बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीले कोहलपुरमा शल्यक्रियावाट छोरी जन्माईन

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका –११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि उनले नेपालगञ्जमा बच्चा जन्माईकि छन ।

कोहलपुर मेडिकल कलेजका स्त्री रोग विशेषज्ञ सहितको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो ।आइसोशनमा राखेर निगरानी रहेकी उनको आज बिहान ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालीएको हो ।

शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी वताए ।अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ। भोलि कोरोना परीक्षण गर्छौँ त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ श्रेष्ठले भने ।गत आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुग्नुभएकी उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए ।

पहिलो सन्तान जन्माउन नसकेर शल्यक्रिया गरिएका कारण दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने भन्दै प्रदेशिक अस्पतालले छिटो विधिबाट पिसिआर परीक्षण गर्दा उनमाा कोरोना पोजेटिभ देखिएको थियो । गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमै छन।

प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ। कोहलपुर मेडिकल कलेजमा उनीसंगै ४ जना कोरोना संक्रमितको शल्यक्रिया गरेको जनाएको छ ।

सम्बन्धित शिर्षक :