कोरोना भाइरसबाट त्रसित नहुन मन्त्री खतिवडाको आग्रह

स्वस्थ्यसमाचार/ सञ्चार एवं अर्थमन्त्री युवराज खतिवडाले कोरोना (कोभिड-१९) भाइरस संक्रमणबाट नेपालीहरु डराइ हाल्न पर्ने अवस्था नरहेको बताएका छन् । सरकारले कोरोनाको सम्भावित जोखिमलाई उच्च प्राथमिकतामा राखेर सुरक्षाका विभिन्न विधि अपनाएकाले डराउनुपर्ने अवस्था नरहको उनको भनाइ छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा बिहीबार मन्त्री खतिवडाले यस्तो बताएका हुन्। उनले हालसम्म नेपालमा कोरोना नदेखिएको बताए । उनले भने, ‘तेस्रो मुलुकबाट आउने यात्रुमाथि चेकजाँच गरिएको र शंकास्पदमाथि परीक्षण भइरहेको छ ।’ यस्तै हवाई यात्रुलाई स्क्रिनिङ गरी संक्रमणको संकेत देखिए क्वारेनटाइनमा राख्ने तयारी सरकारले गरिरहेको उनको भनाइ छ । सम्भावित कोरोना भाइरसको संग्रमणबाट…

संघिय संरचनामा लुम्बिनी प्रादेशिक अस्पतालको भुमिका अवसर र चुनौति

देश संघियतामा गइसकेपछि स्थानीय जनताका समस्या वा कामहरु स्थानीय स्तरमानै सम्वोधन र समाधान गर्नको लागि संघिय संरचना आवश्यक छ । विभिन्न क्षेत्रका समस्या वा काम जस्तै स्वास्थ्य समस्या पनि स्थानिय स्तरमानै समाधान गर्नका लागि स्वास्थ्य सेवालाई पनि संघिय संरचनामा लगिएको छ । स्थानिय सरकार, प्रदेश सरकारले आफ्नो जनताको स्वास्थ्य उपचार वा समस्या स्थानीय स्तरमा नै समाधान गर्दै र थप आवश्यकता परेको खण्डमा संघ वा केन्द्रिय सरकारबाट समेत सहयोग र समन्वयन गरी जनताका सुविधा गाउँ–गाउँ र ठाँउ–ठाँउमा संघिय संरचनाका आधारमा सर्व सुलभ तरिकाले दिने गरिन्छ । आज भन्दा ११० वर्ष पहिला…

नेपालमा कसैमा पनि कोरोना भेटिएको छैन : निर्देशक झा

काठमाडौं / राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीलाई ठूलो क्रिटिसिजमपनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्देशक झाले कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको सुनाईन् । र, उनले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र…

सियारी गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

स्वास्थ्यसमाचार/सियारी गाउँपालिकाले समुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि पालिका भित्र रहेका २५ ओटा समुदायिक विद्यालयहरुलाई दुई हजार तीन सय पचास ओटा सेनेटरी प्याड वितरण गरेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सेनेटारी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।महिलाहरुमा महिनावारी हुनु प्राकृतिक प्रकृया भएकोले यस सम्बन्धि भएका अन्धविश्वासलाई समाजबाट हटाउनु पर्ने बताए । ठाउँठाउँमा अझै पनि रजश्वाला सम्बन्धि गलत धराणले गर्दा महिलाहरु जोखिममा पर्ने र अकलमा ज्यानै गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष थारुको भनाई थियो । विभेद रहित समाज निर्माणका…

तिलोत्तमा नगरपालिकाको आह्वान :हात मिलाउनुको साटो नमस्कार गरौँ

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिमलाई रोक्न हात मिलाउनुको साटो नमस्कार संस्कृतिलाई अनुसरण गर्न नगरबासीलाई आह्वान गरेको छ । कार्यपालिका बैठकले स्वास्थ्य शाखाले तयार पारेको कोरोना जोखिम पूर्वतयारी योजनालाई स्वीकृत गर्दै नगर प्रमुखको संयोजकत्वमा पूर्वतयारी निर्देशक समिति गठन गरेको छ । समितिमा उपप्रमुख जागेश्वरी चौधरी, कार्यपालिका सदस्यहरु दुर्गा पाण्डेय, चेतनारायण भण्डारी, सुरेन्द्र श्री, संगीता गुरुङ, मुक्तिनारायण चौधरी, दानबहादुर चौधरी, क्रिमसन अस्पतालका फिजिसिय डा. कृष्णचन्द्र गोदार र सदस्य सचिवमा नगर स्वास्थ्य प्रमुख मोतिप्रसाद पौडेल रहेका छन । बैठकले कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको उपचार व्यवस्था मिलाउन वडा नं. १७ स्थित…

