उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहमा मर्चवारी गाउँपालिका जिल्लामै प्रथम

स्वास्थ्यसमाचार / रुपन्देहीको मर्चवारी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लामै प्रथम भएको छ । १६ वटा पालिकामध्ये सरकारले तोकेको सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै सहज रुपमा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरी पालिका प्रथम भएको हो ।

शुक्रबार स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा स्वास्थ्य कार्यालयको जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । त्यस्तै, सिद्धार्थनगर नगरपालिका दोस्रो, तेस्रो कञ्चन गाउँपालिका भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले बताउनु भयो ।

उहाले उक्त पालिकाले जस्तै सबै पालिकाले स्वास्थ्य सेवामा ध्यान दिने हो भने जिल्लालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक बनाउन सकिने बताउनु भयो । हामीले गर्ने सहयोगमा हामी सधैं तत्पर छौं,’ उहाले भन्नु भयोे, ‘पालिकामा रहेका स्वास्थ्य प्रमुख तथा जनप्रतिनिधिले पनि स्वास्थ्यका हरेक समस्यामा नागरिकको हेरचाह तथा सहज सेवा प्रदानमा केन्द्रित हुन जरुरी छ ।’

स्वास्थ्य प्रमुख थापा र स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पान्डेले उहाहरुलाई सम्मान पत्र र खादाले सम्मान गर्नु भएको थियो ।

समिक्षामा जिल्लामा रहेका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संघसंस्था तथा १६ वटा पालिकाका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८१/०८२ मा गरेका स्वास्थ्य सेवा तथा सेवा प्रवाहका विषयमा समीक्षा गरिएको थियो ।

सम्बन्धित शिर्षक :