नर्स आन्दोलन तात्योः सरकारले बोलायो सर्वपक्षीय छलफल, निर्णायक निर्णय आइतबार

स्वास्थ्यसमाचार/न्यून तलब भत्ताबाट काम गर्नुपरेको भन्दै देशभरका विभिन्न अस्पतालमा आन्दोलनरत नर्सहरूको मागका विषयमा छलफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सरोकारवाला पक्षहरूको रूपमा आन्दोलनरत नर्सका प्रतिनिधिहरू, नेपाल नर्सिङ सङ्घका प्रतिनिधि, निजी मेडिकल तथा डेन्टल कलेज सङ्घका प्रतिनिधि, जेनजी प्रतिनिधि चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसहित छलफल भएको थियो । उक्त छलफलमा आइतबार सर्वपक्षीय छलफल हुने निर्णय भएको छ । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सिङका समस्या, आन्दोलनरत नर्सले उठाएका माग र सेवा सुविधाका विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले २०८१ मङ्सिर २७ को स्वास्थ्य मन्त्रीस्तरीय…

नर्सिङ आन्दोलनप्रति लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघको ऐक्यबद्धता

स्वास्थ्यसमाचार/  नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिले हाल जारी नर्सिङ आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ। संघकी अध्यक्ष विष्णु खनाल पन्थी द्वारा हस्ताक्षरित विज्ञप्तिमा नर्सहरूले माग गर्दै काठमाडौं शिक्षण अस्पताल परिसरबाट सुरु गरेको आन्दोलन न्यायोचित रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूको मेहनत र समर्पणको मूल्याङ्कन गरी उनीहरूलाई सुरक्षित कार्य वातावरण र उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य सेवा मानव अधिकारसँग जोडिएको विषय हो। नर्सहरूको उचित मूल्याङ्कन र सम्मान बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन।” संघले नर्सहरूको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै उनीहरूको…

बुटवलमा नर्सिङ कर्मचारीका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य तालिम शुरु

स्वास्थ्यसमाचार/ रुकुमका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम बुटवलमा सुरु भएको छ। स्वास्थ्य तालिम केन्द्र बुटबलकोे आयोजनामा र नेपाल जागरण मञ्च रुकुमको सहकार्यमा सञ्चालन भएको यो तालिम मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको हो। स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुबन कुबँरको अध्यक्षता तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब शार्कीको बिशिष्ठ आतिथ्य तथा मनोरोग बिषेशयज्ञ बिनोद पौडेल नेपाल जागरण मञ्च रुकुमका सचिब दिपेन्द्र महतरा लगायको आतिथ्यमा तालिम सुभारम्भ भएको थियो । तालिम शुभारम्भ कार्यक्रममा स्वागत गर्दे स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिव सार्कीले नेपालमा…

पीसीएल नर्सिङमा प्रवेश परीक्षा बिना भर्ना, अनलाइनमा खुल्यो आवेदन

स्वास्थ्यसमाचार/  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले यस वर्षको पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रमका लागि प्रवेश परीक्षा नगरीकन एसईईमा प्राप्त जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने भएको छ। यससँगै प्रवेश परीक्षाका लागि काठमाडौं आउनुपर्ने झन्झट हटेको छ। परिषद्का सूचना अधिकारी एकराज अधिकारीले अनलाइनमार्फत फाराम भर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै, विद्यार्थीले आवश्यक कागजातहरू अपलोड गरी निर्धारित समयभित्र आवेदन दिन सक्ने बताए। अनलाइन फाराम साउन ६ देखि २६ गते राति ११:५९ बजेसम्म भर्न सकिनेछ। प्रवेशका मुख्य मापदण्डहरू: एसईई वा एसएलसीमा न्यूनतम २.० जीपीए आवश्यक। अनलाइन फाराम भर्दा ग्रेडसिट, नागरिकता वा जन्मदर्ता,…

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ पढाई हुने

स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी ) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०/ ४० जनाको कोटा समेत निर्धारण गरेको छ । सिटिइभिटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।तिलोत्तमाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल…

