१ जना कोरोना संक्रमित पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च

पिसिआर परीक्षणमा हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च :स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कोरोना संक्रमित पत्ता लगाउन १ लाख ४ हजार खर्च हुने बताएको छ ।

मन्त्रालयको नियिमत कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च भएको वताए ।हालसम्म ५ लाख ७९ हजार ८सय ९९ जनाको पिसिआर परीक्षण भएको बताए। परीक्षण भएकामध्ये ३० हजार ४सय ८३ जनामा कोरोना पोजिटिभ देखिएको छ।

सरकारले पिसिआर परीक्षणका लागि गरेको खर्च र पोजिटिभ भेटिएको केसलाई हेर्दा एक जना पोजिटिभ भेटाउन सरकारले ल्याबमा मात्र १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको छ, प्रवक्ता डा गौतमले भने, एक जनाको परीक्षणका लागि सरकारले ५५ सय रुपैयाँ खर्च गर्दै आइरहेको छ।डा गौतमका अनुसार संक्रमितलाई आइसियुमा उपचार गर्नु परेमा ३० दिनमा ४ लाख ५० हजार खर्च हुने गरेको मन्त्रालयको नियिमत कोरोना ब्रिफिङका क्रममा बताए ।

सम्बन्धित शिर्षक :