स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा डा. विकास देवकोटाले पदभार ग्रहण गरेका छन्। बुधबारको मन्त्रिपरिषद्को बैठकले डा. देवकोटालाई सचिवको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो। बिहिबार दिउँसो उनले पदभार ग्रहण गरे। डा. देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका थिए र पछि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका छन्। उनले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका रूपमा, साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा कार्य गरेको अनुभव छ। कोभिड-१९ को समयमा मन्त्रालयले गरेको नियमित स्वास्थ्य ब्रिफिङमा उनका प्रस्तुति सार्वजनिक रूपमा…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वस्थ्य सचिवमा डा.विकास देवकोटा नियुक्त
स्वास्थ्यसमाचार/सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको सचिव पदमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका तीन मध्ये डा देवकोटालाई सचिव बनाउने निर्णय गरेको हो । यसअघि सचिवका लागि नाम सिफारिस गर्न १२ फागुनमा बसेको बढुवा समितिको बैठकले डा देवकोटासँगै, डा संगिता मिश्रा र डा टंक बारा कोटीको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका तीनै जना १२ औँ तहका हुन् । स्वास्थ्यमा प्रशासन र स्वास्थ्य समूहका गरी दुई जना सचिव रहने व्यवस्था छ । अहिले रिक्त भएको स्वास्थ्य समूहको सचिव…
स्वास्थ्य सेवामा प्रवेश गरेको २९ वर्षपछि स्वास्थ्य सचिव बनिन दुर्गा लक्ष्मी श्रेष्ठ
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक प्रदेश सचिबको जिम्मेबारी तोकेको छ । मन्त्री परिषदको बैठकले भेरी अस्पताल नेपाल गञ्जबाट सरुवा भएका आएकी दुर्गा लक्ष्मी श्रेष्ठलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव को जिम्मेबारी दिएको छ । ४९ वर्षीया दुर्गा लक्ष्मी श्रेष्ठले स्वास्थ्य सेवामा प्रवेश गरेको झण्डै २९ वर्षपछि यो सफलता हात पारेकी हुन् । यसअघि भेरी अस्पताल नेपालगन्जमा प्रमुख अस्पताल नर्सिङ प्रशासक (११ औं तह) रहेकी थिईन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की गोल्ड मेडलिस्ट हुन्, दुर्गा लक्ष्मी । आफ्नो नर्सिङ जीवनको सबैजसो समय लुम्बिनी प्रदेशमा बिरामी सेवा, ठूला अस्पतालमा नर्सिङ विभागको…
स्वास्थ्यमा ४ प्रतिशत बजेट अपर्याप्त, बजेट वृद्धि गर्न पहल गर्छु : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यसमाचार अब व्यक्तिले गोजीबाट रकम निकालेर नभई बिमा कार्डबाट उपचार सुनिश्चित गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । स्वास्थ्य वीमाबाट उपचार गर्ने व्यवस्था मिलाएर विमा रकम तिर्नेले तिर्नु पर्ने र विमा बापतको पैसा तिर्न नसक्नेको राज्यले तिरिदिनु पर्ने बताए । ‘अब उपचार गोजीबाट पैसा निकालेर होइन, गोजीबाट विमा कार्ड निकालेर गर्नु पर्छ । विमा बापतको शुल्क तिर्न सक्नेले अनिवार्य रुपमा तिर्ने व्यवस्था गर्नु पर्छ । नसक्नेहरूको राज्यले दिनु पर्छ’, मन्त्री पौडेलले भने । आज बुटवलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई…
आम्दा नेपालको ३४औं स्थापना दिवस :रक्तदान र फलफुल वितरण
स्वास्थ्यसमाचार /आम्दा– नेपालको ३४ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाईयो । मंगलबार आम्दा नेपाल सिदार्थ बाल तथा महिला अस्पताल बुटवलले रक्तदान,नसर्ने रोगहरुको जनचेतना र बिरामलाई फलफुल वितरण जस्ता कार्यक्रम सम्पन्न गरेको छ । आम्दा अस्पतालमा सेवा लिईरहेका विरामी बालबालिकाहरुको स्वास्थ्य लाभको कामना गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख एवं आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष खेलराज पाण्डेले फलफुल वितरण गर्नुभएको हो । आम्दा नेपालको ३४औं स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष पाण्डेले आम्दा नेपालको सहयोगमा बुटवल उपमहानगरपालिका र उद्योग बाणिज्य संघ बुटवलको त्रिपक्षिय सहकार्यमा बुटवलमा सिदार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको…
चिकित्सक विदेश जान रोक्न उपयुक्त कदम चाल्नु पर्छ: राष्ट्रपति पौडेल
स्वास्थ्यसमाचार/राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घ द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।” राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता…
चिकित्सक र नर्सहरुको पारिश्रमिक बढाउने तयारी गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको बताउनु भयो । चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्नेगरी सरकार अघि बढिरहेको बताउनु भयो । श्रम ऐनले तोकेको पारिश्रमिक कम्तिमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाईका साथ लागू गर्नेगरी सरकार अघि…
बढुवा हुने डाक्टर, नर्स, फार्मासिस्ट र जनस्वास्थ्य कर्मचारीको सूची सार्वजनिक
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न विधाका कर्मचारीको बढुवा गरेको छ । मन्त्रालयले डाक्टर, नर्सिङ प्रशाशक, फार्मासिस्ट, जनस्वास्थ्य प्रशाशक लगायतका कर्मचारीको बढुवा गरेको हो । हेरौं बढुवा हुने कर्मचारीको नाम
लुम्बिनी अस्पतालमा सेवा सहजताका लागि प्रवेशद्वार थप गर्न एमालेको सुझाब
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीलाई सहजताका लागि प्रवेशद्वार थप गर्न माग गर्दै नेकपा एमाले बुटवल-९ वडा कमिटीले सोमबार अनुरोध पत्र बुझाएको छ । अस्पतालको पश्चिमतर्फ कालिका पथसँग जोडिएको ठाउँबाट प्रवेशद्वार थप गर्न माग गरिएको हो । अस्पतालको पूर्वतर्फ मुख्य राजमार्गसँग जोडिएका दुई वटा गेटले मात्रै सेवा पदान गर्दा भिड व्यवस्थापनमा समेत समस्या हुने देखिएकाले पश्चिमतर्फ पनि प्रवेशद्वार बनाई सहज बनाउन माग गरिएको एमाले वडा अध्यक्ष शेषकान्त बेलबासेले बताए । अनुरोध पत्र बुझ्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सुझाब मनन्योग्य रहेकाले आवश्यक अध्ययन गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे…
सिद्धार्थनगरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर
स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि स्क्रिनिङ शिबिर सुरु गरेको छ । शिविरमा महिलाहरुको पाठेघर झरेको, पिसाव चुहिने समस्या, स्तन क्यान्सरको जाँच गरिने छ । शिविरको सोमवार वडा नं ९ बाट सुरुवात गरिएको छ । शिबिर नगरका बिभिन्न ४ स्थानमा हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिए । शिबिर सोमवार वडा नं ९, मंगलवार वडा नं ३ को खजहना, बुधवार वडा नं १ को बेलहिया, र बिहीबार वडा नं ११ को भुजौलीमा हुने छ । सवै शिबिर हरु वडाका आधारभुत स्वास्थ्य…


