राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा. पौडेल, महासचिव बने सिंह

९९ सदस्यीय नयाँ कार्यसमितिमा सबै पदमा सहमतिको आधारमा चुनियो

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा सन्तोष पौडेल चुनिएका छन् । राजधानीमा गत शनिबार देखि जारी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट डा पौडेल अध्यक्षमा चयन भएका हुन् । यसअघि उनी महासचिव थिए ।

यसैगरी संगठनको उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल चयन भएका छन् । महासचिव पदमा भीमराज सिंह चयन भएका छन् । उनी यसअघि उपाध्यक्ष थिए ।

यसैगरी उपमहासचिव पदमा खगराज पोखरेल, सचिव पदमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन् ।

नौ सदस्यीय पदाधिकारीमा सहमति जुटेको भन्दै अपरान्ह तिर नै नाम घोषणा भएको थियो तर प्रतिनिधिहरुले असन्तुष्टि जनाएपछि अध्यक्ष मण्डलले केही समय पुन छलफल गरेको थियो ।

९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा सबै पदमा सहमतिको आधारमा टुंगिएको बताइएको छ ।

uml-health mahasangha

सम्बन्धित शिर्षक :