स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनीका सचिब दुर्गा लक्ष्मी श्रेष्ठले डाटामा भन्दा पनि वास्तविकतामा काम गर्न स्वास्थ्य कर्मीलाई आग्रह गर्नु भएको छ ।
स्वाथ्य कार्यलय रुपन्देहीको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै सचिब श्रेष्ठले आफनो बल बुद्धि र क्षमताले भ्याए सम्म र नयाँ पुस्ताको माग अनुसारको का मगर्न स्वास्थ्यकर्मीलाई सुझाब दिनु भएको हो ।उहाँले स्वास्थ्यमा आएको बजेट तथा कार्यक्रममा २० प्रतिशत बजेट कटौति भएको बताउनु भयो ।
समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईले “स्वास्थ्य सेवाको गुणस्तर सुधार्न सबै तहका सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनु भयो ।”
स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेबी थापाको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा जिल्लाका १६ पालिकाका स्वास्थ्य संयोजकहरूले आफनो पालिकाको आर्थिक बर्षमा भएका कामहरुको वारे जानकारी गराउनु भएको थियो ।
उहाँहरुले पालिका प्रदेश र संघबाट आएका कार्यक्रम बजेट तथा औषधी भवन दरबन्दी मिलान तालिम नपाएको लगायका समस्या रहेको समीक्षामा उल्लेख गर्नु भएको थियो ।
समीक्षामा बोल्दै स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शैलेन्द्र कुमार पाण्डेले स्वास्थ्यकर्मीहरुको लागी तालिम नपाएको लागी आफुहरुलाई चाहिने तालिम माग गर्न आग्रह गर्नु भयो ।
तालिमको अभावमा स्वास्थ्यकर्मीहरूलाई काममा समस्या नहुने पाण्डेले बताउनु भयो । पाण्डेले भन्नु भयो लुम्बिनी प्रदेश स्वास्थ्यका सुचाडहरुमा धेरै पछि रहेकोले सुधार्नको लागी सबै लाग्नु पर्ने बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले स्वास्थ्य सेवा प्रवाहमा उल्लेख्य सुधार आएको बताउँदै अझै केही चुनौती कायम रहेको उल्लेख गर्नु भयो। मातृ–शिशु स्वास्थ्य, खोप पोषण लगायतका कार्यक्रम सुधारमा सकारात्मक उपलब्धि भएका छन वास्तविक तथ्याङ्कमा आधारित डेटा प्रस्तुत गर्न सबै स्वास्थ्यकर्मी आग्रह गर्नु भयो ।
उहाँले बिद्यालयमा आइरन बाँडेको भएपनि रक्त अल्पता बढेको बताउनु भयो त्यसमा स्वास्थ्यकर्मीले बिषेश ध्यान दिनुपर्ने बताउनु भयो ।थापाले आगामी वर्षका कार्यक्रमहरू सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदाय बीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिनु भयो ।
समीक्षामा स्वास्थ्य कार्यलय रुपन्देहीका क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डेले गर्नु भएको थियो ।











प्रतिकया दिनुहोस्