लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.उपाध्यायको बिदाई

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव डा. बासुदेव जनार्दन उपाध्यायको बिदाई गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा २०८१ बैशाख२७ बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको  जिम्मेवारी दिएको थियो।

९ महिनाको बसाई पछि डा. बासुदेव जनार्दन उपाध्यायको संघिय स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए।

लुम्बिनीको स्वास्थ्य सचिब दुर्गा लक्ष्मी श्रेष्ठलाई जिम्मेवारी दिए संगै उपाध्याय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएका छन ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :