हामी(चिकित्साकर्मी)माथी खनिनेहरुप्रति समर्पित !

साहित्य विशेष

सक्ने जतिको समाजमा भ्रम फैलाउदै जाऊ
सके जतिको समाजलाई भड्काउंदै जाऊ।।
जीवन बचाउन अहोरात्र खटिएका
चिकित्साकर्मी माथी प्रहार गर्दै जाऊ।।
तिरष्कार-बहिष्कार जे गर्न सकिन्छ,
गर्दै जाऊ ।।

तिमी स्वास्थ्यको बिज्ञता भन्दा माथी छौ
तिम्रो ब्यवहारले देखाइसक्यो ।
तिम्रो हामी प्रतिको प्रहारलाई
हामीले नबुझेको कहाँ हो र
तर त्यस्को उचित जवाफ दिन
हामीसंग समय छैन ।।

एक एक निमेषको यहाँ महत्व छ
तीस सेकेन्डको समय काफी हुन्छ
जीवन मरणको वारपार हुन
तिमीलाई कसरी बुझाउँ।
किनभने तिमीले आफुलाई ।।
सुपरबिज्ञ घोषणा गरिसक्यौ ।

तिमीले भ्रम बेच्यौ
प्राबिधिकहरु तिम्रा ज्यामी हुन्
उनिहरुको ईमान बेचिदियौ
स्वास्थ्यका ठेकेदार तिमी
दलाली तिम्रो धर्म
जे गर्न सक्थ्यौ त्यहीं गर्यौ ।।

तिमीलाई बधाई भन्नै पर्यो ।।
तर, एक दिन तिमी पनि ।
थला पर्नेछौ,।।
कोरोनाले कसैलाई छोड्नेवाला छैन ।
तिमी हामीसंग गुहार।।
माग्न आउनेछौ ।।

त्यतिखेर हाम्रो आग्रह-पूर्बाग्रह
केही हुनेछैन- जसरी तिमी सोंच्छौ
तिमी त फगत एक बिरामी
हाम्रो लागि एउटा सेवाको
अवसर प्रदायक
हामी सधैं झै सेवक।
चिकित्साकर्मी ।।

हामीलाई तिम्ले छरेका
भ्रम,भड्काव
तिम्रा तिरष्कार – बहिष्कार
केहीको सम्झना हुनेछैन
किनभने तिमीलाई बचाउने
समय घर्किन के बेर
एउटा आत्मसंतुष्टीको लागि
जो अरुले खोसेर लग्ने होइन
हामी लागि पर्नेछौं।।।

– रचनाकार डा. राजेन्द्र खनाल,  लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हुनुहुन्छ ।

सम्बन्धित शिर्षक :