स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर ८ तिलोत्तमा पथमा रहेको ग्याष्ट्रो सेन्टर प्रालिले एक बर्षमा २ हजार ५ सय ८७ जनाको सफल उपचार गरेको छ । प्रथम बार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रालिका डा. मोहन भुषालले स्थापनाको पहिलो बर्ष संस्थाको उदेश्य अनुसार सफल भएको जानकारी दिए ।
एक बर्षमा उपचार भएका विरामीहरु मध्ये ३ सय ५ जनालाई निःशुल्क रुपमा सेवा प्रवाह गरेको डा. भुसालको भनाई रहेको छ । एक बर्षमा ७५ जना विरामीमा क्यान्सर समेत देखिएको देखिएको र उपचारको लागी सिफारिस गरिएको थियो । देखिएको क्यान्सर कुनै पहिलो चरणको थियो भने कुनै तेश्रो चरण सम्म भेटिएको डा भुसालले बताउनु भयो।
यसको साथै प्रालिले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत रुपन्देहीको देवदह, अर्घाखाँचीको सितगंगा र गुल्मीको भार्सेमा निःशुल्क स्वाथ्य शिविर समेत सञ्चालन गरेको थियो ।
प्रालिका सञ्चालकका अनुसार शिविरबाट १ हजार २ सय ४८ जनाले सेवा लिएका थिए । शिविरमा आएका ९२ जना विरामीको निःशुल्क रुपमा इन्डोस्कोपी समेत गरिएको सञ्चालकले जानकारी दिए ।
यस्तै प्रालिको प्रथम स्थापना दिवसको अवसरमा लिभरको जाँचमा ४० प्रतिशत छुट र ओपीडी टिकट, ल्याब लगायतका १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको प्रालिका सञ्चालक युवराज दिशा मगरले जानकारी दिए ।आगमी दिनमा ERCP सेवा संञ्चालन गर्ने र ग्याष्ट्रो अस्पताल स्थापनाको लागी पहल गर्ने प्रालिले जनाएको छ।
प्रतिकया दिनुहोस्