स्वास्थ्य क्षेत्र सुधार गर्न ५५ बुँदा लिएर अगाडि बढेको छु :स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेको वताउनु भयो ।उहाले स्वास्थ्य क्षेत्र सुधार गर्न मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ५५ बुँदा लिएर अगाडि बढेको वताउनु भएको छ ।

भीम अस्पताल भैरहवा, रुपन्देहीमा आयोजना गरेको अस्पतालबाट प्रवाह हुने सेवा तथा गुणस्तरकोबारे छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो वताउनु भएको हो । उहाले भीम अस्पतालप्रति सेवाग्राहीको विश्वसनीयता बढ्नु सकारात्मक पक्ष भएको वताउनु भयो ।
‘अस्पतालको स्तरोन्नतिमा लाग्नुपर्छ । यो अस्पतालमा बिरामीको चाप बढेको छ ।

सरसफाईमा ध्यान दिइएको छ उहाले भन्नु भयो, यो कायम राख्नुहोला । नेतृत्व र व्यवस्थापन महत्वपूर्ण कुरा हो । अस्पतालले महिला नेतृत्व पाउनु महिला सशक्तीकरणको उदाहरण हो । भीम अस्पतालमा आउँदा सेवाग्राहीको भिड देख्नु खुसीको विषय भएको वताउनु भयो । रोग लाग्नु राम्रो विषय होइन । तर, यस किसिमको विश्वसनीयता बढ्नु राम्रो हो ।’

मन्त्री सारुले राम्रा भएका कुरालाई प्रवद्र्धन गर्नुपर्ने र सुधार्नुपर्ने कुरालाई पैरवी गर्दै जानुपर्नेमा जोड दिनु भयो । उहाले औषधी खरिद र फार्मेसी सेवालाई व्यवस्थित र पारदर्शी बनाउँदै लैजानुपनवताउनु भयो । ‘भनसुन, प्रभाव र दबाबमा काम गर्दा सिस्टम बिग्रेका छन्, अस्पतालमा ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर लाइन नबस्ने गरी वातावरण बनाउनुपर्छ । उहाले भन्नु भयो, ‘१ सय शैयाको अस्पतालको आवश्यकता छ ।’
मन्त्री सारुले मानसिक र सामाजिक स्वास्थ्यमा पनि जोड दिनुपर्ने बताउनु भयो । चिकित्सकको परामर्श बिरामीका लागि अमृत जस्तै हुने उहाँको भनाइ छ ‘हामी जनताका सेवक हौं, हामी सबै जवाफदेही हुनैपर्छ । जनप्रतिनिधि भनेको सरकार र जनताको बीचमा पुलको काम गर्ने हो । केही अस्पतालमा अध्यक्ष र मेसुबीच ट्युनिङ मिलेको छैन । यसको पनि समस्या सिर्जना गर्छ । ’

मन्त्री सारुले हरेक संघ–संस्थाको सामाजिक परीक्षण गर्न जरुरी रहेको भन्दै यसले संस्था कहाँ छ भन्ने कुरा थाहा हुने बताउनु भयो उहाले वर्तमान सरकार जनतामा आशा जगाउने अभियानमा लागेको दावी गर्नु भयो।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनु भयो। उहाले आम जनताले मुख्यत शिक्षा र स्वास्थ्यको विकास खोजेको वताउनु भयो ।

स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले भीम अस्पतालमा धेरै परिवर्तन आएको बताउनु भयो । उहाले स्वास्थ्यकर्मीलाई अस्पतालमा बस्ने वातावरण बनाउनु समाजको दायित्व भएको समेत बताउनु भयो । डा उपाध्यायले अस्पतालमा बेडको संख्या भन्दा पनि सेवा विस्तारमा जोड दिनुपर्ने वताउनु भयो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले विकास भनेको सकारात्मक परिवर्तन भएको बताउनु भयो । लुम्बिनी प्रदेश सरकारका ग्रामीण विकास विज्ञ युवराज घिमिरेले स्वास्थ्य क्षेत्रमा आफ्नो अनुभव भएको बताउनु भयो ।

भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले आफूलाई अध्यक्ष भन्दा पनि कर्मचारीको रुपमा बुझ्न आग्रह गर्नु भयो। उहाले सम्पूर्ण अस्पतालका अध्यक्षहरुलाई बोलाएर समस्याबारे जानकारी लिन स्वास्थ्य मन्त्रीसँग आग्रह गर्नु भयो ।

अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले भीम अस्पतालप्रति नागरिकको भरोसा रहेको बताउनु भयो । डा गुप्ताले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेको वताउनु भयो । उहाले प्रयाप्त जनशक्ति नहुँदा काम गर्न कठिन रहेको उल्लेख समेत गर्नु भयो।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले यसअघि भएका राम्रा कामलाई निरन्तरता दिदै सेवाहरु अझै थप्नुपनवताउनु भयो ।नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका उपाध्यक्ष मेराज खानले अस्पतालको विकासका लागि सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सिद्धार्थनगरका अध्यक्ष मोहम्मद बसिर मुसलमानले भवन मात्र बनाएर नहुने भएकाले उपकरणहरु पनि अस्पतालमा हुनुपर्ने वताउनु भयो।लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय उपमहासचिव उमेश अग्रहरीले भीम अस्पताललाई सरकारले उपेक्षा गर्न नहुने वताउनु भयो ।

स्वास्थ्यकर्मी शेषमणि यादवले भीम अस्पताललाई राम्रो बनाउन सबै लाग्नुपर्नेमा वताउनु भयो।भीम अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।सो अवसरमा स्वास्थ्यमन्त्री सारुले भीम अस्पतालको निरीक्षण समेत गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक :