स्वास्थ्यसमाचार/आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु आमातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् । मातातीर्थ औँसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ । मातातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन । आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको…
नर्सिङ
तिलोत्तमाका सबै माध्यमिक विद्यालयमा नर्स राख्ने एमालेको योजना
स्वास्थ्यसमाचार /एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ । विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचलाई मध्यनजर गर्दै एमालेले यस्तो योजना अगाडि सारेको हो । चुनावी प्रतिवद्धता पत्र मार्फत एमालेले नर्स कार्यक्रम लागू गरी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचको व्यवस्था गर्ने र प्राथमिक उपचारको समेत प्रवन्ध गर्ने योजना ल्याएको छ । हाल तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु भएको छ । आगामी पाँच वर्ष भित्रमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने र यसका लागि संघ र प्रदेश सरकारसँग…
अपाङ्गमैत्री स्वास्थ्य सेवाको लागी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मिलाई अभिमुखिकरण
स्वास्थ्यसमाचार लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्ग मैत्री स्वास्थ्य सेवाको लागी स्वास्थ्यकर्मिहरुलाई अभिमुखिकरण गरिएको छ।उपचारका लागी आउने अपाङ्गहरुलाई सहजहोस भन्ने उदेश्यका साथ स्वास्थ्य सेवा प्रदायकलाई अभिमुखिकरण गरिएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देबकोटाको प्रमुख आतिथ्य,लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा देवकोटाले अपाङ्गमैत्री स्वास्थ्य सेवाका लागी मन्त्रालयले निति नियम तथा बजेट बिनियोजन गरेर यो सेवालाई प्रभाबकारी बनाउदै गएको बताए। उनले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारमा आउने लाई सहज सेवादिने ब्यबस्था मिलाउन पहल गर्ने बताए ।लुम्बिनी…
नर्सिङ काउन्सिलकी पूर्व सदस्य जिता बरालको नर्सिङ लाइसेन्स खारेज
स्वास्थ्यसमाचार/ दुई वर्षअघि ट्रमा भएको एक घटनामा विवादित बनेकी नर्स जिता बरालको नाम नर्सिङ काउन्सिलले दर्ता किताबबाट हटाएको छ । ९ बैशाखमा नर्सिङ काउन्सिलले जारी गरेको सूचनाअनुसार नर्स बरालको दर्ता नं ८८९४ परिषद्को दर्ता किताब हटाइएको छ । नर्सिङ काउन्सिलको सदस्य रहेकै बखब २०७७ असोज ६ मा ट्रमा सेन्टरमा बरालले जथाभावी गालीगलौज र अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएसँगै ट्रमा सेन्टरका तत्कालीन नि। प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले काउन्सिललाई आवश्यक कारवाहीका लागि पत्र पठाएका थिए । डा पौडेलको उक्त पत्रपछि काउन्सिलले छानविन प्रक्रिया…
‘विश्व औलो दिवस’ : जनशक्ति , किट र बजेटको अभावले लक्ष्यमा पुग्न समस्या
स्वास्थ्यसमाचार /औलोभार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नाराका साथ सोमबार देशभर विश्व औलो दिवस मनाईएको छ।रुपन्देहीको बुटवल र भैरहवामा पनि औलो दिवस मनाइएको छ।बुटबलमा अन्तरक्रियाको आयोजना गरी विश्व औलो दिवस मनाइएको हो। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय,स्वास्थ्य निर्देशनालयले अन्तरक्रियाको आयोजना गरेको हो।सन् २०२५ सम्ममा नेपाललाई औलो मुक्त राष्ट्र बनाउने सरकारको परिकल्पना छ। औलोमुक्त राष्ट्र बनाउने लक्ष्य अनुसार २०२२ अर्थात यस वर्ष स्थानीय औलोलाई शुन्यमा पुराउने र औलोबाट हुने मृत्यु दर शुन्यमा कायम गर्ने सरकारको योजना छ। तर दक्ष जनशक्तिको अभाव, किटको अभाव र…
कांग्रेसको स्वास्थ्य संकल्प : निःशुल्क स्वास्थ्य बीमादेखि सुत्केरी महिलालाई ५ हजार भत्तासम्म
स्वास्थ्यसमाचार/कांग्रेसले सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी भन्ने नारासहित स्वास्थ्य क्षेत्रमा पनि लोकप्रिय अवधारणा अघि सारेको छ । कांग्रेसले हाल बढ्दो नसर्ने रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हनुे खर्च कम गर्न, संविधान र दिगो विकासका लक्ष्यअनुसार स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच कायम गर्न गुणस्तरीय स्वास्थ्य सेवालाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ । कांग्रेसको नेतृत्व भएका स्थानीय तहले स्वास्थ्य क्षेत्रको बजेट कम्तिमा १० प्रतिशत पुर्याउने घोषणा गरेको छ । त्यस्तै, हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र, गाउँ–नगरपालिकामा विशेषज्ञ सेवा सहितको प्राथमिक अस्पताल,…
स्वास्थ्यको १६ अर्ब रुपैयाँ अर्थले रोक्यो अप्ठ्यारोमा स्वास्थ्य मन्त्रालय
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बजेटमा रहेर खर्च गरेको १६ अर्बभन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा रोकिदिएको छ । पछिल्लो ८ महिनादेखि स्वास्थ्य मातहतका निकायहरुलाई निकासा गर्नुपर्ने १६ अर्ब १४ करोड ८४ लाख २ हजार रुपैयाँ अर्थले निकासा नदिँदा स्वास्थ्य मन्त्रालय अप्ठ्यारोमा परेको छ । मन्त्रालय स्रोतकाअनुसार साउनदेखि फागुनसम्म नियमित बजेटअन्तर्गत खर्च भएको रकम माग गर्दा अर्थका अधिकारीहरुबाट आलटाल हुने गरेको छ । धुलिखेल अस्पतालको उपकरण खरिदका लागि साउन-भदौतिरै निकासा दिनुपर्ने १० करोड अर्थले अझै निकासा दिएको छैन् । यसैगरी, कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमको ८२ करोड, कोभिड-१९ नियन्त्रण…
खेर जाने अवस्थामा कोडिभ -१९ विरुद्धको खोप, छैन कुनै हिसाब किताव
काठमान्डौ /केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । ‘मोडर्ना र फाइजर खोप बढी चिसो राख्नुपर्छ । त्यहाँबाट निकालिसकेको ३० दिनभित्रमा प्रयोग गरिसक्नुपर्छ । ३० दिनभित्रमा प्रयोग गर्न नसकिँदा खेर गइरहेको छ,’ प्रमुख दाहालले भने । मोडर्ना खोप माइनस २५ डिग्रीको तापक्रममा राख्नुपर्छ । त्यहाँबाट निकालेर २…
लुम्बिनी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी ६ बुँदे सम्झौता भएको छ ।आज एक कार्यक्रमका बिच समझदारी पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले हस्ताक्षर गरे। सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आएर काम गर्ने छन् । सो अनुसार आउँदो असोज १ गतेदेखि ३ जना एमडीजीपी विद्यार्थीहरु आउनेछन् भने क्रमशः नर्सिङ, एमडी÷एमएस अध्ययन गर्ने विद्यार्थीहरु पनि आउने छन् । यो सम्झौताले विरामीले सहज र छिटो सेवा…
बर्ड फ्लू फैलिएपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी
स्वास्थ्यसमाचार/पशु सेवा विभागले कुखुरामा देखिने सङ्क्रामक रोग बर्ड फ्लू नियन्त्रणका लागि ४ प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको छ । विभागले सङ्क्रमण बढेपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको हो । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला ले सोमवार काठमाडौंमा गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देश डा राम नन्दन तिवारीले बर्ड फ्लू सङ्क्रमण नियन्त्रणबाहिर गएको बताए । उनले गत माघदेखि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा बर्ड फ्लूको सङ्क्रमण बढ्दै गएको र पछिल्लो समय नियन्त्रण बाहिर रहेको पनि जानकारी गराए । हालसम्म हाँस, ब्रोइलर, लोकल,…