नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पतालमा ज्ञवाली चयन

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ, लुम्बिनी प्रादेशिक अस्पतालको इकाई समिती चयन भएको छ। नेपाल स्वास्थ कर्मीसंघ केन्द्रिय उपमहासचिव नेत्र बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको भेला तथा अधिवेशनले भिम ज्ञवालीलाई अध्यक्षमा चयन गरेको छ।

त्यस्तै उपाध्यक्षमा गीता ज्ञवाली, सागर गौतम, सरिता नेपाल, लता श्रेष्ठ, सचिवमा शिव कुंवर सहसचिवमा माधुरी ज्ञवाली, किरण कुमार शर्मा, सर्मिला ज्ञवाली, कोषाध्यक्षमा कमला राना र सदस्यहरुमा तुल्सा बस्नेत, सृष्टि कोईराला, रमेश न्यौपाने, कृष्ण कार्की, शान्ति थापा, सिरुता कार्की, हिरा घिमिरे, जिन्ता राना, वावुराम राना, कविता थापा, लक्ष्मी गैरे, भगवती पान्डे, बिन्दु पान्डे र गिता पन्थ रहेका छन्।

लिलाधर दवाडीको अध्यक्षतामा बसेको भेला तथा अधिबेशनमा बरिष्ठ अतिथि स्वास्थ कर्मी संघ जिल्ला अध्यक्ष राम प्रसाद ढकाल, बिशिस्ट अतिथि निजामती कर्मचारी युनियन जिल्ला उपाध्यक्ष अनिता बिक थारु, अतिथि स्वास्थ कर्मी संघ जिल्ला सचिव घनलाल अर्याल, बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ राना , निजामती कर्मचारी युनियनका इकाई अध्यक्ष दया सागर पन्थी, बिकास समिति कर्मचारी युनियनका निवर्तमान अध्यक्ष भोला क्षेत्रि लगायतको उपस्थितमा सम्पन्न अधिबेशनको संञ्चालन भिम ज्ञवाली, स्वागत भागिरथ राना, मन्तव्य दया सागर पन्थी ,अनिता बिक, राम प्रसाद ढकाल, नेत्र ब राना लगायतले बोल्नु भएको थियो।

यस्तै संघको पहिलो बैठकले ४ जनाको सल्लाहकार समित चयन गरेको छन।समितिमाचिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष तथा प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेल स्वास्थ्यकर्मि संघका पुर्व जिल्ला अध्यक्ष तथा निजामती कर्मचारी युनियन ईका अध्यक्ष दयासार पन्थी र बिकास समिति कर्मचारी युनिय लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष भागिरथ राना चयन गरिएको ईकाई अध्यक्ष भिम ज्ञाबलीले बताए।

सम्बन्धित शिर्षक :