चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा स्वयंप्रकाश पण्डित नियुक्त

स्वास्थ्यसमाचार/चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदमा प्राडा स्वयंप्रकाश पण्डित नियुक्त भएका छन् । उनी आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज (एनबीएमएस) को निर्देशक बनेका हुन् ।

यसअघि एनबीएमएसमा निर्देशक प्राडा गुरु खनालले २० माघ २०८१ देखि लागू हुने गरी १८ माघ २०८१ मा राजिनामा दिएका थिए । त्यसपछि एनबीएमएस रिक्त थियो । सो पदमा अघिल्लो महिना देखि नियुक्ती प्रक्रिया सुरु गरिएको थियो ।

‘रिक्त पदमा आवेदन मागिएको थियो । मैले दिएँ । खुल्ला प्रतिस्पर्धाबाट छनौट भएँ । हिजोबाट जिम्मेवारी सम्हाल्न थालेको हुँ,’ प्राडा पण्डितले भने । रेडियोलोजिका प्राध्यापक प्राडा पण्डित सरकारी सेवाबाट छ वर्ष अघि नै अनिवार्य अवकाश पाएका थिए ।उनी अवकाश हुनु अघि वीर अस्पतालमा निर्देशक थिए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :