आठौ राष्ट्रिय परिवार नियोजन दिवस :किन परिवार नियोजन बिकासको मुद्दा हो ?

किन परिवार नियोजन बिकासको मुद्दा हो ? “कोभिड १९ को माहामारी:परिवार योजना सेवामा सवैको पहुँच बराबरी” भम्ने मुल नाराका साथ नेपाल सरकारले यस बर्ष यहि असोज २ गते आठौ परिवार नियोजन दिवश मनाउन लागिरहेको छ। विश्वव्यापि कोरोना भाईरसको महामारिका कारण परिवार नियोजन सेवाको पहुँचमा सहजता नभएको कारण उपभोगमा ह्रास आएको हुन सक्ने केहि तथ्याङक र अध्ययनले देखाएका छन् । तर नेपाल सरकारले लकडाउनभित्रै परिवार नियोजनसम्बन्धी सेवा पनि अत्यावश्यक सेवा भनी निणर्य गरे सँगै सेवाको उपलब्धतामा बृदि भए पनि पहुँच र प्रयोगको कठिनाई एथावत नै छ। यहि बिषयलाई मध्य नजर गर्दै…

स्वास्थ्यकर्मि भरतले १सय १प्वाईट रगत जम्मा गरेर जन्मदिन मनाए

स्वास्थ्यसमाचार/ गुल्मी धुर्काेट घरभई लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि भरत केसीले आफनो जन्मदिनको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरि १सय १ प्वाईट रगत जम्मा गरेका छन । गुल्मी जिल्लाका अलवा बिभिन्न ठाउबाट बुटबलमा उपचार गर्नआउनेका लागी रगत अभामा उपचार समस्या हुने भएकोले आफुले जन्म दिनको अबरमा यो रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेको वताए । उनले भने मेरोघर धुर्काेटकी एकजना बहिनिलाई थुप्रै पिन्ट रगत चढाएर उपचार गराउदा गराउदै मृत्यु भयो । यो घटनाले अझै धेरै रक्तदान गर्ने प्रेणा मलाइ मिलेको ले मैले यसरी सबैलाई आग्रह गरेर रक्तदान गरेको बताए ।…

भेरी अस्पतालका चिकित्सकद्वारा मल्टीलिगामेन्टको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार/ भेरी प्रादेशिक अस्पतालमा नेपालगञ्जमा पहिलोपटक ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया गरिएको छ । यसअघि राजधानी काठमाडौंबाट प्रविधि र दक्ष जनशक्ति निम्त्याएर गरिने गरेको उक्त उपचार भेरी अस्पतालकै चिकित्सकले गरेको पहिलो हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले दिएको जानकारी अनुसार, वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. तिर्थेन्द्र खडकाको टोलीले रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल अपरेसन गरेका हुन् । दुई महिना अघि उनको बाँया खुट्टाको घुँडामा चोट लाग्दा तीन वटा नशामा असर परेको थियो । ‘यसअघि मल्टीलिगामेन्टको शल्यक्रिया काठमाडौँका चिकित्सकले गर्ने गरेका थिए,’ डा. थापाले भने, ‘हाम्रो अस्पतालका चिकित्सकको टिमले…

गण्डकी प्रदेशमा स्वास्थ्य सेवातर्फ ५७६ जना स्थायी कर्मचारी माग

स्वास्थ्यसमाचार/लोक सेवा आयोगले गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फ चौथोदेखि आठौं तहसम्म ५७६ जना स्थायी कर्मचारीका लागि आवेदन खुलाएको छ । कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था अनुसार प्रदेश सरकार अन्तर्गत रिक्त रहेका २३ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले आवेदन खुलाएको हो ।साथै स्थानीय तहका लागि ५५३ जना स्वास्थ्य कर्मचारी माग गरिएको छ ।  

प्रतिमान–नीमा प्रतिष्ठानद्धारा ७प्रदेशमा ८ करोडको स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्यसमाचार/ भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई एककरोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानले कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतको उपस्थितिमा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । फाउण्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक…

पुतलीबाट लाग्ने ’सापु’ रोगबाट सुरक्षित रहन गुल्मी प्रशासनको आग्रह

स्वास्थ्यसमाचार/ पुतलीबाट लाग्ने ’सापु’ रोगको संक्रमबाट सुरक्षित रहन गुल्मी जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीलाई आग्रह गरेको छ ।शुक्रबार जिल्ला प्रशासन गुल्मीले पहाडी भेगका विभिन्न स्थानहरूमा आँखामा हुने एक प्रकारको डरलाग्दो ’सापु’ रोग सर्ने भएकाले सेतो पुतलीको प्रकोप बढदो क्रममा रहेकोले सबैलाई सचेत रहन सूचना जारी गरेको छ । सेतो पुतलीको प्रकोपबाट आँखामा गम्भीर रोगहरू फैलने सूचनामा उल्लेख छ । ’पूर्ण रुपमा आँखाको ज्योति गुम्नेसमेत खतरा हुन सक्छ, यस्ता खालका पुतलीबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन आवश्यक सतर्कता अपनाउनुहुन सम्पूर्ण जिल्लाबासीलाई अनुरोध छ,’ सूचनामा भनिएको छ । सापु कस्तो रोग हो?…

कोरोना खोपलाई ५ अर्ब,बैठक र भ्रमण भत्ताको बजेट कटौती

स्वास्थ्यसमाचार/सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ । यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा…

मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिइने

स्वास्थ्यसमाचार/सरकारले मिर्गौला, पक्षघात र क्यान्सरका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार संसदमा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । प्रतिस्थापन बजेटमा मिर्गौला प्रत्यारोपण गरेका बिरामी, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।

कोरोना सङ्क्रमण दर ११ प्रतिशतभन्दा तल झर्‍यो

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घन्टामा थप एक हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार आठ हजार आठ सय ९८ पिसिआर विधि र तीन हजार ४६ एन्टिजेन विधिबाट परीक्षण गर्दा थप एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एक हजार आठ सय ४५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ७४ हजार पाँच सय ८७ जना पुगेको छ…

कोभिड खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गरौं :डब्लुएचओ

स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई कोभिडको खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गर्न अपिल गरेको छ । सम्मेलनको तेस्रो दिनको बैठकमा सङ्गठनले हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको हो । ‘महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगहरूको जोखिम बढिरहेको छ,’क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा। पूनम खेत्रपाल सिंहले भने, ‘यस सम्बन्धमा विभिन्न प्रयासहरू गरिराखिएको भएता पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ,…