पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ।लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार निर्माण भइरहेको उक्त अस्पतालको हालसम्म भौतिक प्रगति ९५ प्रतिशत रहेको जनाइएको छ। पचास शय्याको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो। गत असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकामा कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभावलगायत कारणले काम नसकिएपछि म्याद थप गरिएको निर्माण कम्पनीका इञ्जिनियर अरविन्द मण्डलले बताए। उनका अनुसार फागुन मसान्तसम्म उक्त…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
अस्पतालको ११४ औं वार्षिकोत्सव फुटबल र भलिबल प्रतियोगिता
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत फुटबल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ। अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगीता भएको छ। खेलकुद संयोजक डा. रमेश अर्यालका अनुसार विभिन्न विभागका गरी ५ समूहले प्रतिष्पर्धा गरेको बताउनु भयो । बुटवल उपमहानगरपालिका–१२ रामनगरस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा खेल भएको थियो । खेलमा भलिबल तर्फ अस्पताल प्रशासन टीम प्रथम भएको छ भने दोश्रो ल्यावको टीम भएको छ। त्यस्तै भलिबलमा महिला तर्फ दिक्षा रिजालको टीम प्रथम…
प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनीको अध्यक्षमा पौडेल निर्वाचित
स्वास्थ्यसमाचार/ प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट गणेश राज पौडेलको अध्यक्षतामा ४ बर्षे कार्यकाल रहेको ११ जना पदाधिकारी रहेको प्रदेश कमिटि निर्बिरोध निर्वाचित हुनु भएको छ। सो उपाध्यक्षमा हरि पुन सचिवमा बिनोद बि.सि. कोषाध्यक्षमा रोशनी पुन, सह सचिवमा माजिद अलि निर्वाचित भएका छन ।यस्तै सदस्यहरुमा सन्तोस भट्टराई, बालकृष्ण कँडेल, जितेन्द्र यादब जितेन्द्र प्रजापति, संजय हलवाई तथा बिबेक चौधरी रहनु भएको छ। अधिवेशनको उदघाटन गर्दे स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले जनस्वास्थ्यको क्षेत्रमा प्रदेश स्तरिय नीति निर्माण लगाएत प्राविधिक तथा कार्यन्वयन पक्षलाई सरकारी तथा गैर सरकारी निकायहरुमा सहयोग पुग्ने तरिकाले…
शुद्धोधन गाउँपालिकाका निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
स्वास्थ्यसमाचार/लायन्स क्लव अफ बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षितिज ,लियो क्लव अफ बुटवल क्षितिज र लियाे क्लब बुटवल स्टार्सको आयोजनामा मानपकडी स्वाथ्य चौकीमा एक दिने स्वाथ्य शिविर गरेको छ । शिविरको शुभारम्भ गर्दै लायन्स डिष्ट्रिक ३२५ डिष्ट्रिक गर्भनर अर्जुनमान सैंजुले लायन्स क्लवले सामाजिक उत्तरदायित्व अभियान अनुसार सेवा प्रवाह जारी राखेको बताएका थिए । कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले स्वाथ्य शिविर आयोजना गरेर क्लवले गाउँमा राम्रो काम गरेको बताएका थिए । कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल, लायन्स क्लव अफ बुटवल क्षितिजका अध्यक्ष ध्रुब…
सिकलसेल र थालेसिमिया लाई स्वास्थ्य बीमामा समावेश गरौ :मन्त्री केसी
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र नं१ (१)१ बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । वोर्डका कार्यकारी निर्देशक डा बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा…
तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सुरु
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका आनन्दवन स्वस्थ चौकीमा भिडियो– एक्स रे सेवा सुरु भएको छ। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले भिडियो– एक्स रे सेवाको उदघाटन गर्नु भएको छ। गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालीकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको नगरप्रमुख खाँणले बताउनु भयो । अब ‘ भिडियो एक्स–रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले नगरवासीले सेवा दिन सहज हुने बताउनु भयो। यो सेवा सुरु गर्नुअघि पालीका भित्र का गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि बुटबल लगायतका क्षेत्रमा पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । अहिले…
कानून विपरित सञ्चालित वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षण पछि कानून विपरित महंगोमा औषधि विक्रिबितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गराएको छ । वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो । विरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किनाउने…
स्थापनाको ११४ बर्षमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सुरु
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल स्थापनाको ११४ बर्षमा क्याथ ल्याब सेवा सुरु भएको छ । सेवा आजबाट सुरु भएको अस्पताल बुटबलले जनाएको छ।अस्पतालले सुरु गरेको यो सेवा संगै सर्वसाधारणको पहुँचको अस्पतालको रुपमा चिनिँदै आएको लुम्विनी प्रादेशिक अस्पतालमा मुटुका बिरामीहरुलाई राहत हुने भएको छ। एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो ।सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले आज एकै दिन २ जना बिरामीको एन्जियोग्राम गरेको वताउनु भयो। आज पहिलो दिन अस्पतालले गुल्मीका ७५…
एच.आई.भी. एड्सको न्यूनिकरणका लागि ओपन म्युजिक लाइभ कन्सर्ट
स्वास्थ्यसमाचार/सधै फेसनमा भन्ने थिमका साथ एच.आई.भि. एड्सको न्यूनिकरणका लागि बुटवलमा ओपन म्युजिक लाइभ कन्सर्ट सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा मंगलबार दिउसो ३ बजेदेखि बुटवलमा म्युजिक लाइभ कन्सर्ट गरिएको थियो । एड्स हेल्थ फाउण्डेसन AHF को सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमा ओपन म्युजिक लाइभ कन्सर्ट गरिएको एड्स हेल्थ फाउण्डेसनAHF का दिव्यराज जोशीले बताउनुभयो। लाइभ कन्सर्टमा नेपाली गीत संगीतका ख्यातिप्राप्त गायक तथा संगीतकार काली प्रसाद बास्कोटाले करिव १ दर्जन गीत मार्फत ट्राफिक चोकलाई झुमाएका थिए। चिसो मौसमलाई रंगीन र तातो बनाएका कालीले आफ्नो…
कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)
स्वास्थ्यसमाचार/पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ। कपिलवस्तु प्रहरीका अनुसार नाम थर वतन नखुलेको वर्ष अ २५/२६ को पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ।यसैगरी नाम थर वतन नखुलेको वर्ष अं.२५/२६ कै पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ। अर्का एक मृतकको रौतहट जिल्ला पहुराही नपा ३ बस्ने वर्ष ४६ को नारायण ब। भण्डारीलाई रहेको र…