लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले सन्देशमूलक गित गाएर तीज मनाए

स्वास्थ्यसमाचार / देशभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वर्ष दिनमा आउने तीज पर्वमा परिवार, आफन्तसँग रमाइलो गरी मनाउन नपाए पनि लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरूले भने सन्देशमूलक गीतसहित तीज मनाएका छन । अघिका वर्षहरूमा तीजमा आलोपालो गरी माइत जाने नर्सहरूले यो पटक बिदा पाएनन्। कोरोना भाइरसको गति संगै र उनीहरूको व्यस्तता पनि निकै बढेको छ । विगत पाँच महिनादेखि कोरोना संक्रमितसँगै नियमित उपचारका लागि आउने बिरामीको सेवामा खटिएका उनीहरूले अस्पतालमै सन्देशमूलक तीज गीत गाएर रमाएका छन। लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड ईन्र्चाज ज्योति पौडेलको नेतृत्वमा अस्पताका नर्सहरुले सन्देश मुलक गित गएका छन।…

जोखीममा छौ साह्रै हामी जोखीममै छ परिवार, युद्धहामी लडेका छौंं बिना हतियार !

बुवा आमा दाजु भाई दिदी वहिनी सैंसाथी । दरजा अनुसारको ढोग बरिलै ।। घुमिफिरी आउने यो रमाईलो तिजमा । वाधक बनिदियो रोग बरिलै।। चर्चा भयो सबै तिर कोरोना कहरको। सुनिदिनुस २, ४ कुरा नमानि झर्काे । दिन प्रतिदिन बढेका छन् रोगी र मृतक ।। पिसीआरको दायरा बढाउ बनाउ पृथक। स्वास्थ्यकर्मि, सुरक्षाकर्मि सबैभन्दा पहिले।। जाँँच गरौंं साह्रै जोखीम छ नि अहिले। नसोंंच्नु होला हजुर यिनलाई मात्र फाईदा हो।। समुदाय जोगाउने गज्जव काईदा हो । अत्याबश्यक सेवा दिने स्वास्थ्य संस्थाको अवस्था माक्स छैन पंञ्जा छैन कस्तो ब्यवस्था । ब्यबस्थापनमा ध्यान नदिने नेतृत्व…

सबै चिकित्सक/स्वास्थ्यकर्मी को पिसिआर परीक्षण अनिवार्य

स्वास्थ्यसमाचार /सरकारले अस्पतालहरुमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी र नर्सलगायतका फ्रन्टलाइनरको अनिवार्य पिसिआर परीक्षण गरेर काममा खटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले विज्ञाप्तिमार्फत संक्रमण र जोखिम बढ्दै गएको भन्दै यस्तो निर्देशन दिएको हो ।संक्रमण बढ्दै जाँदा अस्पतालहरुमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वस्थ राखेर नियमित स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाई हुन नदिनु सबैको जिम्मेवारी भएको उल्लेख गरेको छ । स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सकरस्वास्थ्यकर्मीबाट सर्वसाधारणहरु लाई संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइन मा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गर्नुपरेको मन्त्रालयले जनाएको छ । यस्तो छ…

अग्रपक्तिमा खटिने नर्सलाई प्रयाप्त पिपीई भएन :नर्सिड संघ

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघले एक बिज्ञेप्ती जारी गरि कोरोना संक्रमितको उपचारमा अग्रपक्तिमा बसेर काम गर्ने नर्सहरुलाई प्रयाप्त पिपीई ब्यबस्था गर्ने गरेको छ । नेपाल नर्सिड संघका अध्यक्ष मनकुमारी राईद्धारा जारी बिज्ञेप्तीमा भनिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना नेपालमा पनि दिनप्रतिदिन बढदो रहेको छ । कोरोना संक्रमित बिरामीको उपचारमा अग्रपक्तिमा रहेर कामगर्ने नर्संहरुलाई प्रयाप्त मात्रमा पिपीई नहुनु ,निजि तथा सार्वजानीक स्वास्थ्य संस्थामा जागिरबाट निकाल्ने वेतलबी बिदामा राख्ने साथै उनीहरुले खाईपाई आएको तलबमा कटौती गर्ने जस्ता कार्य भैरहेकोले तत्काल बन्द गर्ने संघले आग्रह गरेको छ ।

बुटवलको कोरोना अस्पतालमा बिरामीलाई औषधी पुर्याउन ‘सिस्टर रोबोट’ प्रयोग गरिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले संञ्चालन गरेको बुटवलको कोरोना विशेष अस्पताल धागोकारखानामा विरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट प्रयोग गरिने भएको छ । त्यसकालागि युएनडिपीले रोबोट उपलब्ध गराएको छ । युएनडिपिका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले रोबोट बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई हस्तान्तरण गरे । कोरोनाका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नु पर्ने बिरामी यस अस्पतालमा छन् । संक्रमीतसंग हेलमेल भइराख्नुपर्ने नर्शको सुबिधा र उनीहरुलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडिपिका प्रदेश संयोजक सुदिप अर्यालले बताए। २ लाख लागतको…

शिक्षित वर्गका महिलाहरुले नै गराउन पाउँदैनन् पुर्ण स्तनपान

“स्वच्छ र सुन्दर संसार स्तनपान एकमात्र आधार” भन्ने मुल नाराका साथ स्तनपान सप्ताह आज मिति २०२० अगष्ट १ बाट अगष्ट ७ सम्मका लागी सुरु भएको छ । यो स्तनपान सप्ताह विश्वभरि मनाउने गरिन्छ । जसको मुल उदेश्य स्तनपान प्रवर्धन तथा संरक्षण गर्नु हो । स्तनपान सप्ताह सन १९९२ देखि हरेक वर्ष विश्वब्यापी रुपमा विभिन्न क्रिर्याकलापका साथ मनाउने गरिन्छ । आमाको दुध शिशुको लागी अमृत समान भन्ने नारा जनस्वास्थ्य क्षेत्रमा सवैभन्दा वढि प्रचलित छ । तर के हाम्रो आजको आधुनिक समाजमा आधारभुत मापदण्ड पुरा गरेर अमृतको सेवन गराइन्छ त ? यसको…

लुम्बिनी प्रादेशिक अस्पतालमा शिशु स्याहार कार्यक्रम सुरु

स्वास्थ्यसमाचार / नवजात शिशु स्याहारमा गुणस्तर सुधार ल्याउने उद्देश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा ‘सुसार’ परियोजना सुरु भएको छ । नबजात शिशु मृत्युदर घटाउने उद्देश्यले परियोजना शुरु गरिएको गोल्डेन कम्यूनिटी परियोजनाले जनाएको छ ।परियोजनाले आज पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको उदेश्यवारे जानकारी गराएका छन । परियोजनाले गुणस्तरीय सेवा सुधार अन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उदेश्यले परियोजना सुरु गरिएको आयोजक सस्था गोल्डेन कम्यूनिटीका श्रृजना शर्माले बताईन । प्रसुति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय…

वरिष्ठ नर्स मीना कार्कीको ‘शिरमा फूल’ सार्वजनिक

काठमान्डौ/अहिले विश्व कोरोना को महामारीसँग जुधिरहेको समयमा सामाजिक दूरी कायम गर्नु नै उत्तम उपाय हो। त्यस्तै लामो समयसम्म भएको लकडाउनले मानिसहरूमा अहिले मनोसामाजिक असरहरू देखिन थालेका छन्। पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको बेला एउटा संयोगान्त भावको गीत ‘शिरमा फूल’ लिएर गायिका मिना कार्की आएकी छन्। यसले मनोरञ्जन प्रदान गर्नुका साथै मनोसामाजिक तनाबलाई कम गर्न सहयोग गर्ने गायिका कार्कीको विश्वास छ। बरिस्ट संगीतकार सन्तोष श्रेष्ठको संगित तथा प्रकाश केसिको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा मोडल समिक्षा पोखरेल र कैलाश कठायतको अभिनय रहेको छ। एभरेष्ट ग्यालरीले बजार…

नर्स तथा स्वास्थ्यकर्मीको सुविधा कटौती नगरियोस : नर्सिङ संघ

स्वास्थ्यसमाचार / नेपाल नर्सिङ संघले निजि तथा सार्वजनिक स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको तलव कटौती नगर्न माग गरेको छ । संघले विज्ञप्ती निकालेर कोरोना भाइरस रोगको महामारीको रोकथाम र नियन्त्रणका लागि नर्स लगायत स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहेको अवस्थामा विभिन्न निजि तथा सार्वजनिक स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको तलव तथा सेवा सुविधा कटौती गरीरहेको भन्ने खवरप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । निजी तथा सार्वजनिक स्वास्थ्य संस्थाहरुको यस्तो कार्यको घोर भत्सर्ना गर्दै सरकारले तोके बमोजिमको सेवा सुविधा उपलब्ध गराउन संघले माग गरेको छ । सरकारले…

सरकारले सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए । उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ । यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ । उनले उनीहरु बन्दाबन्दी लकडाउनको समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्ने बताए । उनीहरुको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ । केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण…