स्वास्थ्य कार्यालय रुपन्देहीको टोली खोप नलगाएका मानिस खोज्दै गाउँ गाउँमा

स्वास्थ्यसमाचार/जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल बिगत ५ दिनदेखी पालिकामा आफुसंगै खोप अधिकृत तथा अन्य स्वास्थ्यकर्मीसंगै छन । उनी पालिकामा जान्छन त्यहाँ छलफल गर्छन अनि खोप लगाएका छन छैनन् भनेर स्थानियसंग सोध्न पुग्छन ।

बाहिर जस्तो हल्ला रुपन्देहीमा नभएको र खोप लगाउनमा सबैको चाँसो भएको उनले पाएको बताए। उनी मर्चवार पुगे, जिल्लाको सबैभन्दा टाढाको दुरीमा यो ठाऊँ पर्छ । कर्मचारी स्वास्थ्यकर्मि पालो गरेर जाने ठाऊँ भनेर चर्चा भएको ठाऊँमा पुग्दापनि खोपप्रति सबैको चाँसो भएको र खोप लगाएको बताए । उनले स्थानिय ५ जनालाई सोधे सहजै जवाफ पाए हामीले कोरोनाको खोप लगाएका छौं , ३ जनाले दुबै डोज र २ जनाले पहिलो डोजमात्र लगाएको जवाफ पाएको ढकालले बताए ।

त्यस्तै उनी सियारी सुद्धोधन ओमसतिया लुम्बिनी मायादेबि लगायतका स्थानिय तहमा पुगेर खोप लगाएको नलगाएको बारे जानकारी लिए । उनले भने हामी अहिलेसम्म हिडेका पालिकामा खोप नलागाएको पाएनौ मात्र पायौ दुबैडोज पुरा भएको छैन कहिले आउने भनेर चाँसो देखाएको पायौं – प्रमुख ढकालले भने । हामी खोप नलगाएका लाई खोज्न हिडेका छौं अहिलेसम्म त्यस्तो नभेटिएको बताए ।

जिल्ला स्वास्थ्य कार्यलयका खोप अधिकृत भेषराज शर्मा पहिलेपनि खोपको ब्यवस्थापन गर्न पालिकाका स्वास्थ्यकर्मिका सम्पर्कममा रहेका हुन्छन तर उनी खोप लगाएको नलगाएको स्थानियसंग प्रत्यक्ष रुपमा भेटघाट भने नभएको र अहिले आफुले भेटेपनि जिल्लामा कोरोना बिरुद्धको खोप लगाएको र चाँसो उत्तिकै रहेको पाएको बताए । उनले भने हामी जिल्ला स्वास्थ्य कार्यालयको टोली खोप नलगाएको खोजी गर्न हिडेका छौं, पालिका पालिकाका स्वास्थ्य प्रमुख स्थानिय जनप्रतिनिधि संग छलफल गर्दे हिडेका छौं ,अहिले सम्म हामीले ८६ प्रतिशत खोप लगाएका छौं उनले भने ।

जिल्ला खोप अधिकृत शर्माका अनुसार रुपन्देहीमा ६ लाख ३३ हजार १ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । जिल्लामा १० लाख ८७ हजार ४६४ जनसंख्या रहेकोमा खोप लगाउन योग्य (१८ वर्ष भन्दा माथिका) ७ लाख १३ हजार १६८ जनसंख्या रहेको छन् ।

जसमध्ये ८८.८६ प्रतिशत अर्थात ६ लाख ३३ हजार १ जनाले कोरोना विरुद्धको पहिलो डोज र ५७.६० अर्थात ४ लाख १० हजार ७८८ जनाले कोरोना विरुद्धको पहिलो र दास्रो डोज लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा कोरोना विरुद्धको कोभिसिल्ड र एस्ट्राजेनिकाको पहिलो डोज ८४ हजार ४०१ जनाले लगाएका छन् भने दुबै डोज ५९ हजार ४७ जनाले लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै भेरोसिलको पहिलो डोज ४ लाख ८६ हजार ६०३ र दुबै डोज २ लाख ९६ हजार ८८३ जना, ५४ हजार ८५८ जनाले कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका छन् । यस्तै फाइजरको पहिलो डोज २ हजार ४ सय र दुबै डोज २ हजार २ सय ३६ जना र मोर्डना खोप ४ हजार ७३९ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुन पालिकामा कतिले लगाए खोप ?

