रुपन्देहीमा साउन १र २ गते कोरोना विरुद्धको भेरोसेल खोप लगाईने

लक्षित समुहमा पर्नु भएको छ भने यस्ता कागजात अनिवार्य,१६ पालिका र २ अस्पतालमा खोप केन्द्र

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले भोली देखी अर्थात साउन १ र २ गते जिल्लाका १६ स्थानिय तह र २ अस्पताललमा कोरोना विरुद्धको भेरोसेल खोप अभियान संञ्चालन गर्ने भएको छ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार रुपन्देहीमा भोली देखी अर्थात साउन १ र २ गते कोरोना विरुद्धको भेरोसेल खोप अभियान सुरु गरिने बताए ।

उनले जिल्लाका १६ पालिका लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवामा खोप केन्द्र तोकिएको बताए ।डा गिरीले भने केही समयपछि जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप लगाउने हो अहिले त्यस बारे केहि निर्णय भएको छैन ।

भेरोसेल पाउने लक्षित समूह

–५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू

– विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु

–नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु

उमेर समुहको हकमा ः

–उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात

–सार्वजनिक यातायातका चालक ,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र, र सवारी साधनसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारी बाट प्रमाणित सूचिको आधारमा,

–अत्यावश्यक सेवा प्रवाह प्रमुख जिल्ला अधिकारीले तोकेका सेवाहरुमा संलग्न व्यक्तिहरुको हकमा आधिकारिक परिचय पत्र आधारमा, विश्वविध्यालय र विध्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्रको आधारमा,

– खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा

–पूर्ण र अति अशक्त अपाक्तगता भएका नागरिकहरुको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रको आधारमा
खोप लगाईने

गिरीले पालिकाले केन्द्र तोकेको स्थानमा गरि खोप लगाउन आग्रह समेत गरेका छन ।

सम्बन्धित शिर्षक :