स्वास्थ्य निर्देशनालय लुम्बिनीको निमित्त निर्देशकमा चौधरी नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य निर्देशनालय लुम्बिनीको निमित्त निर्देशकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी नियुक्त भएका छन्। निर्देशक डा. बिनोद गिरी अनिवार्य अवकाशपछि स्वास्थ्य मन्त्रालय लुम्बिनीले चौधरीलाई जिम्मेवारी दिएको हो।

२०५१ सालबाट स्वास्थ्य सेवामा प्रवेश गरेका चौधरीले दुर्गम जिल्लाहरूमा सेवा प्रदान गर्दै लुम्बिनी प्रदेशका महत्वपूर्ण स्वास्थ्य कार्यालयहरूको नेतृत्व सम्हालेका छन्। उनले स्वास्थ्य आपूर्ति केन्द्र लुम्बिनी प्रदेश र जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको रूपमा काम गरिसकेका छन्।

नयाँ जिम्मेवारी सम्हालेपछि चौधरीले सबैको सहयोग र सहकार्यबाट अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :