उच्च अधिकारीहरुलाई बोलाएको थियो । ‘मन्त्रालयका…

बुटबलमा चिकित्सक बाटै रगत लिएर प्लाज्मा थेरापी सूरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित विरामीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्न सुरु गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलद्धारा संचालित कोरोना विशेष आईसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी एक ७० बर्षिय एक महिलालाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो । पहिलो पटक चिकित्सक बाटै रगत लिएर प्लाज्मा थेरापी सूरु गरेका कोरोना अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले वताए । लुम्बिनी प्रादेशिक अस्पतालका कार्यरत डा साजन श्रेष्ठ ले आफ्नो रगत दान गरेका छन। डा साजन केही समय अधिमात्र कोरोना संक्रमित भै हाल कोरोना बाट निकोभएका ब्याक्ती हुन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट…

हामी(चिकित्साकर्मी)माथी खनिनेहरुप्रति समर्पित !

सक्ने जतिको समाजमा भ्रम फैलाउदै जाऊ सके जतिको समाजलाई भड्काउंदै जाऊ।। जीवन बचाउन अहोरात्र खटिएका चिकित्साकर्मी माथी प्रहार गर्दै जाऊ।। तिरष्कार-बहिष्कार जे गर्न सकिन्छ, गर्दै जाऊ ।। तिमी स्वास्थ्यको बिज्ञता भन्दा माथी छौ तिम्रो ब्यवहारले देखाइसक्यो । तिम्रो हामी प्रतिको प्रहारलाई हामीले नबुझेको कहाँ हो र तर त्यस्को उचित जवाफ दिन हामीसंग समय छैन ।। एक एक निमेषको यहाँ महत्व छ तीस सेकेन्डको समय काफी हुन्छ जीवन मरणको वारपार हुन तिमीलाई कसरी बुझाउँ। किनभने तिमीले आफुलाई ।। सुपरबिज्ञ घोषणा गरिसक्यौ । तिमीले भ्रम बेच्यौ प्राबिधिकहरु तिम्रा ज्यामी हुन् उनिहरुको ईमान…