उपचारको क्रममा गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको मृत्यु

स्वास्थ्यसमाचार/  गुल्मी जिल्लाको एक गाउँपालिका अध्यक्षको निधन भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको हो।

आज बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पुष्टि गरिन्।अध्यक्ष थापा विमारी भएर १० दिनअघि अस्पताल भर्ना भएका थिए ।थापा ब्लड क्यान्सरबाट पीडित थिए । अध्यक्ष थापाका चार जना छोराहरु छन् ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :