काठमान्डौ/ राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई सपथ ग्रहण गराएका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् ।
आगामी ६ महिनाभित्र निर्वाचन गराउने गरी उनलाई संविधानको धारा ६१ को उपधारा ४ अनुसार राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यससँगै नेपालको इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्रीसमेत बनेकी छिन् ।
यसअघि पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की यसपटक जेन–जीको आन्दोलन र सत्ताबाट केपी शर्मा ओलीको बहिर्गमनपछि पहिलो महिला प्रधानमन्त्री बनिन् । धारा ६१ को उपधारा ४ अनुसार राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ ।
‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ,’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ । यस्तै आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने र उक्त मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा संसद् विघटन हुनेछ ।
प्रतिकया दिनुहोस्