चिसो बढेपछि बुटवल र देवदहका बिद्यालय दुई दिनको लागि बन्द गर्ने

स्वास्थ्यसमाचार/देवदह र बुटबल उपमहानगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिनको लागि बन्द गर्ने भएका छन । चिसो बढ्दै गएकोले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यान दिंदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले एक सूचना जारी गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्न सबै विद्यालयहरूलाई निर्देशन दिएका छन् ।विद्यार्थीको स्वास्थलाई ख्याल गर्दै नगरपालिकाको शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको जारी सूचनामा जनाईएको छ । यस्तै वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ ।पश्चिमी न्यून…

जनस्वास्थ्य संघको निर्वाचन: पेसागत समुहवाट महेश्वर श्रेष्ठको नेतृत्वमा प्यानलतय

स्वास्थ्यसमाचार/ नेपाल जनस्वास्थ्य संघको पेसागत समुहले यहि पौष २४ गते हुन गइरहेको जनस्वास्थ्य संघको पेसागत समुहवाट आफना उम्मेदवार चयन गरि चुनाब प्रचार प्रसारमा लागेको छ । “व्यवस्थित जनस्वास्थ्य प्रणालीको विकास स्वस्थ,नेपाल निर्माणको लागि पेशागत समूहको नेतृत्व “ भन्ने मुल नारासहित महेश्वर श्रेष्ठको नेतृत्वकोे प्यानललाई बिजयी गराउन आग्रह गरेको छ । जसको उपाध्यक्षमा बिमला भट्ट,महासचिबमा सागर दाहाल, सचिबमा रोशन लामा, कोषाध्यक्षमा चेतराज पन्डीत,सहकोषाध्यक्षमा उमा थापा रहेका छन। पेसागत समुहको सदस्यहरुमा दयाल कृष्ण पन्त खुल्ला,अन्जना खडका खुल्ला,सुदिप चिलुवा खुल्ला, धन प्रसाद पौडेल खुल्ला, बिञ्जोला श्रेष्ठ खुल्ला,सकिन्द्र भन्डारी खुल्ला,रामानन्द पन्डीत समाबेसी,रणधिर यादव समाबेसी…

लुम्बिनी प्रादेशिक अस्पताललाई महिला फुटसल प्रतियोगिताको उपाधि

स्वास्थ्यसमाचार/ दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि पार्दै अस्पतालले उपाधि जितेको हो । महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्तिको आयोजनामा महिला शसक्तिकरण र एकताका लागि आयोजित प्रतियोगिताका विजेताले उपाधिसँगै नगद रु १० हजा र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी बुटवल उपमहानगर प्रतियोगिताको उपविजेता बन्न सफल भएको छ । उपविजेतासँगै उपमहानगरले नगद रु ५ हजार प्राप्त गरेको प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी गराइन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान गरिएको उनले बताइन् । प्रतियोगितामा…

लुम्बिनी प्रादेशिक अस्पतालमा युनियनको कार्यसमिति बिस्तार :अध्यक्षमा पन्थी

स्वास्थ्यसमाचार /नेपाल कर्मचारी युनियन संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको भेलाले कार्यसमिति र सल्लाहकार समिति चयन गरेको छ। युनियनका केन्द्रिय सचिव गणेश भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलाले दया सागर पन्थी कोे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति सर्वसहमत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्ष नेत्रलाला पान्डे, बिजय ध्वज बस्नेत सचिब भगबती पान्डे सहसचिब, सिता भटट्राई कोषाध्यक्ष र सदस्यहरु सुरेन्द्र राज पन्त ,भिमप्रसाद ज्ञाबली,हरीन्यौपाने, राकेस पासवान,भरत जंग केसी तारा न्यौपाने रहेका छन। भने समितिको सल्लाहकार सुकई प्रसाद चौधरी भागीरथ राना सागर गौतम, गिता ज्ञाबली, बबिता बजिमय…

