लुम्बिनी प्रदेश फागुनसम्ममा सबै नागरिकलाई खोप : स्वास्थ्यमन्त्री थारु

स्वास्थ्यसमाचार/ लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि बढाएको जानकारी दिनुभयो । सोमवार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थारुले पहिलो खोप लगाएका मध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएकाहरुमा एक प्रतिशतको मात्र मृत्यु भएको बताउनु भयो । उहाँले ८५ प्रतिशत लाई पहिलो खोप लागएको र…

कोरोना नियन्त्रण र उपचारमा लुम्बिनी प्रदेश प्रमुख शेरचनको चासो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण , खोप अभियान र उपचारका अबस्थाबारे जानकारी लिनुभएको छ । पछिल्लो समय कोरोनाको नँया भेरियन्ट तिव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिनु भएको हो । मुख्यमन्त्री कुल प्रसाद केसी सहित सभामुख , प्रदेशका मन्त्रीहरु , स्वास्थ्य मन्त्रालयका सचिब,सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर अहिलेको अबस्थाको बारेमा जानकारी लिनुभएको हो । प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि सिको गर्ने कार्य गर्न सुझाब दिनुभयो…

बुटवल उपमहानगरमा डेढ लाख जनाले लगाए कोरोना विरुद्धको खोप

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरमा १८ वर्ष माथिका सबैका लागि खोप सुनिश्चित भएको छ । हालसम्म बुटवलमा कोभिडविरुद्ध करिब डेढ लाख जनाले खोप लगाएका छन् । दुवै अर्थात् पूरा डोज खोप लगाउनेको संख्या पनि सवालाख पुगेको उपमहानगरले जनाएको छ । खोप लगाउन छुट भएका तथा एउटा मात्र डोज लगाएर दोस्रो लगाउन बाँकी रहेकाहरुलाई लक्षित गरी माघ ९ गते आइतबारदेखि उपमहानगरले विभिन्न १५ स्थानमा खोप कार्यक्रम सुरु भएको छ । महामारीको जोखिम न्यूनीकरण, रोकथाम, उपचार र जनस्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गरिएको प्रमुख शिवराज सुवेदीले बताए । बुटवलका सबै नागरिकका लागि खोपको प्रबन्ध गर्दै पायक…

पत्रकारलाई लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क आइसीयू र एचडियू सुविधा

स्वास्थ्यसमाचार/ कोरोनासङ्क्रमित पत्रकारहरुका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच सम्झौता भएको छ। आईतवार अस्पताल परिषरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलका बिचमा उपचार सम्झौता भएको थियो। सम्झौता अनुसार पत्रकारहरुलाई मात्र पि.सि.आर परिक्षण निशुल्क गर्ने , कोरोना सङ्क्रमित एचडियु वेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने, कोरोना सङ्क्रमित आईशियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निशुल्क परामर्श सेवा उपलब्ध गराउने…

२४ घण्टाभित्र नेपालमा १० हजार २ सय ५४ संक्रमित, १६ संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा एकैदिन १६ कोरोना संक्रमितको मृत्यु भएको छ। लामो समयदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या १० भन्दा कम थियो। स्वास्थ्य मन्‍त्रालयका अनुसार शनिबार एकैदिन थप १६ जना संक्रमितको मृत्यु भएको छ। यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ। नेपालमा थप १० हजार बढीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि २‍० हजार १ सय ८७ जनाको नमुना परीक्षण गर्दा थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घन्टामा…

चैतभित्र सबैलाई पूर्ण मात्रामा खोप: प्रधानमन्त्री देउवा

स्वास्थ्यसमाचार/  प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको दाबी गरेका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारी अस्पतालमा पर्याप्त अक्सिजन र बेडको व्यवस्था गरिएको दाबी गरे। कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको पनि बताए। उनले भने, कोभिडि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामिजिक गतिविधिलाई कम असर पर्नेगरी गरिनेछ। उनले पूर्ण खोप नै समाधान भएकाले चैतभित्र सवैलाई खोप उपलब्ध गराउने प्रतिबद्धतामा सरकार स्थिर रहेको बताएका छन्। त्यहीअनुसार खोप अभियान चलिरहेको उनको भनाइ छ। उनले स्वास्थ्य उपचारका विषयमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सुरक्षा मापदण्ड…

