खोप अभियानको एक वर्ष :स्वास्थ्यमन्त्री खतिवडाले भने अभियानमा संलग्न सबैलाई धन्यवाद

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । खतिवडाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरूसहित संलग्न सैलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, खोप तथा खोपजन्य सामाग्रीको विश्वव्यापी चुनौतीकाबिच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नु हुने सम्पूर्ण राप्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्था, निकायहरू, जनप्रतर्तानधिहरू, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरू, आमसन्तार माध्यमहरू, आमसर्वसाधारणहरु सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

 

सम्बन्धित शिर्षक :