स्वास्थसमाचार अनलाईन । कोभिड-१९ अर्थात कोरोनाको संक्रमण हुने संभावनहरुलाई विज्ञहरुले विभिन्न चरणमा वर्गिकरण गरेको पाईएको छ । जसमध्ये केही मुख्य चार चरणहरुलाई तल उल्लेख गरिएको छ । पहिलो चरणमा बिदेशबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन सक्छ । कोरोना फैलन सक्ने पहिलो संभावनाका यी व्यक्ति विशेष निगरानीमा राखिनु जरुरी हुन्छ । यी व्यक्तिहरु विशेष स्वास्थ्य परिक्षण र कम्तिमा दुईहप्ताको निगरानी पश्चात अन्य व्यक्तिको सम्पर्कमा आउनु उचित हुने देखिन्छ । त्यस्तै दोस्रो चरणमा विदेशबाट आएकाहरुका परिवार, आफन्त वा सम्पर्कमा आएका व्यक्तिहरु कोरोनाको सिकार हुन सक्छन् । यो कुराले गर्दा कुनैपनि विदेशीएर आएको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
महामारी फैलिदा बजेट प्रदेश र स्थानियमा छ भनेर संघिय सरकार उम्कन मिल्दैन
आज विश्वका हरेक मानिसको ध्यान कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भन्ने तिर केन्द्रित छ। अहिलेको भयाबह परिस्थितिमा नेपाल जस्तो विकासोन्मुख देशका लागि यो कोरोना भाइरस ठुलो चुनौतिको बिषय हो। यो विषम परिस्थितिमा नेपालीले संयम अपनाउने र राज्यले बनाएका नीति नियमहरुलाई पालना गर्नुको विकल्प छैन। यसका लागि सबै नेपालीहरु राज्यले बनाएका नीति नियमहरु प्रति सचेत हुन् आवश्यक छ।स्वास्थ्य कर्मि हरूले काम गर्दा न्युनतम सुरक्षाका सामाग्रीहरु पिपीई मात्र नभई मास्क पनि प्रयाप्त मात्रामा उपलव्ध गराउनु आबश्यक रहेको छ । अर्कोतर्फ सरकारले जोखिममा काम गरे बापत उपलब्ध गराउने जोखिम भत्ता सम्पुर्ण स्वास्थ्यकर्मिहरूले पाउनु…
तिलोत्तमाका विभिन्न स्थानमा डिस-इन्फेक्सन स्प्रे छर्कियो
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले नगरका स्वास्थ्य संस्था, नगरपालिका कार्यालय र क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे गरेको छ । हाल मानिसको चहलपहल बढी हुने स्वास्थ्य संस्थामा पहिलो चरणमा किटनाशक औषधि छरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । लकडाउनका कारण हाल वडा कार्यालयहरुमा सेवाग्राहीको उल्लेख्य उपस्थित छैन । कोरोना संक्रमण जोखिम पूर्वतयारीका लागि नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीको दिनहुँ उपस्थिति हुने गरेको छ । यस्तै शंकरनगर दुर्गादत्त माविमा स्थापना गरिएको क्वारेन्टाइनमा हाल २७ जना छन् । पहिलो चरणमा यिनै क्षेत्रलाई लक्षित गरी डिसइन्फेक्सन स्प्रे गरिएको नगर प्रमुखका स्वकीय सचिव विष्णु अर्यालले जानकारी दिए । शनिबार शंकरनगर…
पाँचौ कोरोना संक्रमित १९ वर्षीया किशोरी बागलुङकी
स्वास्थ्यसमाचार / काठमाडौं उपत्यका बाहिर फेरि एक जनामा कोभिड–१९ पोजेटिभ भेटिएको छ । गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुंग की १९ वर्षीया किशोरीमा कोरोना पोजेटिभ भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित्र प्रेस बिफ्रिङ गर्दै शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा ती किशोरीमा कोरोना पोजेटिभ पाइएको बताए । उनी कतारबाट क्यू ६५२ फ्लाइटबाट नेपाल आएकी र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा। देवकोटाले जानकारी गराए । योसँगै नेपालमा नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । कोरोना…
कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानको २ लाखसहयोग
स्वास्थ्यसमाचार /जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले कोरोना कोषमा २ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष ज्ञानु पौडेल सहकारीले तिलोत्तमा, सिद्धार्थनगर, सियारी र ओसतिया गाउँपालिकालाई ५० हजारका दरले सहयोग वताईन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको सक्रमणबाट बच्न र बचाउनका लागि ति स्थानीय तहले संचालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थान साकोषको तर्फबाट सहयोग गरेको सहकारीका अध्यक्ष ज्ञानु पौडेल बताएन ।
