स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही : स्वास्थ्य मन्त्रालयल

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरु स्थानीय प्रशासनले कारवाही प्रक्रिया अघि बढाएको बताएको छ ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा बताए । चितवनमा संक्रमित चिकित्सक होम आइसोलेसनमा बसिरहँदा टोल सुधार समितिको नामबाट एउटा समूह कोरोना संक्रमितको घर भन्दै व्यानर टाँस्न पुगेको थियो ।

शनिबार मात्रै काठमाडौँमा टोल सुधार समितिकै नाममा एउटा समूहले सिभिल अस्पतालका स्वास्थ्यकर्मी बसेको नयाँ बानेश्वरस्थित एक होस्टलको घेराउ गर्न पुगेको थियो । यी दुबै घटनालाई स्वास्थ्यकर्मीमाथिको दुर्व्यहारको संज्ञा दिदै उनले यसो नगर्न आम सर्वसाधारणलाई पुन सचेत बनाए ।

उनले यी दुबै घटनालाई मन्त्रालयले नजिकबाट निहालिरहेको र यस्तो महामारीका बेला दिनरात नभनी बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न गृहमन्त्रालय मार्फत स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको बताए ।प्रवक्ता डा गौतमले उनले स्थानीय प्रशासनले पनि कारवाहीका लागि कदम अघि बढाईसकेको समेत दावी गरे ।

‘दुर्व्यवहार गर्नेमाथि कारवाही हुन्छ । हामीले लेखि पठाएका छौँ । स्थानीय प्रशासनले कदम चालिसकेको छ, स्वास्थ्यकर्मीहरुलाई उनले आश्वासन दिए । साथै उनले आम सर्वसाधारणलाई कुनै पनि स्वास्थ्यकर्मीैलाई दुर्व्यवहार नगर्न अनुरोध गरे । उनले त्यस्तो गर्नेमाथि कडा कारवाही हुने समेत चेतावनी दिए ।

सम्बन्धित शिर्षक :