कोरोनासँग लड्न के–के खाने जनस्वास्थ्य विज्ञ पाण्डेका सुझाव

डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ । हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ । १, पोषिलो…

कोरोना भाइरसको औषधि तयार हुन सात महिना :अमेरिकी उपराष्ट्रपति

वासिङ्टन डी.सी. (रासस–एएनआई)  अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् । “यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,” उपराष्ट्रपति पेन्सले भने । अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोपहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदान सहित संयुक्त प्रयास गरिरहेको बताइएको छ । उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण छ सातादेखि आरम्भ हुने बताए ।…

कोरोना जोखीम रोक्ने पुर्वतयारीमा प्रदेश ५ सामाजीक बिकास मन्त्रालय

स्वास्थ्यसमाचार/संघीय सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा प्रदेश ५सरकार पनि पूर्वतयारीका काम सुरु गरेको छ । यसैक्रममा आज प्रदेश ५ सरकार सामाजीक बिकास मन्त्रालयले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा मन्त्रालयमा सरोकारबालाहरु संग छलफल गरेको छ । पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन सामाजीक बिकास मन्त्री शुदर्शन बरालले स्वास्थ्य निर्देशनालय प्रदेश तालिककेन्द्र प्रदेश आपुर्ति प्रादेशिक अस्पताल सामाजीक बिकास मन्त्रालय महाशाखा प्रमुखहरु संघिय स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखा प्रमुख स्वास्थ्यकर्मि र सरोकारबालाहरु सम्मिलित पूर्वतयारीको बारे छलफल गरेका थिए । छलफलमा बोल्दै सामाजीक बिकास मन्त्री शुदर्शन बरालले प्रादेशिक अस्पतालहरुमा १५…

कोरोना जोखिम रोक्ने पूर्वतयारीमा जुट्यो तिलोत्तमा नगरपालिका

स्वास्थ्यसमाचार/ संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्वतयारीमा जुटिरहँदा स्थानीय सरकारले पनि पूर्वतयारीका काम अघि बढाएका छन् । यसैक्रममा तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा सोमबार चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ ।पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन नगरपालिकाले क्रिमसन अस्पताल र नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका इञ्चार्जहरुसँग अन्तरक्रियात्मक बैठक गरेको हो । बैठकले क्रिमसन अस्पतालमा कार्यरत फिजिसियन डा. कृष्णचन्द्र गोदारको संयोजकत्वमा स्वास्थ्यकर्मीहरु सम्मिलित पूर्वतयारी समन्वय समिति गठन गरेको छ ।समितिले कोरोनाबाट बच्ने उपायका सन्दर्भमा जनचेतना अभिवृद्धि, नियन्त्रणका उपाय अवलम्बन र कोही संक्रमित भएमा गरिने उपचारको बारेमा संघीय र…

बुटवलमा आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स संञ्चालनमा

स्वास्थ्यसमाचार/ बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स संञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले उक्त एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । एम्वुलेन्सको प्रदेश नं ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरे । सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्यमा सबै प्रकारको सेवा यहि प्रदेशबाट दिने तयारीका साथ प्रदेश सरकारले काम अघि बढाएको बताए । मन्त्री बरालले गौतमबुद्ध सामुदायीक मुटुअस्पताल ले गुणस्तरीय सेवा उपलब्ध गराएको बताए । उनले अहिले पनि स्वास्थ्य सेवा गरिब निमुखानकोे पहुचमा नभएको बताए। निजीअस्पतालले बिरामीको रोग निकोबनाएपनि परिबारलाई मानसिकरोगी…