स्वास्थ्यसमाचार/ पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन र आमूल परिवर्तनका लागि आफू सहर्ष पदत्याग गर्न तयार रहेको घोषणा गर्नुभएको छ ।
भदौ २३ र २४ गते जेन-जी युवाहरूको आह्वानमा सुरु भएको आन्दोलनपछि देश नयाँ राजनीतिक संकटमा प्रवेश गरेको सन्दर्भमा थापाले आफ्नो प्रस्ताव सार्वजनिक गर्दै सो घोषणा गर्नुभएको हो ।
उहाँले आन्दोलनका क्रममा मारिएका युवाहरूको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीति निर्माण गर्ने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले लोकतन्त्रलाई जोगाउन निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु र संविधानको रक्षा गर्नु आजको प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।
“हामीले अहिले जसरी काम गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण सम्भव हुँदैन उहाले भन्नुभयो,”आमूल सुधारका लागि आवश्यक परे म महामन्त्री पद पनि छोड्न तयार छु।”
थापाले छ वटा बुँदामा आफ्नो प्रस्ताव अघि सार्दै संवैधानिक रिक्तता टार्न निर्वाचनको खवरदारी, भदौ २३–२४ को घटनाबारे निष्पक्ष छानबिन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, नागरिक सेवाप्रवाह निरन्तरता र पार्टीमा संरचनागत सुधारका आवश्यकतामा जोड दिनुभयो ।
थापाले पार्टी सभापति शेरबहादुर देउवा लगायत विभिन्न नेतामाथि भएका आक्रमणको घोर निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
प्रतिकया दिनुहोस्