थप १,४४६ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/पछिल्लो २४ घण्टामा १ हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले…

जनस्वास्थ्य संघको अध्यक्षमा अधिकारी, महासचिवमा दाहाल निर्वाचित

स्वास्थ्यसमाचार/ जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन्। प्रगतिशिल समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पछि पार्दै जित हासिल गरेका हुन्। अधिकारीले ५९२ मत ल्याएका छन् भने श्रेष्ठले ५६५ मत ल्याएका छन्। यस्तै अध्यक्षमा उम्मेदवारी दिएर पछि श्रेष्ठलाई समर्थन गरेका कृष्णमान शाक्यको पनि १९ मत आएको छ। यस्तै, महासचिवमा सागर दाहाल निर्वाचित भएका छन्। दाहालले प्रतिस्पर्धीभन्दा १२० मत बढी ल्याएर जित हासिल गरेका छन्। दाहालको ६४६ मत आएको छ भने उनका प्रतिस्पर्धी कैलाश खाकी श्रेष्ठको ५२६ मत आएको छ। यसैगरी, उपध्यक्षमा विमला भट्ट विजयी भएकी छन्। उनले…

फ्रन्टलाइनरलाई माघ पहिलो सातादेखि ‘बुस्टर डोज’ खोप दिइने

स्वास्थ्यसमाचार/  माघ पहिलो साताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो साताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक डोज खोप लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अतिरिक्त थप एक डोज खोप लगाउने निर्णय वताए । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ। शुक्रबारमात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको थियो। कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक डोज खोप दिने भएको हो। शुक्रबारमात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट…

कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ सरकारले आवश्यकताका आधारमा कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ वा ‘स्मार्ट लकडाउन’ सुरु गर्न स्थानीय सरकारलाई सुझाव दिएको छ। ‘कोभिड९१९ संकट व्यवस्थापन समन्वय केन्द्र’ सिसिएमसी को आज बसेको बैठकमा उसले प्रधानमन्त्रीलगायत वरिष्ठ सरकारी अधिकारीलाई कोरोनाको अवस्थाबारे व्याख्या गरेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य जनचेतना र खोप अभियानलाई तीव्रता दिन निर्देशन दिएका थिए। त्यस्तै उनले अस्पताल, स्वास्थ्यकर्मी तथा आइसोलेशन सेन्टर र होल्डिङ सेन्टरहरू तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका थिए।त्यस्तै बैठकमा अति आवश्यक व्यक्ति र समूहका लागि अतिरिक्त खोपको व्यवस्थापन गर्नेबारेमा पनि छलफल भएको थियो। ‘हामी फेरि पनि कोरोना संक्रमणको संकटकै…

नेपालमा एकै दिन थप २४ जनामा ओमिक्रोन पुष्टि:अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

स्वास्थ्यसमाचार/ नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकाका २४ नमूनाको जिन स्क्रिनिङ गर्दा सबैमा सङ्क्रमण पुष्टि भएको हो । ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन समेत दिएको छ । “ओमिक्रोनले गर्दा…

पाल्पा अस्पतालका ९ कर्मचारीमा कोरोना, आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पताल पाल्पा ९पाल्पा अस्पताल०मा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए ।अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ । मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए…

सनराइज वैक र सिद्धार्थनगर सिटि हस्पिटल बिच कपाल प्रत्यारोपण ऋण संझौता

स्वास्थ्यसमाचार/ भैरहवा स्थित सनराइज वैक र सिद्धार्थनगर सिटि हस्पिटल बीच क्रेडिट कार्ड सुविधा बाट कपाल प्रत्यारोपणको लागि ऋण सम्झौता भएको छ पौष १९ गते सिद्धार्थनगर सिटि हस्पिटलमा भएको कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजिष्ट डा.चन्द्र मोहन शाह र बैकका शाखा प्रमुख हरिहर सुवेदी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बिगत ६ महिना देखि अत्याधुनिक मेसिनयुक्त,उच्च लगानीमा निर्मित १०० बेडको यस हस्पिटलले नियमित रुपमा कपाल प्रत्यारोपण सेवा प्रदान गरिरहेको छ । संभवत राजधानि भन्दा बाहिर छिटो छरितो कपाल प्रत्यारोपण सेवा प्रदान गर्न सक्ने पहिलो हस्पिटल सिद्धार्थनगर सिटी हस्पिटल हो…

सिद्धार्थ सिटी हस्पिटलमा पौष २२वाट निः शुल्क निःसन्तान शिविर

स्वास्थ्यसमाचार/ सिद्धार्थनगर सिटी हस्पिटल भैरहवाले हस्पिटलको सेवा बिस्तार गर्दै बिरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिइरहेकोछ । हस्पिटलले विभिन्न सेवा सुविधा निरन्तर रुपमा दिदै आएकोमा यही पौष २२ गते बिहिबार काठमाण्डौ तथा विदेशमा लामो अनुभव प्राप्त डाक्टर द्धारा निःसन्तान दम्पतिका लागि स्वास्थ्य शिविर आयोजना गरिएको हस्पिटलका मेडिकल डाइरेक्टर प्रोफेसर डा. जावेद अहमद खानले वताए । यस अस्पतालमा स्वास्थ्य शिविरमा वर्षौ देखि सन्तान नभएर चिन्तित भईरहेका निः सन्तान दम्पतिहरुको लागि बावु आमा बन्ने अवसर प्रदान गर्दछ । महिलाहरुमा रहेका विभिन्न किसिमका स्त्री रोगहरुको सफल उपचार पनि गरिने हस्पिटल स्रोतले बताएको छ । वरिष्ठ…

लक्षित वर्गका लागि सुरु गरिएको बुस्टर डोज अभियान स्थगित

स्वास्थ्यसमाचार/ सरकारले मंगलबार सुरु गरेको बुस्टर डोज खोप अभियान स्थगित गरिएको छ । सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई बुस्टर डोज खोप अभियान सुरु गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी थप छलफल गरी फेरि अभियान सञ्चालन गरिने भन्दै हालका लागि अभियान स्थगित गरिएको बताएको छ। सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।

न्युनतम सेवा मापदण्ड सुधारमा प्युठान अस्पताल लुम्बिनी प्रदेशको तेस्रो स्थानमा

स्वास्थ्यसमाचार/प्युठान अस्पताल न्युनतम सेवा मापदण्डका सुचकको आधारमा लुम्बिनी प्रदेशको तेस्रो स्थानमा परेको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको प्रदेशमा अस्पतालहरुको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मुल्यांकनमा अघिल्लो आर्थिक वर्षमा ५९ प्रतिशत रहेकोमा यस बर्ष बढेर ७४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाहरुमध्ये हालसम्म सर्वेक्षण गरिएका ९ वटा जिल्लाका विभिन्न सुचकहरुमा सुधार गर्दै प्युठान तेस्रो स्थानमा परेको हो। गुल्मी, पाल्पा र कपिलबस्तुको भने न्युनतम सेवा मापदण्डहरु सर्वेक्षण गर्न अझै बाँकी छ। स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण…