स्वास्थ्यसमाचार/अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दाबी गरेको छ। यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन्। पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन्। पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ। अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो। मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी रोग प्रतिरोधक उत्पादन गर्ने देखायो। जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ। विश्वविद्यालयका अन्वेषकहरूले…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
कोरोना कहर !
रुघा लाग्ने राईनो भाईरस जस्तै नयाँ भाईरस कोरोना त्यो न औषधी छ न भ्याक्सिन नै खास मान्छे, वस्तु या जनावरको माध्यमबाट यो सर्ने संक्रमितबाट बच्न घरमै बसौं विकल्प छैन के गर्ने रुघा-खोकीसंगै उच्च ज्वरो, स्वासप्रस्वास अवरोध लक्षण यी कोरोनाका बनाउँदै छ विस्वलाई नै बोझ भाईरस सरेको दुईहप्तामा बल्ल लक्षण देखापर्ने रछ फोक्सो र मृगौला नष्ट गरि यो ज्यानैसम्म लिंदो रैछ कुनै व्यक्ति, वस्तु या जनावर देखि टाढै बस्ने गर्नू साबुन पानी या औषधीले हातको सफाई यो नबिर्सनू सचेत रहनु सजकता अपनाउनु यो नै बुद्धिमानी कोरोनाबाट बच्न एउटै विकल्प घर वाहिर…
प्रदेश ५मा कोरोनापरिक्षण ७३ मध्ये ७१कोे रिर्पोट नेगेटिभ
स्वास्थ्यसमाचार/ प्रदेश पाँचमा कोरोनाको आंशकाका ७३ जनाको स्वाव परिक्षण गरिएकोमा ७१ जनाको नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार परिक्षण गरिएका सबै ७३ जनाको रिर्पोट मा ७१ जनाको कोरोना नेगेटिभ आएको छ भने वाकी २ जनाको प्रकृयामा रहेको छ । स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालका अनुसार प्रदेशमा १सय १३ जना संकास्पद बिरामी मध्ये ८ जना भने अहिले पनि उपचाररत रहेका छन । प्रदेश पाँचमा रहेका २सय ९५ वटा क्वारेन्टीनमा २ हजार ६१ जना रहेको अधिकृत अर्यालले बताए ।
पाचौं दिन सम्म उठेन कोरोना अस्पतालमा मृत्यु भएका थापाको शब
स्वास्थ्यसमाचार २० चैत्र/ बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा भएको ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिने देखिएको छ । उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंदासम्म शब नबुझ्ने अडान लिएकी छन् । बाबुरामको शब पाँच दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सवगृहमा रहेको छ । यसबीचमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानवीन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् । समाजवादी पार्टी प्रदेश ५…
नेपालमा छैटौ कोरोना संक्रमित ६५ बर्षिय हजुरआमा
स्वास्थ्यसमाचार /नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका थिए । दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको केश ६ जना पुगेको छ। मन्त्रालयले छैटौं संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन । यसअघि कतार एयरवेजको क्यूआर ६५२ नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको थियो । अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १…
रुपन्देही र बाकेमा फोनबाटै चिकित्सक परामर्श सेवा