बुटवल उपमहानगरपालिकामा अहिलेसम्म १ लाख २४ हजार ७३६ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने दुबै डोज ७४ हजार ६०४ जनाले लगाएका छन् । देवदह नगरपालिकामा ४२ हजार ५९८ जनाले पहिलो डोज र ४० हजार २ सय ८८ जनाले दुबै डोज खोप लगाएका छन् ।

सैनामैना नगरपालिकामा ४५ हजार ६९ जनाले पहिलो डोज र २२ हजार ६ सय १४ जनाले दुबै डोज, कञ्चन गाउँपालिकामा २३ हजार ७३९ जनाले पहिलो डोज र ९ हजार २५६ जनाले दुबै डोज, गैडहवा गाउँपालिकामा २७ हजार ४६४ जनाले पहिलो डोज मात्रै र १० हजार ५ सय ८९ जनाले दुबै डोज, सुद्धोधन गाउँपालिकामा २२ हजार १६७ जनाले पहिलो डोज र ९ हजार ५७२ जनाले दुबै डोज, सियारी गाउँपालिकामा ३० हजार ९८७ जनाले पहिलो र ११ हजार १६५ जनाले दुबै डोज, तिलोत्तमा नगरपालिकामा ८६ हजार ३२८ पहिलो डोज र ८६ हजार ६७४ जनाले दुबै डोज खोप लगाएको खोप अधिकृत शर्माले बताए ।

ओमसतिया गाउँपालिकामा २४ हजार १७३ जनाले पहिलो डोज र २३ हजार ५६८ जनाले दुबै डोज खोप, रोहिणी गाउँपालिकामा २३ हजार ५३९ जनाले पहिलो डोज खोप र १९ हजार ८४७ जनाले दुबै डोज, सिद्धार्थनगर नगरपालिकामा ३९ हजार ७५१ जनाले पहिलो डोज र ३२ हजार ८६२ जनाले दुबै डोज, मायादेवी गाउँपालिकामा २९ हजार ५४१ ले पहिलो डोज र ११ हजार ८७३ जनाले दुबै डोज खोप लगाएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३९ हजार ६३ जनाले पहिलो डोज र २९ हजार १०१ दुबै डोज, कोटिमाई गाउँपालिकामा २२ हजार ५४९ जनाले पहिलो डोज र ९ हजार ७४७ ले दुबै डोज, सम्मरीमाई गाउँपालिकामा १९ हजार ४८० जनाले पहिलो डोज र ८ हजार ५९८ जनाले दुबै डोज, मर्चवारी गाउँपालिकामा १७ हजार ५०२ जनाले पहिलो डोज र १० हजार ४४० जनाले कोरोना विरुद्धको दुबै डोज खोप लगाएको खोप अधिकृति शर्माले बताए ।

बुटवल उपहानगरपालिका र तिलोत्तमा नगरपालिकामा लक्षित समूह भन्दा धेरैले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शर्माले बताए । ‘बुटवलमा र तिलोत्तमामा जिल्ला भन्दा बाहिरबाट आएर बसोबास गरेकाले पनि खोप लगाउनु भएको छ । यसकारणले ती पालिकामा लक्षित समूह भन्दा धेरैले कोरोना विरुद्धको खोप लगाउनु भएको छ ।’ शर्माले भने । साथै जिल्लामा कोरोना विरुद्धको खोपको अभाव नरहेकाले छिट्टै नै सबैले कोरोना विरुद्धको सबै खोप लगाउन पाउने खोप अधिकृत शर्माले बताए ।

सम्बन्धित शिर्षक :