संसद बाहिरका व्यक्तिलाई सरकार प्रमुख बनाउन नसक्ने राष्ट्रपतिको अडान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बाहिरका व्यक्तिलाई सरकार प्रमुख बनाउन नहुने स्पष्ट अडान सार्वजनिक गरेका छन्।
उनले संवैधानिक व्यवस्थाअनुसार संसद् सदस्यबाटै प्रधानमन्त्री चयन गर्नुपर्ने भन्दै पछिल्ला राजनीतिक परिप्रेक्ष्यलाई ध्यान दिँदै यस्तो धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपतिले संविधानले प्रधानमन्त्रीको नियुक्ति प्रक्रियाबारे स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै भने, “संसद् बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिँदैन, संविधानले संसद् सदस्यबाटै सरकार प्रमुख चयन गर्नुपर्ने व्यवस्था गरेको छ।”

पछिल्लो समय दलहरूबीच आन्तरिक शक्ति–समिकरण तथा सरकार गठनका सम्भावित विकल्पबारे चलिरहेका छलफलबीच राष्ट्रपतिको यो अभिव्यक्ति आएको हो।
राजनीतिक वृत्तमा यसलाई सरकार गठनको प्रक्रियामा मार्गदर्शन गर्ने किसिमको संकेतका रूपमा लिइएको छ।

संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिसँग भए पनि त्यो पूर्णतः संसद् सदस्यहरूमध्येबाटै गर्नुपर्ने बाध्यता रहेको छ।

सम्बन्धित शिर्षक :