स्वास्थ्यसमाचार /हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका छन। कोरोनाको जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि समस्यामा परेका बिरामीका लागि रुपन्देहीका चिकित्सकहरुले फोनमार्फत् स्वास्थ्य परामर्श दिन थालेका हुन । सार्वजनिक सवारी साधन र एम्बुलेन्स समेत सहजरुपमा नचल्दा स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीलाई नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका हुन् । हेल्थ असिस्टेन्ट संघ रुपन्देहीका अध्यक्ष राजेश ज्ञवालीका अनुसार संघले आग्रह गरे अनुसार बाल रोग विशेषज्ञ डा.सन्तोष पोख्रेल, डा.वसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा.प्रेम प्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा.…
सुनौली नाकाबाट १० दिनकी सुत्केरीको उद्धार गरी क्वारेन्टीनमा
स्वास्थ्यसमाचार /नेपाल र भारत दुबै देशमा लकडाउन भएपछि भारतको सुनौली नाकामा रोकिएकी १० दिनकी सुत्केरी महिलाको उद्धार गरी क्वारेन्टीनमा राखिएको छ । रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जि ३ दिनदेखि सुनौली नाकामा अलपत्र परेकिथिईन। भारतको गाजियाबादमा सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि सुनौलीमा रहेकि थिईन । उनलार्ई तिलोत्तमा नगरपालीकाले प्रमुख जिल्ला अधिकारी महादेव पन्थको समन्वयमा उद्धार गरेको नगर प्रमुख बासुदेब घिमिरेले बताए । सुत्केरी महिलालाई सोमबार देखि बेलहिया समाज र स्थानीय बासिन्दाले खानाको प्रबन्ध मिलाएका थिए । सुत्केरी महिला संगै उनका श्रीमान मजोज तथा २ र ३ बर्षिय छोरालाई समेत नेपाल प्रबेश…
चीनियाँ वैज्ञानिकको दावीः अबको ४ हप्तापछि कोरोना शून्यतिर झर्छ
चिन/चीनका वैज्ञानिकले अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने दावी गरेका छन् । चीनका वरिष्ठ वैज्ञानिक डा झाङ्ग न्यानसेनले कोरोना भाइरसलाई लिएर विश्वमा देखिएको संक्रमणको दर आउने ४ हप्तामा शून्यतिर झर्ने बताए । चीन सरकारले कोरोना भाइरसलाई लिएर बनाएको विशेष टिमका प्रमुख ८३ वर्षीय डा झाङ्गले चीनमा पनि अब कोरोना भाइरसले कुनै प्रभाव नपार्ने बताए । उनले भने, ‘भाइरसलाई लिएर गरिएको विभिन्न अध्ययन र अनुसन्धानले भाइरसले अझै केहिदिन प्रभाव पार्ने भएपनि ४ हप्तापछि यसको प्रभाव कम हुँदै जानेछ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेली मेल र रोयटर्सका अनुसार डा…
कोरोना पछिको कालोबजारी भाईरस
संसार नै आज कोरानाको त्रासमा भएपछि दिनदिनै हजारौं मानिसको ह्रासमा भएपछि के गर्न नै सकिन्छ र उचित रोकथामका लागि हजारौं वैज्ञानिक पनि औषधि पत्तालाउन असफल भएपछि ! जताततै मास्क र स्यानिटाईजरको नाममा लुट भएको छ मौका यहि हो लुट्ने ब्यापारीलाई पनि छुट भएपछि संसार नै लकडाउनको अवस्थामा गुज्रिएको छ कोराना एक ब्यक्तिबाट अर्कोमा सर्ने भएपछि ! प्राप्त स्वास्थ्य सेवा भएका ठुला देश पनि संक्रमणमा छन् कोरानाले पनि धनि गरिबको भेदभाव नगर्ने भएपछि गाउँशहर देशबिदेशका सबै क्वारेन्टाइनमा बसेका छन् कोराना भाईरस नै मृतु शैयामा पुराउने जहर भएपछि ! हातधुन सफासुग्घर हुन…
प्रदेश ५सरकारले कोरोना नियन्त्रण उपचार कोष निर्देशिका तयार गरी लागू
स्वास्थ्यसमाचार/ प्रदेश सरकारले कोरोना भाईरस कोभिड –१९ नियन्त्रण तथा उपचार कोष संचालनको लागि निर्देशिका तयार गरी कार्यान्यनमा ल्याएको छ । कोष संचालनको लागि सामाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाईएको छ । जसको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका सचिव डा गोपीकृष्ण खनाल रहेका छन । त्यसैगरी सदस्यहरुमा मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन । कोषमा जम्मा भएको रकम कोरोना भाइरस रोकथाम तथा उपचारको लागि आवश्यक आईसोलेशन अस्पताल स्थापना र संचालनमा लाग्ने खर्चहरुको…