७९ वर्षीया देवकलीलाई बोकेर खोप केन्द्र पुर्याउँदै स्वंयसेविका लिला

स्वास्थ्यसमाचार/ गुल्मीदरबार गाउँपालिका–३ धारापानीकी ७८ वर्षीया देवकला टण्डनले खोप केन्द्रसम्म पुग्न नसकेकोले कोभिडविरुद्धको खोप अहिलेसम्म लगाउन पाएकी थिइनन् । शुक्रबार उनलाई स्वास्थ्य स्वंयसेविका लिला थापाले बोकेर खोपकेन्द्रसम्म पु¥याइन्, खोप लगाएपछि बोकेर नै घरमा ल्याइन् । खोप लगाउन बोकेर लैजाँदै गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि लिला भाइरल भएकी छन् ।

स्वास्थ्य स्वयंसेविका लिलाका अनुसार, धारापानी टोलमा तीन घर मात्रै छन् । त्यो टोलमा जाने सडक छैन् । गोरेटो बाटो छ । त्यही बाटोमा बोकेर थापाले देवकलालाई खोपकेन्द्र पु¥याइन् । ‘घरमा पुगेर बोक्न सक्छु कि भनेर प्रयास गरे, सक्नेरहेछु, आमाले पनि बोक्न सक्छांै भने जान्छु भन्नुभयो,’–उनले भनिन्–‘धारापानी टोलबाट माथि मेरो घर राजासम्म बोकेर ल्याए, १५ मिनेट लाग्यो, त्यहाँबाट मेरो स्कुटरमा राखेर खोप केन्द्र पु¥याएँ ।’

१४ गते दिउँसो खोप केन्द्रमा पु¥याउँदा बोकेर लगेको फोटो उनले साँझ ६ बजेर १६ मिनेट जाँदा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन् । त्यो पोष्टपछि धेरैले उनको कामको प्रशंसा गर्दै प्रतिक्रिया दिएका छन् । कतिपयले भाइरल हुन बोकेको प्रतिक्रिया दिएका छन् । भाइरल हुन बोकेको भन्ने प्रतिक्रियाप्रति उनको चित्त दुखाई छ ।

त्यो प्रतिक्रियापछि उनले सोमबार अपरान्ह फेसबुक लाइभ गर्दै भाइरल हुन नभई मानवीय भावनाले काम गरेको प्रतिक्रिया दिएकी छिन् । ‘मैले भाइरल हुन गरेको काम होइन्, मानवीय सेवाभाव राखेर गरेको हुँ, कसैले गलत नबुझिदिनुस् ।’ –उनले  भनिन् । फेसबुकमा १५ मिनेट लामो लाइभ गर्दै उनले ७८ वर्षीया देवकलाको घरदेखिको सडकको अवस्था र अरु वस्तुस्थिति पनि बताएकी छन् । यो भिडियो हेरेपछि कतिपयले पहिले गरेको आलोचनाप्रति क्षमा मागेका छन् ।

कोभिडविरुद्ध यसअघि पनि पटक–पटक खोप अभियान चलेको छ । जेष्ठ नागरिकलाई पहिलो चरणमै खोप लगाउन पाउने व्यवस्था मिलाइएको थियो तर देवकला खोप केन्द्रसम्म जान सकिनन्, घरमै आएर लगाइदिने व्यवस्था भएन् । उनका दुई छोरामध्ये एक जना भारतमा छन्, अर्को बुटवलमा ।
उनी घरमा एक्लै छिन् । नजिकै भएका छोरी र नातिनीहरुले उनको रेखदेख गर्दै आएका छन् ।

गुल्मी दरबार गाउँपालिका–३ राजाकी लिला २०७१ देखि स्वास्थ्य स्वंयसेविकाको रुपमा काम गर्दै आएकी छिन् । उनलाई गाउँले दिदीबहिनीहरुले जोडबल गरेर स्वंयसेविकाको रुपमा चयन गरेका हुन् । गाउँका विभिन्न खालका सामाजिक काममा सक्रियता उनको पहिलेदेखि नै हो । स्वंयसेविका भएपछि जनस्वास्थ्यको सवालमा झन सक्रिय भएर काम गरेकी छन् ।

गुल्मी दरबार गाउँपालिका स्वास्थ्य प्रमुख नारायणप्रसाद अर्यालले उनले निकै राम्रो काम गरेको बताए । ‘कोभिडसम्बन्धी जनचेतना जगाउन उहाँको सक्रियता निकै राम्रो रह्यो,’–उनले भने–‘गाउँमा मास्क र साबुन आफैं किनेर वितरण गर्नुभयो ।’गाउँमा सुत्केरी महिलाको रेखदेखमा उनको सक्रियता निकै प्रशसनीय रहेको उनले बताए । सुत्केरी महिलालाई भेट्न जाँदा एक क्यारेट अण्डा वा कुखुरा र जन्मेको बच्चालाई कपडा लिएर जाने गरेको उनको भनाई छ ।

लिलाका श्रीमान भुपाल थापा राजामै मेडिकल पसल चलाउँदै आएका छन् । उनलाई श्रीमानको साथले पनि काम गर्न सजिलो भएको छ । एसएलसीसम्म पढेकी लिलाका दुई सन्तान छन् । छोरीले अहिले कक्षा १२ उत्तीर्ण गरिन्, छोराले स्नातक पढ्दैछन् ।

लिलाले गाउँमा अधिकांश पुरुष नभएकोले आफूले बोकेर खोप केन्द्रसम्म पु¥याएको बताइन् । खोप लगाएपछि केही समस्या भयो कि भनेर उनी दुईपल्ट देवकलालाई भेट्न पुगिन् । ‘उनले आमालाई कुनै समस्या छैन्, भन्नुभएको छ ।’–उनले भनिन् ।दैनीक लुम्बिनीबाट

सम्बन्धित शिर्षक :