कोरोना संक्रमितिको चाप वढदो ,बुटवलका आईसियु बेड संक्रमितले भरिए

स्वास्थ्यसमाचार/बुटवलकोे कोरोना विशेष (अस्थायी) अस्पतालको आईसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् ।दैनिक रुपमा लक्षण सहितको कोरोनाका संक्रमित थपिएपछि अस्पतालमा रहेका १६ वटा बेड बिरामीले भरिएको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनालका अनुसार बुटबलको धागोकारखनामा बनाईएको कोरोना अस्थायी अस्पतालमा १६ वटा बेडमा रहेकामा ८ जना बिरामीलाई अक्सिजन दिई उपचार गरिरहिएको छ भने २ जना बिरामी भेन्टिलेटरमा रहेका वताए ।

लुम्बिनी प्रादेशिक अस्पताल ले व्यवस्थापन यो अस्पतालमा आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम रहेको डा खनालले बताए बेड संख्या ३६ रहेका र आइसोलेसन कक्षमा २१ जनाको उपचार डा खनालले बताए ।

अर्कोतिर लुम्बिनी प्रादेशिक अस्पतालको मूल भवनमा रहेका ६ वटै आइसोलेसन बेडमा पनि बिरामी भरिएको डा. खनालले छ।अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि तथा अन्य गरि ६ वटा आइसोलेसन बेडभरिएको बताए ।अब नयाँ बिरामी आए राख्नसमस्या भएको डा खनालले बताए । बुटबलको धागोकारखानामा ५० देखी १०० बेडको अस्थायी अस्पताल बनाउने भनेपनि अहिले सम्म त्यो भएको छैन ।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयले बुटबलको धागो कारखनामा बनाईएको कोरोना अस्थायी अस्पताललाई २ सय बेडको बनाउने तयारी भएको बताएपनि त्यो ३६ बेडमै सिमिति रहेको छ ।प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद गिरी ले अबस्यक अनुसार बेड थप्दै जाने बताएका थिए ।प्रदेश ५को अस्थायी राजधानी बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालसँगै कोरोना भाइरसका संक्रमितको उपचारको लागि भैरहवाको भीम अस्पताल, दाङ बेलझुण्डीमा रहेको कोरोना अस्पताल र बाँकेको खजुरा अस्पताल रहेका छन् ।

भीम अस्पतालले कोरोना संक्रमित बिरामी सबैलाई डिस्चार्ज गरेपछि अस्पतालले पुनः नियमित सेवा शुरु गरिसकेको छ त्यहाँ कोरोनाका बिरामी भर्ना १ मात्र रहेको अस्पतालका ले जनाएको छ ।बुटबल उपमहानगरपालिकाले नगरभित्रका लार्ई लक्षण नदेखिएका संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने गरेको छ बुटबल उपमहानगरपालिका स्वास्थ्य संयोजक जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिहले बताए अहिले ५८ जना बुटबलका कोरोना संक्रमित होम आइसोलेसनमा रहेको बताएका छन ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा खनालका अनुसार कोरोना सामान्य लक्षण देखिएका बिरामीहरुलाई कोरोना अस्पतालको आइसोलेसनमै राख्ने गरिएको छ ।तर तत्काल थप उपचार गर्नुपर्ने गम्भीर प्रकृतिको लक्षण देखिएकालाई आइसियुमा भर्ना गर्ने गरिएको वताए ।

बुटबलको कोरोना अस्पतालबाट अहिले सम्म ९७ घरगएका जनाको उपचार भैनिको भएको र उपचारको क्रममा २ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।प्रदेश ५मा भो अहिले सम्मकोरोनासंक्रमितिको संख्या ५हजार ३सय ४६ संक्रमित सक्रिय १हजार ३१ छन कोरोना उपचारका निको भएका ४हजार २सय ९६ रहेका छन भने। १७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :