स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,पत्रकारलाई माघ २ देखि बुस्टर डोज खोप दिने

स्वास्थ्यसमाचार/स्वास्थ्यमन्त्रालयले भोलि माघ २ गतेदेखि बुस्टर डोज दिने भएको छ ।अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई सरकारले भोलिदेखि बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेख्दै भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भएको हो । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।लुम्बिनी प्रदेशसमा…

कोरोनाका बिरामीले अस्पताल भरिँदैः अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने

स्वास्थ्यसमाचार/ अहिले देखिएको कोरोना भाइरस संक्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ ।संक्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन् । अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताउनुभयो । “अहिले अस्पतालमा उपचार गर्न आएका सङ्क्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन”, उहाँले भन्नुभयो, “६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता…

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण

स्वास्थ्यसमाचार/  कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रमणदर गुणात्मक रूपमा फैलिने बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्टजस्तै मानिसमा लक्षण हुने गरेको बताए। ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरू भेरियन्टका तुलनामा जटिलता कम भए पनि संक्रमण गुणात्मक रूपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ,’ उनले भने। अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ। मन्त्रालयका प्रवक्ता…

आवश्यक्ता हेरेर खास ठाउँमा लकडाउन हुनसक्छ :मन्त्री खतिवडा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनु भएको छ ।बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनु भएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताउनु भयो । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताउनु भयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘शुरुका बेलामा…

एक सय दिनमा यस्तो छ मेसु डा ढकालको अस्पतालमा सुधार रफ्तार

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले आफु नियुक्ती भएको १०० दिनका कार्यहरु सार्वजनिक गरेका छन् । गत असोज १८ गते लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट भएर कार्याभार ग्रहण गरेका उनले विहिबार दिन पुरा भएको हो । अस्पताल परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी डा. ढकाललले आफुले गरीका १९ वटा महत्वपूर्ण कामको विवरण सार्वजनिक गरेका हुन ।विस्तारित अस्पताल सेवा संचालनसुरुवात गरेको डा. ढकालले बताएका छन् । यो सेवा सुचारु भए पश्चात लामो समय देखि चिकित्सकीय परामर्श र शल्यक्रिया को लागी कुर्नु पर्ने समस्या लाई क्रमिक रुपले सहज बन्दै गएको…

संक्रमण रोकथाम गर्ने समयमा लुम्बिनीका १४ अस्पताल नेतृत्वविहीन

स्वास्थ्यसमाचार/ लुम्बिनीका सबैजसो अस्पताल कोरोना संक्रमणका बिरामीले भरिभराउ भइसकेका छन् ।यस्तो अवस्थामा थप आउने बिरामीलाई कसरी उपचार गर्ने, स्वास्थ्यकर्मीलाई कसरी खटनपटन गर्नेलगायतका व्यवस्थापनको महत्वपुर्ण काम सम्पादन गर्नुपर्ने समयमा सरकारले ती अस्पताललाई नेतृव्तबिहीन बनाएको छ । तेस्रो भेरियन्टको जोखिम बढेकै बेला लुम्बिनी प्रदेश सरकारले १४ वटा सरकारी अस्पताललाई नेतृत्वविहीन बनाएको हो ।सरकार गठन भएको ६ महिनासम्म वास्ता नगरिएको क्षेत्रमा रोकथामको तयारी गर्ने समयमा आफ्ना नेता कार्यकर्ता भर्ति गर्नका लागि सबै सरकारी अस्पताललाई नेतृत्वविहीन बनाइएको आरोप सरकारलाई लाग्न थालेको छ । सरकारले यसअघिको सरकारले नियुक्त गरेका १४ सरकारी अस्पतालका अध्यक्ष तथा सदस्यहरुलाई…

थप तीन हजार ७५ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको छ । सोही अवधिका थप २७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयलेजनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

कोरोना खोपको गति तिब्र: रुपन्देहीमा पूर्ण खोप पाउने ८५ प्रतिशत

स्वास्थ्यसमाचार / कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको रुपन्देहीमा खोपको गति तिब्रताका साथ खोप अभियान संञ्चालन गरिएको भएको छ। जिल्लामा १८ बर्ष माथिका कुल जनसंख्या७लाख १४ हजार मध्ये ६लाख ३२ हजारले पहिलो मात्रा र ४ लाख ९१ हजारले दोश्रोमात्र खोप लगाएका छन। हालसम्म रुपन्देहीमा ८५ प्रतिशतले कोरोनाको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ। स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पुस मसान्त सम्म रुपन्देही जिल्लामा ८६ प्रतिशतले पुर्णमात्रमा खोप लगाउने वताउनु भयो । उहाले अहिले पनि रुपन्देहीका ६ पालिकामा खोप संञ्चालन भैरहेको र बाकी…

तिलोत्तमामा एक लाख जनाले लगाए कोरोना विरुद्धको खोप

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ हजार ४ सय ६३ जनाले खोपको पूरा मात्र लगाइसकेको र बाँकीले खोपको पहिलो मात्रा लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तिलोत्तमामा १८ वर्षमाथिको लक्षित जनसंख्या ८० हजार रहेको अनुमान गरिएकोमा पूरा डोज खोप लगाएको जनसंख्या ८७ हजारभन्दा बढी पुगेको छ ।बसाईसराई गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारीलगायतका विभिन्न अवसरका लागि अस्थायी रुपमा बस्ने बासिन्दाको कारण लक्षितभन्दा बढीले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताउनुभयो । नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणअनुसार नगरको जनसंख्या १…

लुम्बिनी प्रदेश सरकार १४ निर्णय,अस्पताल विकास समितिका अध्यक्ष र सदस्यलाई हटाउने

स्वास्थ्यसमाचार/ प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाएको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन तथा कार्य सञ्चालन आदेश–२०७६ पनि खारेज गरेको छ । यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले गठन आदेशका आधारमा ध्रुव मजगैयाँलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । तर कुलप्रसाद केसी नेतृत्वको अहिलेको सरकारले ऐन बनाएर मजगैयाँको ठाउँमा अनन्तराज घिमिरेलाई प्रमुख कार्यकारी…