डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त

स्वास्थ्यसमाचार/विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा। वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता पश्चात अन्तिम सूचीमा डा. काफ्ले सहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यदलले स्वास्थ्य बीमा सुधारका…

साझा स्वाथ्य सेवा ६१ बर्षमाः बिभिन्न उतार चढावका बिच वल्ल नाफामा

स्वास्थ्यसमाचार /सरकारको अधिकांस स्वामित्व रहेको साझा स्वाथ्य सेवा ६१औ बर्षमा प्रवेश गरेको छ । वि.स. २०२१ सालमा नेपाल सरकारको ५८.७५ प्रतिशत स्वामित्व रहेको यो सहकारी राष्ट्रिय स्तरको एक मात्रै स्वाथ्य सहकारी संस्था हो । राष्ट्रिय स्तरको संजाल भएको स्वास्थ्य सहकारी “साझा स्वास्थ्य सेवा“ नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको अधिकतम तथा नेपाल सरकारकै स्वामित्वमा रहेका संस्थाहरु–मदन पुरस्कार गुठी, साझा पसल सेवा, साझा भण्डार, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड समेत गरी सरकारको अधिकतम करीव ५८.७५% (५९%) लगानी रहेको यो संस्था २०२१।०३।०३…

स्वास्थ्य निर्देशनालय लुम्बिनीको निमित्त निर्देशकमा चौधरी नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य निर्देशनालय लुम्बिनीको निमित्त निर्देशकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी नियुक्त भएका छन्। निर्देशक डा. बिनोद गिरी अनिवार्य अवकाशपछि स्वास्थ्य मन्त्रालय लुम्बिनीले चौधरीलाई जिम्मेवारी दिएको हो। २०५१ सालबाट स्वास्थ्य सेवामा प्रवेश गरेका चौधरीले दुर्गम जिल्लाहरूमा सेवा प्रदान गर्दै लुम्बिनी प्रदेशका महत्वपूर्ण स्वास्थ्य कार्यालयहरूको नेतृत्व सम्हालेका छन्। उनले स्वास्थ्य आपूर्ति केन्द्र लुम्बिनी प्रदेश र जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको रूपमा काम गरिसकेका छन्। नयाँ जिम्मेवारी सम्हालेपछि चौधरीले सबैको सहयोग र सहकार्यबाट अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।  

बुटवल हस्पिटलको बरेङमा निःशुल्क स्वास्थ्य शिविर: ६ सय बिरामीले स्वास्थ्य लिए सेवा

स्वास्थ्यसमाचार/सरकारबाट एक सय बेड संचालन अनुमती पाएको बुटवल हस्पिटल प्रा लि ले बाग्लुङको बरेङमा पुगेर बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अस्पतालका बिशेषज्ञ चिकित्सकहरुको सहभागितामा भएको शिविरमा ६ सय भन्दा वढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् । बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर नयाँ बजार स्वास्थ चौकीमा भएको निःशुल्क स्वास्थ शिविरबाट सेवाग्राही हरुले बिशेषज्ञ चिकित्सकहरु संगै ल्याव तथा औषधी समेत पाएका छन् । शिविरको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर, धनमुडा चौर समाज बुटवलको आयोजना तथा बुटवल हस्पिटल प्रा.लि.बुटवल को प्राविधिक सहयोग रहेको थियो । शिविर उद्घाटन गर्दै बरेङ…

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनीको अध्यक्षमा वली निर्वाचित

स्वास्थ्यसमाचार/ स्वास्थ्यसमाचार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेशको नयाँ ३५ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण, पेशागत सुरक्षा तथा सेवा प्रवद्र्धनका विषयलाई प्राथमिकता दिँदै गठित यस कार्यसमितिको अध्यक्षमा दोर्ण वली सर्वसम्मत निर्वाचित भएका हुन । महासंघको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, महिला उपाध्यक्षमा सरस्वती भण्डारी, सचिवमा कृष्णगोपाल चौधरी, कोषाध्यक्षमा डिलाराम भुसाल र उपसचिवमा विष्णु पन्थी, पारसजंग रावत चयन भएका छन्। सदस्यमा राधा बलाल, गीता पाण्डे, पवित्रा गौतम, नर्मदा कडेल, बबिता खनाल, बसन्ती मल्ल, कुलबहादुर बिष्ट, ठाकुरप्रसाद भट्टराई, हरि खनाल, चुडामणि नेपाल, शिवप्रसाद जीसी, केपी भण्डारी, रामेश्वर ढकाल, रेगबहादुर दिशा, स्थानेश्वर…