बुटवलमा स्वास्थ्य अनुसन्धान परिषद्को प्रदेश कार्यालय स्थापना

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लुम्बिनी प्रदेश इकाई कार्यालय बुटवलमा सञ्चालनमा आएको छ । परिषद्ले गर्ने स्वास्थ्य अनुसन्धानका कामलाई सरल बनाउनको लागि सात वटै प्रदेशमा कार्यालय स्थापना गर्ने योजना अनुसार बुटवलको शिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा इकाई कार्यालय स्थापना गरिएको हो । प्रदेश कार्यालय स्थापनाको अवसरमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा परिषदका कार्यकारी निर्देशक डा. प्रदिप ज्ञवालीले अन्तर्राष्ट्रिय मापदण्डमा स्वतन्त्र अनुसन्धानको काम गर्दै आएको परिषदले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा इकाई कार्यालय स्थापना गरिएको वताए । ज्ञवालीका अनुसार कार्यालयले संघीय सरकारको प्रामिकतालाई प्रदेश सरकारको प्राथमिकतासंग जोड्नेगरी…

लुम्बिनीका ९ जिल्लामा भोलीदेखी विद्यार्थीलाई मोडर्ना खोप लगाईने

स्वास्थ्यसमाचार/सरकारले भोलिदेखि लुम्बिनी प्रदेशका ९ जिल्लाका १२वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले वताईन । लुम्बिनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप लुम्बिनी प्रदेशका ३ जिल्ला रुपन्देही वाके र दाडमा संञ्चालन भएको र अहिले दोश्रोमात्र लगाउने क्रम जारी रहेको स्वास्थ्यजनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

स्वास्थ्यसमाचार/बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउन सन् २०२० मा राष्ट्रिय योजना आयोगले सुरु गरेको पोषणको कमी पूर्तिसम्बन्धी अध्ययनमा सो निष्कर्ष निकालिएको होे । विश्व खाद्य कार्यक्रमको सहयोगमा गरिएको यस अध्ययनले पोषणलाई खाद्य प्रणालीको दृष्टिकोणबाट हेर्दै पोषिलो खाद्य पदार्थको उपलब्धता र उपभोगका लागि आर्थिकलगायत अन्य केकस्ता बाधा छन् भन्ने…

२१ लाख डोज जोनसन खोप विदेश जाने र यसअघि छुटेकालाई दिइने

स्वास्थ्यसमाचार/सरकारले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन विदेश जाने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर लगाउने भएको छ।यो खोप एक डोज मात्र लगाए पुग्छ भने अन्य खोपहरु दुई डोज लगाउनुपर्छ।कतिपय देशहरुले बाहिरबाट आउने नागरिकका लागि जोन्सन खोप नै अनिवार्य गरेका छन्। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई दिइने र बाँकि खोप अन्य व्यक्तिहरुलाई लगाइने छ।उनले भने,‘बिहीबार आएको २१ लाख ७६ हजार डोज खोप विदेश जाने व्यक्तिहरुलाई मात्र खपत हुँदैन। बाँकि खोप १८ वर्ष उमेर पुगेका अन्य व्यक्तिहरुलाई पनि दिइन्छ। त्यसका…

५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि बुस्टर डोज

स्वास्थ्यसमाचार/सरकारले लक्षित जनसंख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि बुस्टर डोज दिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड १९ को भर्चुअल प्रेस ब्रिफिङमा बोल्दै राष्ट्रिय खोप सल्लाहकार समितिका विज्ञ प्राडा रमेशकान्त अधिकारीले भने–‘जबसम्म लक्षित जनसंख्याको ५० प्रतिशतभन्दा बढीलाई आवश्यक दुई मात्राको खोप पुर्‍याउन सकिँदैन तबसम्म बुस्टर दिन सकिँदैन ।’ उनका अनुसार हालसम्म विश्व स्वास्थ्य संगठनले ुबुस्टर डोजुका लागि पहिला जुन खोप लगाएको हो त्यही लगाउनुपर्ने सिफारिस गरेको छ ।समितका सदस्य डा गणेशकुमार राईले खोपको उपलब्धता बढेको खण्डमा र भण्डारण गर्न सकिएमा बुस्टर डोज छिट्दै दिइने बताए…

कोरोना बीमामा देखिएको समस्या समाधानको बिषयमा गृहकार्य भइरहेको छ :अर्थमन्त्री शर्मा

स्वास्थ्यसमाचार.अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानी सम्बन्धी समस्या समाधानका लागि गृहकार्य भइरहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना बीमामा देखिएको समस्याबारे गृहकार्य भइरहेको बताएका हुन् । उनले बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको र समस्या समाधान गर्न गृहकार्य भइरहेको जानकारी दिदै यसलाई चाँडै निचोडमा पुर्याउने बताए । त्यस्तै शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको पनि बताए । बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने बताउनुभएको हो । ‘बीमा क्षेत्रको आवश्यकता र व्यवसाय…