कोरोना महामारीमा खटिने राष्ट्रसेवक कर्मचारीका माग सम्बोधन गर

स्वास्थ्यसमाचार/ निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीले ४ बुदेमाग राखी जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष राम प्रसाद पन्थीद्धारा हस्ताक्षरित बिज्ञेप्तीमा कोरोनाको महामारीमा आफनो ज्यानलाई जोखीममा राखेर अग्रपंतिमा खटिने कर्मचारीहरुका समस्या सबन्धित निकायको ध्यानआर्कषको लागी ज्ञापन पत्र पेस गरेको बताएका छन । ज्ञापनपत्रमा ४ बुदेमाग प्रस्तुत गरिएको छ ।

निजामति कर्मचारीको कोरोना बिमाको रकम भुक्तानी नभएकोले अबिलम्ब भुक्तानी गर्नुपर्ने, कोरोना बिरुद्धको खोप नपाएका कर्मचारीलाई तत्काल उपलब्ध गराउनु पर्ने , राष्ट्रसेवक कर्मचारीका परिवारलाई कोरोना बिरुद्धको खोप र बिमा यथोचित रुपमा भुक्तानीको ब्यबस्था गर्नुपर्ने, जोखीम भत्ता पाउन बाकी राष्ट्रसेबक कर्मचारीलाई यथा शिघ्र उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

निजामति कर्मचारीहरुको आधिकारी ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष राम प्रसाद पन्थीले भने कर्मचारीका माग सम्बोधन गर्नको लागी जिल्ला प्रशासन कार्यलयमार्फत हामीले सबै निकायलाई आग्रह गरेका छौ तत्काल सुनुबाईहोस ।

सम्बन्धित शिर्षक :