बुद्धभूमिमा मेडिटेक हस्पिटलको स्वास्थ्य शिविरमा ४१७ ले लिए सेवा

स्वास्थ्यसमाचार/कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ चौरीमा संचालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय १७ जनाले सेवा लिएका छन् । शनिबार श्री नेपाल राष्ट्रिय मावि चौरीमा भएको स्वास्थ्य शिविरबाट ४ सय १७ जनाको स्वास्थ्य जाँच गरिएको वडा अध्यक्ष रोम थापाले बताए । शिविरमा १ सय ४७ जनाको ल्याब परिक्षण, १ सय ५ जनाको इसिजी र सबै बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको थापाले बताए । स्वास्थ्य शिविरको उद्घाटन गर्दै मेयर केशव कुमार श्रेष्ठले निःशुल्क स्वास्थ्य शिविरको भरपुर उपयोग गर्न आग्रह गरे । यस्ता शिविरले विपन्न तथा आर्थिक अवस्थाकै कारण बुटवल जान नसकेका…

सरकार सबै पेशाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ : मुख्यमन्त्री आचार्य

स्वास्थ समाचार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नु भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पार्नु भएको हाे । प्रदेश सरकारले ऐन, नीति, नियममार्फत कर्मचारीकाे वृत्तिविकासकाे ढोका खोलेको उल्लेख गर्दै सरकार कुनै पनि पेशाकर्मीलाई निरुत्साहित नगर्ने, बरु प्रोत्साहित गर्दै अघि बढ्ने बताउनु भयो ।` प्रदेश सरकारले कुनै पनि पेशाकर्मिलाइ निरुत्साहित गर्दैन, प्राेत्साहित गरेर सेवामा समर्पित हुने वातावरण निर्माण गरेकाे छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`प्रदेश सरकारले…

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.उपाध्यायको बिदाई

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव डा. बासुदेव जनार्दन उपाध्यायको बिदाई गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा २०८१ बैशाख२७ बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको  जिम्मेवारी दिएको थियो। ९ महिनाको बसाई पछि डा. बासुदेव जनार्दन उपाध्यायको संघिय स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए। लुम्बिनीको स्वास्थ्य सचिब दुर्गा लक्ष्मी श्रेष्ठलाई जिम्मेवारी दिए संगै उपाध्याय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएका छन ।

स्वास्थ्यका नवौं तहमा बढुवा भएका ४ अधिकारीहरूको पदस्थापन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयले ९औं तहमा बढुवा भएका ४ जना अधिकारीहरुको पदस्थापन गरेको छ । मन्त्रालयले निर्णय गर्दै विभिन्न अस्पतालहरुमा अधिकारीहरुको पदस्थापन गरेको छ । पदस्थापन हुनेहरुमा कन्सल्टेन्ट आयुर्वेद बिज्ञ डा प्रबेश श्रीवास्तवलाई प्रदेश आयुर्वेद अस्पताल, बिजौरीको प्रमुखमा स्वास्थ्य शिक्षा प्रशासक भुवन कुबरलाई स्वास्थ्य तालिम केन्द्र बुटबलमा, अस्पताल नर्सिङ प्रशासक नेहा थापालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा र डा प्रकाश भट्टराईलाई पृथ्वी चन्द्र अस्पताल नवलपरासीमा पदस्थापना गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।      

लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिब दुर्गा लक्ष्मी श्रेष्ठले पदबहाली गरेकी छन्। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश उहाँलाई स्वास्थ्य सचिवको जिम्मेबारी दिएको थियो । शुक्रवार आज उनले पदभार ग्रहण गरेका हुन्। प्रमुख अस्पताल नर्सिङ प्रशासक (११ औं तह) उनी २०५२ सालमा अस्थायी र २०५४ सालमा स्टाफ नर्स (पाँचौ तह)मा नाम निकालेर स्वास्थ्य सेवामा प्रबेश गरेकी हुन । लुम्बिनी प्रादेशिक अस्पताल राप्ती अस्पतालमा र भेरी अस्पतालको नर्सिङ प्रमुख भएर काम गरेकी हुन । दुर्गा लक्ष्मी स्वास्थ्य सचिव बनेसँगै नर्सिङ तर्फबाट मन्त्रालय स्तरको प्रशासनिक कमाण्ड उहाँको काँधमा आइपुगेको छ । ४९ वर्षीया दुर्गा…