स्वतन्त्र पार्टीले स्वास्थ्य पाएन ,एमालेका पदम गिरी स्वास्थ्य मन्त्री बन्ने

स्वास्थ्यसमाचार/ नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ ।डा पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मा दिएका छौँ भनेर नेतृत्वबाट खवर आएको छ । म त्यसैको तयारीमा छु,’ सम्छिप्त कुराकानी गर्दै गिरीले भने । स्वास्थ्य मन्त्री एमालेको भए पनि राज्यमन्त्री भने राष्टिय स्वतन्त्र पार्टीले…

जहाज दुर्घटनामा छोरा बुहारीसहित १५ महिने नाति गुमाएका मदनकाजीका दुई दिनदेखि थामिएको छैन आँसु

पोखरा/ परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा (एकीकृत समाजवादी) का नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा । बैठक कोठाको ‘लोबेड’ मा सुतिरहनुभएका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो । छिनछिनमा गम्छाले आँसु पुछिरहेको दृश्यले त्यहाँ पुग्ने आधिकाशंको आँखा पनि रसाइरहेको थियो । त्यही समयमा सान्त्वना दिनकै लागि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उहाँको मोबाइलमा फोन गर्नुभयो तर पहिलो पटक श्रेष्ठको फोन उठेन, पुनः अर्को पटक फोन गर्नुभयो, श्रेष्ठले दोस्रो पटकको फोन उठाउनुभयो तर श्रेष्ठको वाक्य स्पष्ट हुँनै सकेन । उहाँ छिनछिनमा नाति, छोरा र बुहारीलाई सम्झिएर…

को बन्छ स्वास्थ्य जनसंख्या मन्त्री डा.तोसिमा कि , डा.चन्दा कार्की ?

स्वास्थ्यसमाचार /राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थयमन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ । ललितपुर–३ बाट जितेकी डा तोसिमा कार्की र समानुपातिक सांसद डा चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेका छन् । सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने वताएका छन। प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका हुन। ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब सहमति जुटाएका छन् । प्रधानमन्त्रीनिकट…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने

स्वास्थ्यसमाचार / रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भएको छ । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटपछि प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारको विषय आजै टुंगिने बताएका छन् । उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ । रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरेको थियो । सुरुमा तीन मन्त्री र एक राज्यमन्त्री दिन शीर्ष नेताहरु तयार देखिएका थिए । तर सरकारमा सहभागी हुने दलहरु बढेपछि एक…

यतिको बिमान दुर्घटनामा तिलोत्तमाले पनि गुमायो युवा चिकित्सक

स्वास्थ्यसमाचार/ हिजो पोखरामा भएको यति एयरलाईन्सको एटिआर ७२ बिमान दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा स्थायी घर भएका एक चिकित्सकले समेत ज्यान गुमाएका छन्। पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत रुपन्देहीको तिलोत्तमाका डा गणेश थापा २ साताको बिदा सकिएपछि आईतबार यति एयरलाईन्सको सोही बिमानमा काठमाण्डौंबाट पोखरा जाँदै थिए। तर उनी सहित ६८ यात्रु र चालकदलका ४ सदस्य गरी ७२ जना सवार बिमान पोखरा बिमानस्थलमा ओर्लन नपाई दुर्घटनामा पर्यो। तिलोत्तमा नगरपालिका वडा नं ४ डिंगरनगरमा रहेको आफ्नै घर अगाडीको सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसी सम्म र बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु…

स्वास्थ्यमा सुधार आएपछि नगर प्रमुख पाण्डेयअस्पतालबाट डिस्चार्ज

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। निमोनियाका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका पाण्डेय आईतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएपछि पाण्डेयले उपचारमा संलग्न चिकित्सक डा नन्दु पाठकलगायतका स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सुरक्षागार्ड, सरसफाईकर्मीलाई धन्यवाद दिएका छन्। पाण्डेयले सरकारी अस्पतालको सेवासुविधामा अझै सुधार गर्दै आमनागरिकको स्वास्थ्य सुरक्षाप्रति गम्भीर हुनुपर्ने बताए। उनले बुटवलले नगरस्तरको स्वास्थ्य सेवामा सुधार ल्याउन २ वटा अस्पताल निर्माणको क्रममा रहेको र थप अस्पताल स्थापनाका लागि प्रयास भईरहेको बताए। बुटवलमा थप अस्पताल स्थापना हुदा विशिष्टिकृत सेवा सञ्चालनमा जोड दिने बताए।

छपियामा चिकित्सकहरुद्वारा पाठेघरको मुखको क्यान्सर जाँच शिविर

स्वास्थ्यसमाचार/ पेशासंँगै सामाजिक उत्तरदायित्वमा निर्वाह गर्ने उद्देश्यका साथ रुपन्देहीका चिकित्सकहरुद्वारा स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालले छपियामा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरेको छ । सियारी गाउँपालिका र जलकल्याण सहकारी संस्थाको सहकार्यमा सियारी गाउँपालिकाको पब्लिक माविमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरिएको हो । शिविरमा हाड जोर्नी तथा विशेषज्ञ डा शंकर पोखरेल, नेत्र रोग विशेषज्ञ डा विनिता भट्टराई, दन्तरोग विशेषज्ञ डा आकृति बानिया, डा मन्जु गुभाजु, रेडियोलोजिष्ट अभिषेकमान बज्राचार्य, डा विजय घिमिरे, डा वसन्त शर्मा, विजय भण्डारी, नाक कान घाँटी विशेषज्ञ डा मधुसुधन…

खोप नलगाएकै कारण नेपालगञ्जमा दादुराको प्रकोप फैलिएको पुष्टि

स्वास्थ्यसमाचार/ बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । तर, बाँकेकै नेपालगञ्ज उपमहानगरमा गत साता खोप छुटेकै कारण दादुराको प्रकोप फैलियो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले आइतबारसम्म ७८ बालबालिकामा दादुराको संक्रमण पुष्टि भइसकेको जनाएको छ भने एक जनाको मृत्यु भएको छ । गत वर्ष पनि जाजरकोट र धादिङमा दादुराको संक्रमण पुष्टि भएको थियो । उसो त, सरकारले दादुराको खोपलाई नियमित खोपमै समावेश गर्दै आएको छ । दादुराको खोप ९ महिनामा पहिलो र १५ महिनाका बालबालिकालाई दोस्रो मात्रा दिइँदै आएको छ । सरकारले यो वर्षको अन्त्यसम्ममा दादुरालाई जनस्वास्थ्य समस्याका…

पोखरा यतिको विमान दुर्घटना: तीन चिकित्सक सहित ६८ यात्रुको मृत्यु

स्वास्थ्यसमाचार/ पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा डा सुशील श्रेष्ठका दम्पतीले ज्यान गुमाएका छन्। दुर्घटनामा परेका डा श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकरको शव सनाखत भएको छ। उनीहरुसँगै दश महिने छोराको पनि विमान दुर्घटनामा मृत्यु भएको छ। परिवारका तर्फबाट उनका भिनाजु दिपेन्द्रमान श्रेष्ठले सनाखत गरेका छन्।न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए। पोखरा स्थायी घर भएका डा श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन्। उनी पोखराको गण्डकी बोर्डिङ स्कुल पढेका हुन्। उनकी श्रीमती डा…

RAAN लुम्बिनी प्रदेशस्तरीय प्रथम भेला माघ ७ गते बुटबलमा हुने

स्वास्थ्यसमाचार / राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रान को लुम्बिनी प्रदेशस्तरीय प्रथम भेला यहि माघ ७ गते बुटबलमा हुने भएको छ। लुम्बिनी प्रदेश तदर्थ समितका संयोजक नरहरि अर्यालका अनुसार लुम्बिनी प्रदेशस्तरीय भेला तथा रमाइलो बनभोज कार्यक्रम २०७९ माघ ७ गते शनिबारको दिन बुटवल फुलवारी हुने बताउनु भयो।   केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालको आतिथ्यमा बसेको बैठकमा रान लुम्बिनी प्रदेश संयोजक नरहरी अर्याल रुपन्देही जिल्ला सल्लाहकार नारायण सापकोटा ,रान जिल्ला अध्यक्ष दिपक कार्की लगायको उपस्थिति थियोे । उक्त बैठक ले मितितय गरेको हो। उक्त बैठकले प्रदेश भेला सफल गर्नुका साथै ,यहि माघ २८…