स्वास्थ्यकर्मी र खोप लिएर गाँउगाँउ पुगे तिलोत्तमाका मेयर घिमिरे

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण बढ्दै जान थालेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुन्य खोप अभियान थालेको छ ।नगरपालिकाले गाँउगाँउ,टोल टोल र विभिन्न कलकारखानामा कार्यरत कोरोना खोप लगाउन समय नभएका तथा छुटेकाहरुलाई उनिहरु भएकै ठाउमा गएर खोप लगाउने अभियान तिब्र रुपमा अगाडि बढाएको हो । त्यसको नेतृत्व तिलोत्तामाका मेयर बासुदेव घिमिरे आफैले गरेका छन् । उनी आफै स्वास्थ्यकर्मी सहित खोप लिएर गाँउगाँउ धाएका छन् ।बुधबारदेखि शुरु भएको शुन्य खोप अभियान अन्तर्गत नगर दौडाहामा नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरदेवी चौधरी आफै हिडेर खोप अभियानलाई अझै प्रभावकारी र तिब्र पारेको नगरपालिकाले जनाएको छ । बिहिबार…

बुटवल उपमहानगरका सबै वडामा ल्याव सहितको स्वास्थ्य सेवा बिस्तार

स्वास्थ्यसमाचार/ बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरु व्यवस्थित भएका छन् । यहाँका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक ल्याव सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ । विस्तार भएका र ल्याव सहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रको हालै एक समारोहबीच प्रमुख शिवराज सुवेदीले शुभारम्भ गर्नुभएको छ । सेवाग्राहीको आकर्षण बढेकोले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत सेवा समेत थपेर विस्तार गरिएको प्रमुख सुवेदीले बताउनुभयो । बुटवल वडा नं २ वडा नं १५ वडा नं१६ र वडा नं १९ मा सहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको छ । नयाँ संरचनामा नयाँ व्यवस्थासहितको स्वास्थ्य…

कोभिशिल्डको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी :अध्ययन

एजेन्सी/ स्वास्थ्यसमाचार /एस्ट्राजेनेकाले तयार पारेको कोभिड(१९ विरुद्ध खोपको बुस्टर डोज नयाँ ओमिक्रोन भेरियन्ट विरुद्ध एन्टिबडीहरू बढ्ने एक अध्ययनले दावी गरेको छ। एङ्ग्लो(स्वीडिश बायोफार्म कम्पनीले बिहीबार जारी गरेको सुरुवाती तथ्यांकमा यस्तो जानकारी दिएको हो । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतले कोभिशिल्ड नाम दिएको खोपको जारी परीक्षणले यसको तेस्रो डोजले सार्स(सीओभी२को बीटा, डेल्टा र गामा भेरियन्टहरू विरुद्ध शरीरको प्रतिरोधात्मक क्षमता बढाएको देखाएको छ । परीक्षण नमूनाहरूको फरक विश्लेषणहरुले ओमिक्रोन भेरियन्ट विरुद्ध द्रुत गतिमा एन्टिबडी बढाएको पाइएको छ। भ्याक्सभेरिया र कुनै एमआरएनए खोप पाएका मानिसहरूको अध्ययनले सो नतिजा देखाएको हो। एस्ट्राजेनेका र…

कोरोना बढेपछि सरकारले जारी गर्यो ३६ बुँदे नयाँ आदेश : के गर्न पाइन्छर के गर्न पाइन्न ?

स्वास्थ्यसमाचार/सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको बताए । सरकारले आदेशमार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । गोष्ठी, सेमीनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका…