सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका १६महत्वपूर्ण कार्यक्रम

स्वास्थ्यसमाचार /सरकारको नीति तथा कार्यक्रमम स्वास्थ्यका महत्सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धि विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समेटिएका छन् ।

१. जेष्ठ नागरिकको बढ्दो जनसंख्यालाई मध्यनजर गरी विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।

२. रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना र स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुलाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत कानुनहरुको तर्जुमा गरिनेछ ।

३ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत संचालित सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य विमामार्फत वित्तिय व्यवस्थापन गरिनेछ । त्यसका लागि सबै अस्पतालहरुमा एक सामाजिक सेवा इकाई स्थापना गरिनेछ ।

४ प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागु गरिनेछ । स्वास्थ्य संस्थामा हुने सबै मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था लागु गरिनेछ ।

५ नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहुक्षेत्रीय कार्ययोजना (२०७८/२०८३) कार्यन्वयन गर्नका लागि सबै क्षेत्रहरुसँग सहकार्य तथा बहुपक्षीय सरोकार राख्ने सबै क्षेत्रहरुलाई नसर्ने रोग रोकथाममा जिम्मेवार बनाइनेछ ।

६ आम नागरिकको सशक्त सहभागितामा स्वस्थ जीवनशैलीको माध्यमबाट नसर्ने रोग न्यूनीकरणका लागि ‘नागरिक आयोग्य अभियानमार्फत निरोगी नेपाली’ अभियानलाई संचालन गरिनेछ ।

७ सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरुले ४० वर्षमाथिका नागरिकको वर्षको एक पटक आधारभूत ल्याव परिक्षण र महिलामा हुने पाठेघरको क्यान्सरको निःशुल्क स्क्रीनिङ सेवा संचालन गरिनेछ ।

८ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम विस्तार गरिनेछ । स्तन क्यान्सर रोकथामकोलागि विशेष कार्यक्रम ल्याइनेछ ।

९ शारिरीक तथा मानसिक अपांगता भएका व्यक्तिहरुका लागि प्रत्येक प्रदेशमा एक-एक वटा पुनःस्थापना तथा प्रसामक केन्द्र स्थापना गरिनेछ ।

१० आधारभुत र जीवन रक्षक औषधि, अक्सिजन, खोप तथा औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने छ । नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गसरि औषधिको आपूर्तिमा सुधार गरिने छ ।

११ सामुदायिक विधालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिनेछ ।

१२ प्रत्येक प्रदेशमा कम्तीमा २ बटा सरकारी मेडिकल कलेज स्थापना गरिने छ । १३ स्वास्थ्यकर्मीको सुरक्षालाई प्रभावकारी बनाइनेछ ।
१४ ५ देखी ११ वर्षका वालवालीकालाई खोप लगाउन सुरु गरीनेछ ।

१५ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिनेछ ।

१६ देशभित्र परिक्षण हुन नसक्ने ल्याव जाचलाई मात्र विदेश पठाइने छ । विशिष्टीकृत प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।

सम्बन्धित शिर्षक :