प्रदेश ५ : ५२ मध्ये ३६ जनाको स्वाब परीक्षण २३ जनामा नेगेटिभ
स्वास्थ्यसमाचार/ प्रदेश ५ मा कोरोना भाईरसको आशंका गरिएका ५२ बिरामीमध्ये ३६ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा नेगेटिभ देखिएको छ । अन्य १३ जनाको नतिजा आउन बाँकी छ । आशंका गरिएकामध्ये २९ जनालाई आइसोलेसन अस्पतालमा राखिएको छ । हवाई सेवा बन्द भएकाले अस्पतालहरूले एम्बुलेन्स मार्फत स्वाबको नमुना काठमाडौं पठाइरहेका छन् । जसले गर्दा परीक्षणको नतिजा आउन ढिला भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार बुटवल धागो कारखानामा आठ, बाँकेको अर्वुद रोग अस्पतालमा १०, दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा पाँच,…
औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको विमान दुर्घटना
स्वास्थ्यसमाचार/काठमाडौंबाट औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । औषधि र चिकित्सक लिएर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान अवतरणको क्रममा नेपालगन्ज बिमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विमानमा चालकदलका तीन सदस्य र दुई चिकित्सक ९यात्रु रहेका थिए । उनीहरू सबै सकुशल रहेका छन ।
स्वास्थ्यकर्मिहरुलाई पीपीईको व्यवस्था गर्न सिएमए संघको माग
स्वास्थ्यसमाचार/नेपाल सिएमए संघले व्यक्तिगत सुरक्षा सामग्री ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पी पी ई को व्यवस्था गर्न माग गरेको छ । हाल विश्वमा महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणले देश नै लकडाउनको अवस्थामा रहेको र सि।एम।ए। स्वास्थ्यकर्मीहरुले अति नै जोखिममा काम गरिरहेको हुँदा पीपीईको व्यवस्था गर्न संघले तीनै तहका सरकारसंग माग गरेको छ । संघका केन्द्रीय महासचिव लाल बहादुर खड्काले एक विज्ञप्ती जारी गर्दै नीजि स्वास्थ्य क्लिनिक सञ्चालन गरेर स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गर्न माग गरेका हुन् । “गाउँमा पहिलो उपचार गर्ने वा सल्लाह माग्ने स्थान नै पारोमेडिक्स सिएमए…
कोभिड–१९ : तिलोत्तमाले बनायो एक करोडको प्रकोप व्यवस्थापन कोष
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले एक करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष बनाएको छ । कोभिड–१९ को सँभावित जोखिमलाई मध्यनजर गरी यस अघि ८० लाख रुपैयाँ रहेको प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा २० लाख थपेर एक करोड पु¥याइएको हो । उक्त कोषमा नगरप्रमुख बासुदेव घिमिरेले व्यक्तिगत ५० हजार रुपैंयाँ दिएका छन् । यस्तै उपप्रमुख जागेश्वरदेवी चौधरीले १० हजार रुपैंयाँ र नगरपालिकामा कार्यरत करिब दुई सय जना कर्मचारी र पाँच सय जना शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ । कर्मचारी, शिक्षकको तलब जम्मा हुँदा र उद्योगी–व्यवसायीको…
ओली-प्रचण्डको विशेष निर्देशन : कोरोना रोकथामका लागि हरेक कार्यकर्ता स्वयंसेवक
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी र जनवर्गीय संगठनका हरेक नेता–कार्यकर्तालाई कोरोनाको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकका रूपमा परिचालित हुन निर्देशन दिएका छन् । पार्टीका तर्फबाट शुक्रबार विशेष परिपत्र जारी गर्दै ओली र प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन् । ‘विश्वस्तरमा झनपछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरिहालेमा पनि सुरक्षित तवरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरूलाई स्वयंसेवी भूमिकाका साथ सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ,’ परिपत्रमा भनिएको छ, ‘यसका निम्ति समस्त पार्टीपंक्ति एवं पार्टीनिकटका जनवर्गीय संगठनहरूलाई निम्नानुसार…