तिलोत्तमामा हरेक वडामा नियमित VIA परीक्षण सेवा सञ्चालन हुने

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पाठेघरको मुखको क्यान्सर समयमै पहिचान तथा रोकथाम गर्नका लागि २४ जना नर्सहरूलाई VIA  ( Visual Inspection with Acetic Acid) परीक्षण सम्बन्धी तालिम प्रदान गरिएको छ। तालिम नगर स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन भएको हो। तालिमका प्रशिक्षकहरूले नर्सहरूलाई VIA परीक्षणको सिद्धान्त, प्रक्रिया, उपकरणको प्रयोग र परीक्षणपछि आवश्यक सल्लाह तथा उपचार सिफारिस सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेका छन्। कार्यक्रममा सहभागी नर्सहरूलाई आफ्नै सेवा केन्द्रमा नियमित रूपमा VIA परीक्षण सेवा दिन तयार पारिएको छ। तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले नगरले २४ जना नर्सलाई तालिम दिएको र नियमित रुपमा प्रतेक वडामा…

नेपाल नर्सिङ संघ लुम्बिनी इकाईले मनायो विविध कार्यक्रम सहित अन्तर्राष्ट्रिय नर्सिङ दिवस

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समिति बुटवलले मे १२ (वैशाख २९) का दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा वैशाख २६ गते बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित जबई टोल विकास संस्थामा स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम आयोजना गरिएको थियो।स्तन क्यान्सर विशेषज्ञ डा. सञ्जय पाण्डेको सहजीकरणमा सम्पन्न उक्त शिविरमा प्रारम्भमा क्यान्सर सम्बन्धी जानकारी दिइएको थियो। कुल ८९ जनाको स्वास्थ्य परीक्षण गरिएकामा ५२ जनालाई मेमोग्राम गर्न सल्लाह दिइएको थियो भने ५ जनाको परिवारमा क्यान्सरको इतिहास रहेकोले विशेष परीक्षणको सिफारिस गरिएको थियो। कार्यक्रममा अस्पतालका मेडिकल…

कक्षा १२ उत्तीर्णले दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने

स्वास्थ्यसमाचार/सरकारले कक्षा १२ पास गरेका विद्यार्थीलाई दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने कार्यक्रम सुरु गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्‌मा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए । अहिले एसईई पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाइने व्यवस्था छ । स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) तीन र चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालनमा छ ।  

स्वास्थ्य मन्त्रालय लुम्बिनीको नर्सिङ महाशाखा प्रमुखमा केसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा परिवार कल्याण महाशाखाको प्रमुखमा वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीलाई ल्याईएको छ। केसी यसअघि भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत थिइन्। नवनियुक्त प्रमुख केसीलाई आज एक विशेष कार्यक्रमबीच स्वागत गरिएको छ। उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, स्वास्थ्य सचिव डा. वासुदेव उपाध्याय, स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरी लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यस अघि नर्सिङ तथा परिवार कल्याण महाशाखा रिक्त रहेको थियो। केसीको नेतृत्वमा महाशाखाले स्वास्थ्य सेवाको अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ६३ औं नेपाल नर्सिङ संघ दिवस मनाइयो

स्वास्थ्यसमाचार /नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको आयोजनामा ६३ औं नर्सिङ दिवस मनाइएको छ। “आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मान जनक कार्य ब्यवस्था” भने नाराका नेपाल नर्सिङ दिवस मनाइएको हो । नेपाल नर्सिङ संघको ६३ औं वार्षिकोत्सवमा बोल्दै प्रमुख अतिथी तथा अस्पताल विकास समितका अध्यक्ष अध्यक्ष अजयमान श्रेष्ठले नर्स विना समाजले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने बताउनु भयो उहाले स्वास्थ्य क्षेत्रमा सुधार र नर्सहरूको व्यावसायिक विकासका लागि आवश्यक पहल गर्ने समेत बताउनु भयो । नर्सहरूको योगदानलाई अझ प्रभावकारी बनाउन, अस्पताल विकास समितिले नयाँ कार्यक्रमहरू ल्याउने र थप स्रोतसाधन…