बुटबलमा चिकित्सक बाटै रगत लिएर प्लाज्मा थेरापी सूरु

भेन्टिलेटरमा रहेकी ७० बर्षिय महिलालाई प्लाज्मा थेरापीबाट उपचार सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित विरामीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्न सुरु गरिएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलद्धारा संचालित कोरोना विशेष आईसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी एक ७० बर्षिय एक महिलालाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो ।

पहिलो पटक चिकित्सक बाटै रगत लिएर प्लाज्मा थेरापी सूरु गरेका कोरोना अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले वताए । लुम्बिनी प्रादेशिक अस्पतालका कार्यरत डा साजन श्रेष्ठ ले आफ्नो रगत दान गरेका छन। डा साजन केही समय अधिमात्र कोरोना संक्रमित भै हाल कोरोना बाट निकोभएका ब्याक्ती हुन ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले प्लाज्मा थेरापी विधि सफल भए अरु विरामीहरुमा पनि उपचार शुरु गरिने जानकारी दिए ।

कोरोनाको छुट्टै औषधी पत्ता नलाईसकेको अवस्थामा मृत्युलाई रोक्न सकिन्छ की भन्ने उद्देश्यले प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ सफल भए अन्यमा समेत प्रयोग गरिने छ खनालले बताए ।

अस्पतालका अनुसार बुटवलको आईसोलेसन अस्पतालको सघन उपचार कक्षमा १७ जना संक्रमितहरुको उपचार भईरहेको छ ।

भने ति मध्ये दुईजना गम्भिर अवस्थाका भएकोले भेन्टिलेटरको सहायतामा उपचाररत छन ।

अस्पतालका चिकित्सक डा सम्राट पराजुलीले भने यस क्षेत्रमा यो पहिलो भएको छ हामी सबै लागेर यो कार्य अघि बढाएका हौ सफल होला सबैको विवास गरौ यसमा सबै चिकित्सक नर्स नेपाल रेडक्रम लगाएको सबैको महवपुर्ण भुमिका रहेको बताए ।

सम्बन्धित शिर्षक :