लुम्बिनीमा कुष्ठरोगीको संख्या बढदो :नखुल्दा निवारणमा समस्या

स्वास्थ्यसमाचार/ सरकारले २०६६ साल माघ १० माताम झामका साथ कार्यक्रम गरी सन २०२० को अन्त सम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा ग¥यो।प्रति दश हजार नागरिकमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने सरकारी रणनीति पनि बनायो।

तर, सरकारी रणनीति लुम्बिनी प्रदेशमा सफल हुन सकेको छैन।लुम्बिनी प्रदेशका वाके कपिलबस्तु र रुपन्देहीमा प्रति दश हजार जन संख्यामा कुष्ठरोगीको संख्या १ दशमलव १९ पुगेको छ।शून्य कुष्ठरोगका लागी हाम्रो प्रतिबद्धता आत्मसम्मानका लागी ऐक्यवद्धता भन्ने मुलनाराका साथ ६९औ विश्व कुष्ठरोग दिवस मनाईएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय ले दाडमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशमा कुष्ठरोगीको संख्या , भएका उपलब्धी र गर्ने कामको बारे जानकारी गराईएको छ ।स्वास्थ्य निर्देशनालका कुष्ठरोग फोकलप्रर्शन राम प्रसाद भटट्राईका अनुसार लुम्बिनी प्रदेशका वाकेमा १२५ कपिलबस्तुमा १२८ रुपन्देहीमा १५७ बर्दियामा ५६ दाडमा १७ नबलपरासीमा ४९ पाल्पामा ९ गुल्मीमा ५ अर्घाखाचीमा सुन्य प्युठानमा ४ रोल्पामा ९ र रुकुम पुर्वमा १ जना रहेको वताए ।

सरकारले सवै जिल्लाहरुमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष लिए पनि तराईका जिल्लाहरुमा विरामी भने बढीरहेका छन्। सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आए पनि विरामीहरु रोगबारे खुल्न नचाहेका कारण निवारणमा समस्या आएको भटराईले बताए।

उनले भने, ‘हामीले कुष्ठरोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छौं। गाउँगाउँमा अभियान लगिएको छ । तथापी विरामीहरु खुल्न नचाहँदा पहिचान गरी उपचार गर्न समस्या परेको छ।’स्वास्थ्य निर्देशनालयका अनुसार कुष्ठरोगका विरामी तथा कुष्ठ प्रभावितहरु प्रति सामाजिक बेदभावलाई शुन्य बनाउन नसक्दा पनि उनीहरु रोगबारे खुल्ने गरेका छैनन्।

‘कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचार प्रसार गर्ने काम हामीले गरेका छौं’, भटराईले भने, ‘रोगको शंकास्पद विरामीलाई रोग निदानका लागि स्वास्थ्य संस्थामा पठाउन आग्रह गर्दछौं।’

उनले कुष्ठरोगको वारे सामाजिक भ्रम हटाई सत्य तथ्य जानकारी दिन सबैलाई आग्रह समेत गरे। कृष्ठरोग लागेमा शरीरको कुनै भागमा छुदा थाहा नहुने र फुस्रो वा हल्का रातो दागहरु देखा पर्ने सुरुको चिन्ह हो। यसबाहेक अनुहार र कानका लोतीमा ग्रिखा देखिनु, छाला चम्किलो वा बाक्लो हुनु तथा आँखी भौं झरेर जानु कुष्ठरोगमा चिन्हहरु हुन्।

समयमै यसबारे पहिचान नगरे पछि गएर हात खुट्टाका औंलाहरु कमजोर हुँदै गई खुम्चने र अन्तमा अंगभंग हुनसक्ने सम्भावना हुन्छ। कुष्ठरोगको औषधि सबै स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुन्छ। नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुमा समेत कुष्ठरोगको औषधी निशुल्क पाईने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।यति मात्र हैन उपचार पुरा गरेका बिरामीलाई यातायात खर्च बापत १ हजार समेत सरकारले उपलब्ध गराउने गरेको छ ।

उता रुपन्देहीमा

जिल्लामा रुपन्देहीमा त्यो बठेर अहिले १ सय ५८ मा पुगेको छ। अघिल्लो आवका १७ जना विरामी फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटबल उपमहानगरपालिका ३२ जना र कम मर्चबारीमा रहेका छन।

गुल्मीमा भने कुष्ठरोगीको संख्या जम्मा ५ जना रहेको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका क्षय/कुष्ठरोग निरिक्षक टिकाराम अधिकारीका अनुसार ५ जना जिल्लामा रहेको बताए । सरकारले पहाडी जिल्लामा यसप्रति ध्यान नदिदा संख्या कम भएको हुनसक्ने बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :