बुटबल उपमहानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यका यी विषय समेटिए (पूर्णपाठ)

चन्द्रकान्त खनाल
स्वास्थ्यसमाचार रुपन्देही ८ असार बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।

निति कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाउने नगरप्रमुख पाण्डेले वताए।

आयुर्वेद अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरु वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु, आमा र बालबालिकाको पोषणलक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिने भएको छ ।

यस्तै, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई प्रमुख अस्पतालको रुपमा विकास गर्ने, आइसीयुसहितको एम्बुलेन्स सञ्चालन गर्ने, एक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउने र लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार र गुणस्तर सुधारका लागि प्रदेशसँग सहयोग र समन्वय गर्ने नीति नगरले लिने भएको छ ।

विद्यालयहरुमा विषयगत सिकाई उपलब्धि अभिवृद्धिका लागि विषय विभाग गठन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा तहको प्यारामेडिकलका विषयहरु अध्यापन गराउन प्रक्रिया अघि बढाउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको अध्ययनका लागि पहल गर्ने, अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनका लागि सहकार्य गर्ने नीति लिने प्रमुख पाण्डेले वताउनु भयो।

स्वास्थ्य बीमा स्वास्थ्य संस्थाको स्तरोन्नति,सबै वडामा स्वास्थ्य संस्था स्थापना र १५ बेडको सुविधा सम्पन्न नगर अस्पताल सञ्चालन गर्न प्रकृया अघि बढाइने उल्लेख छ ।

जनस्वास्थ्य तर्फ

1   “नगरबासीलाई आधारभुत स्वास्थ्य सेवा निस्शुल्क” को अवधारणा लिदै आधारभुत स्वास्थ्य सेवा निःशुल्क पाउने नगरबासीहरुको मौलिकहकलाई सुनिश्‍चित गर्ने साथै नगरमा भएका स्वास्थ्य संस्थाको स्तरोन्नत्ती, गुणस्तरीय, प्रभावकारी रुपले सञ्चालन गर्न थप ब्यवस्थित गरी सम्पूर्ण वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गरिनेछ । साथै एक सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाब्यता अध्ययन गरी प्रक्रिया अगाडि बढाईने छ ।

2।   समानता, अवसर र स्वाभिमान स्वस्थ्य बुटवलवासीको पहिचान को नारालाई कार्यान्वयनमा लिइनेछ ।

3   “स्वस्थ्य शिशु देखि ज्येष्ठ नागरिकसम्म नगरप्रमुख” कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको लागि स्वास्थ्यका विशेष कार्यक्रम ल्याइनेछ ।

4   बुटवल उपमहानगरबाट प्रवाह हुने जनस्वास्थ्य सम्बन्धी सेवालाई प्रभावकारी बनाउन नगरको दीर्घकालिन जनस्वास्थ्य नीति र विशेष कार्य मुलक योजना तयार गरी कार्यान्वयन गरिनेछ ।

5   स्वास्थ्य सम्बन्धी सन्देश एवंम सूचना प्रवाहलाई “बैज्ञानिक र प्रविधिमैत्री स्वास्थ्य सूचना” बनाई स्वास्थ्य प्रवर्धनका साथै नागरिक स्वास्थ्य सम्बन्धी सूचना पाउने मौलिकहकलाई सुनिश्चित गदै विद्यालय तथा समुदायस्तरमा स्वास्थ्य प्रर्वध्दन, किशोर किशोरी लक्षित प्रजनन स्वास्थ्य तथा विभिन्न स्वास्थ्य शिक्षा मुलक कार्यक्रमलाई बिशेष जोड दिइने छ ।

6   “जनतासँग प्रमुख कार्यक्रम ”अन्तर्गत नगर प्रमुख जेष्ठ नागरिक घरदैलो कार्यक्रमलाई प्रभावकारी बनाउदै स्वास्थ्य चेक जाँच, मधुमेह, उच्च रक्तचाप तथा नियमित सेवनका ‌औषधिहरु वितरण, परामर्श चौमासिक रुपले गरिनेछ। साथै नगरबासिलाई बिभिन्न आठ प्रकारका जटिलरोगहरु ९मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनेमिया को उपचारमा थप आर्थिक राहत होस भनि प्रदान गरिदै आएको जटिल रोगहरुको उपचार ब्यवस्थापनका लागि वार्षिक रुपमा सहयोग उपलब्ध गराइनेछ ।

7   “उप प्रमुख सुरक्षित मातृत्व कार्यक्रम ”लाई थप प्रभावकारी रुपले सञ्चालन गरी नतिजामुखी बनाउदै नवजात शिशु, आमा र बालबालिकाको पोषण स्थितिलाई विशेष जोड दिइने छ । नगरभित्रकासरकारी कार्यालय परिसरमा सहजताको निमित्त सेवाग्राही आमाहरुलाई स्तनपान कक्ष निमार्णको लागि आवश्यक ब्यवस्था गरिनेछ ।

8   बुटवल उपमहानगरपालिका भित्रका स्थायी बासिन्दाहरुलाई सेमलार स्वास्थ्य चौकी, आम्दा अस्पताल र प्रादेशिक अस्पतालमा प्रसुति भई २ सन्तान सम्म बच्चा जन्माउने आमाहरुको लागि  पोषण खर्च उपलब्ध गराईनेछ ।

9   सामुदायमा लुकेर रहेका कुपोषित बालबालिकाहरुलाई खोज तलास गरी उपचारको दायरामा ल्याउन आवश्यक कार्यक्रम सञ्चालन गरिने छ । साथै एचआई भि सक्रमित १८ बर्ष मुनिका बालबालिकालाई पोषण स्थिति सुधारका लागि प्रोत्साहन रकम उपलब्ध गराईनेछ ।

10  विश्‍वभरि फैलिएको कोभिड(१९ को जोखिम अझै रहेको हुदा नगरबासीको जीवन रक्षाका लागि उपमहानगरपालिकाले हरसम्भव कार्य गर्नेछ । यस क्रममा विगतबाट सञ्चालित आईसोलेसन, पि।सि।आर। परीक्षण, कन्ट्रयाक ट्रेसिङ, एम्बुलेन्स सेवा, आयुर्वेदिक औषधि वितरण लगायतका कार्यकमलाई आवश्यकता अनुसार सञ्चालन गरिने छ । कोभिड(१९ नियन्त्रणमा पहिलो र दोस्रो लहरको सिकाईको आधारमा तेस्रो लहर समेत आउन सक्ने अवस्थाको आकलन गरी पूर्व तयारी गरिनेछ ।

11  बालबालिकाको खोप कार्यक्रमलाई प्रभावकारी रुपले सञ्चालन गरी प्रत्येक बर्ष पूर्णखोप सुनिश्चितता निरन्तरता दिईनेछ । साथै खोप क्लिनिक, कोल्ड चेनसेन्टर थप ब्यवस्थित गदै बढी चाप हुने केन्द्रमा ए।सि। सहितको खोप केन्द्र बनाईने छ । साथै कोभिड(१९ को बुष्टर खोप र ५ बर्षमाथिका वालवालिकालाई कोभिड विरुद्धको खोप अभियान संचालन गरिनेछ ।

12  सेटलाईट क्लिनिक अवधारणालाई अवलम्बन गदै विशेषज्ञ चिकित्सक विभिन्न वडामा भिडियो एक्सरे सहित सेवा प्रदान गरिनेछ । आवश्यकता अनुसार स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

13  “क्षयरोग मुक्त बुटवल अभियान” सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरी समुदायमा रहेका विरामीहरुको खोजि गरी उपचार गरिनेछ साथै माईक्रोस्कपिक क्याम्प कार्यक्रम सञ्चालन गरिनेछ ।

14 बुटवल उपमहानगरपालिकाबाट सञ्चालित स्वास्थ्य संस्थाको सेवाको गुणस्तरमा सुधार ल्याउन भौतिक पुर्वाधार निर्माण, उपकरण खरिद, औषधि एवम औषधिजन्य सामग्री सहज आपुर्ति र उपलब्धता सुनिश्चित,जनशक्ति ब्यवस्थापन, स्वास्थ्य संस्थामा न्यूनतम स्वास्थ्य मापदण्डको कार्यान्वयन लगाएत प्रयोगशाला सेवा थप ब्यवस्थापन तथा आवश्यकता अनुसार प्रयोगशाला सेवालाई विस्तार गरी सेवाप्रवाह गरिनेछ । साथै उत्कृष्ट सेवा सम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्दै लगिने छ ।

14 “स्वस्थ जीवनशैलिका लागी योग” भन्ने नीति अवलम्बन गरि सन्तुलित आहार, शारीरिक ब्यायाम, स्वस्थकर खानपान, योग,ध्यान र प्रणायम जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखि कार्यक्रम सञ्चालन गरिने छ । साथै स्तनपायी आमाहरुका लागि दुग्धवर्धक जडिवुटी तथा जेष्ठ नागरिकहरुलाई शक्ति वर्धक आयुर्वेदिक औषधि वितरण गरिनेछ ।

16  सेमलार स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाका रुपमा स्थापना गर्ने तथा सुरक्षित गर्भपतन सेवा विस्तार एवम बर्थिङ सेन्टर र एम्वुलेन्स ब्यवस्थापनको लागि आवश्यक ब्यवस्था तथा कार्यक्रम सञ्चालन गरिने छ ।

17  बुटवल उपमहानगरपालिका भित्रका स्थायी नगरबासीलाई उपचारार्थ रगतमा लाग्ने रकममा अनुदान दिन  आवश्यक ब्यवस्थापन मिलाईने छ ।

18  बुटवल उपमहानगरपालिकाका लागि क्ष्ऋग् सहितको एम्वुलेन्स उपलब्ध हुन सम्बन्धित निकायहरुमा पहल गरिनेछ ।

19  गुणस्तरीय स्वास्थ्यसेवा पाउने नागरिकको हकलाई सुनिश्चित गदै यस बुटवल उपमहानगरपालिका भित्र सञ्चालित सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकलबाट प्रदान गदै आएको स्वास्थ्य सेवालाई गुणस्तर नियमन तथा अनुगमनको सस्थागत ब्यवस्था मिलाईनेछ साथै प्रदान गदै आएको सेवाको अनलाइन इन्ट्री रिपोर्टिङ गर्ने ब्यवस्था गरिनेछ ।

20  स्वास्थ्य संस्थाजन्य जोखिमयुक्त फोहोर ब्यवस्थापन तथा निर्मलिकरणका लागि नगर भित्र सञ्चालित स्वास्थ्य सस्था, अस्पताल, मेडिकल, ल्यावहरुबाट निस्कने फोहोरको उचित ब्यवस्थापन तथा आवश्यक ब्यवस्था गरिनेछ ।

21 बुटवलमा रहेका प्राइभेट अस्पताल, क्लिनिक, मेडिकल, प्रयोगशाला र स्वास्थ्य सम्बन्धी सम्पूर्ण व्यवसायिक संस्थाहरुलाई करको दायरमा ल्याई आवश्यक अनुगमन र नियमन गरिनेछ ।

22  महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ । साथै  मासिक रुपमा सञ्चार, यातायात खर्च तथा उत्कृष्ट सेवा प्रदान गर्ने महिला स्वास्थ्य स्वयंमसेविकालाई पुरस्कृत गरिने छ साथै सेवा अवधि पुरा गरी अवकास हुने राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई सम्मानजनक विदाई कार्यक्रमलाई निरन्तरता दिईने छ ।

23  विभिन्न नसर्ने रोग रोकथाम गर्न समुदायस्तरमा  प्रर्वध्दनात्मक तथा स्वास्थ्य शिक्षाका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी स्कृनिङ सेवा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । साथै आपतकालिन रुपमा आइपर्ने महामारी रोग नियन्त्रणका लागि आवश्यक तयारी गरिनेछ ।

24 एच।आइ।भि र एड्स, क्षयरोग, कुष्ठरोग सहितका कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । साथै औलो, कालाजार, हात्तिपाईले, डेगु, स्क्रब टाइफस लगाएतका रोगहरुको रोकथाम, नियन्त्रण, तथा निवारणका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

25  आयुर्वेदिक, प्राकृतिक चिकित्सा, युनानी तथा होमियोप्याथिक लगायतका वैकल्पिक चिकित्सा सेवाको विकाश तथा विस्तारमा प्रोत्साहन गरी आयुर्वेदिक औषधालय र ब्यायामशाला निमार्ण गरिनेछ । साथै औषाधिको अनुचित प्रयोगलाई निरुत्साहित गर्दै लगिने छ ।

26 यस उपमहानगरपालिकामा गर्भवति जाँच, प्रसुति जाँचलाई प्रभावकारी रुपले सञ्चालन गरिनेछ। पोषण झोला, आईरन, फोलिक एसिड, क्याल्सियम लगाएत आवश्यक पर्ने औषधि उपलब्ध गराई आवश्यकता अनुसार प्रयोगशाला सेवा निस्शुल्क गरिने छ ।

27 मनोसामाजिक र मनोविमर्श कार्यक्रम लागु गरिनेछ । साथै समुदाय स्तरमा स्वास्थ्य सेवा प्रदान गर्ने महिला स्वास्थ्य स्वयंमसेविकालाई मनोसामाजिक परामर्श तालिमको आवश्यक ब्यवस्था मिलाईनेछ ।

28  बुटवल उपमहानगरपालिकाको क्षेत्रमा सर्पको विगविगी रहेकोले समुदायस्तरमा सर्पदंश उपचार रेफेरल मेकानिजम तथा प्राथमिक उपचारको लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक क्षमता अभिबृद्धि  तालिम ब्यवस्थापन गरिनेछ ।

29  संघीय सरकारबाट बुटवल उपमहानगरपालिकाको वडा नं ७, ११ र १२ मा निर्माण हुने खुल्ला योग तथा व्यायामशालालाई निर्माण संचालनमा सहयोग र सहकार्य गरिने छ । साथै उक्त स्थानहरुमा स्थानीय तहबाट आयुर्वेद औषाधालय संचालन गरिनेछ ।

30 नगरक्षेत्रभित्र सार्वजनिक निजी साझेदारी अवधारणामा अत्याधुनिक डाइनोष्टिक ल्याव सञ्चालन गरिनेछ ।

31  बुटवल भित्रका सम्भाव्य कुनै एक स्वास्थ्य केन्द्रलाई १५ वेडको अस्पतालका रुपमा विकास गरिनेछ ।

32  शिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) अस्पताललाई यस क्षेत्रकै प्रमुख अस्पतालको रुपमा विकास गरिनेछ ।

33  प्रदेश सरकारसँगको समन्वयमा लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार र गुणस्तर सुधारका लागि आवश्यक सहयोग र समन्वय गरिनेछ ।

 

सम्बन्धित शिर्षक :