कोरोना खोप लगाउन सुरु गरेको १ वर्ष : लुम्बिनीमा२२लाख ले लगाए पूर्ण मात्रा खोप

लुम्बिनीका १२ जिल्लामा पहिलो डोज ८४% र पुर्णमात्रा ६२% दिन सफल भयौ: स्वास्थ्य निर्देशक गिरी

स्वास्थ्यसमाचार /नेपालमा कोभिड–१९ भाइरस विरुद खोप अभियान सुरु भएको आज १ वर्ष पुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ढ खोप आएपछि नेपालले गतवर्ष माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु गरेको थियो ।

पहिलो चरणमा कोभिड–१९ महामारीविरुद्ध अग्रपंतीमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने सुरुक्षाकर्मी। एम्बुलेन्स चालकलगायतलाई खोप दिइएको थियो । लुम्बिनी प्रदेशमा भने लुम्बिनी प्रादेशिक अस्पतालका तत्कालीन मेसु डा राजेन्द्र खनालले लगाएका थिए।

लुम्बिनी प्रदेशमा अहिले सम्म कोभिड बिरुद्धको पहिलो खोप ८४% र दोस्रो खोप ६२% लगाईएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीका अनुसार अहिले सम्म प्रदेशका १२ जिल्लामा पहिलो खोप ८४% र दोस्रो खोप ६२% लगाईएको वताए। गत बर्ष माघ १४ गते लुम्बिनी प्रदेशमा खोप सुरु भएको थियो ।

प्रदेशमा १८ बर्षभन्दा माथिको जनसंख्या ३३ लाख ८७ हजार १सय २७ र १२ देखी १७ बर्ष सम्मका लक्षित ५ लाख १० हजार ७ सय ११ रहेको बताए । निर्देशक गिरीका अनुसार पहिलोमात्रा खोप लगाएका ३२ लाख १३ हजार ४८ जना रहेका छन भने दुबै डोज लगाएका २१ लाख १४ हजार २सय ३० जना रहेका छन। १२ जिल्ला मध्ये सबैभन्दा बढी पाल्पामा ८६ र सबैभन्दा कमी प्युठानमा ३८ प्रतिशत रहेको वताए।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार १ वर्षको अवधिमा नेपालमा १ करोड ६४ लाख ५८ हजार ४४५ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् । १ करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

नेपालले माघ पहिलो साताबा अतिरिक्त मात्रा समेत दिन सुरु गरिसकेको छ । हिजोसम्म २ लाख ८२ हजार २२४ जनाले बुस्टर डोज खोप लगाइसकेका छन् । नेपालमा कुल जनसंख्याको ५४.२ प्रतिशत लक्षित जनसंख्याको ८२.६ प्रतिशतले कम्तिमा १ डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पूर्ण मात्रा खोप लगाउने कुल जनसंख्यामा ४५.२ र लक्षित जनसंख्यामा ६८.९ छन् । अहिले नेपालमा १२ वर्षमाथि उमेरका लागि कोभिड–१९ विरुद्धको खोप दिइएको छ ।हिजोसम्म नेपालमा ४ करोड २० लाख ४९ हजार ४६० मात्रा कोरोना खोप नेपाल भित्रिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ लुम्बिनी प्रदेशमा खोपको अबस्था ।

सम्बन्धित शिर्षक :