रुपन्देही जिल्लामा जोर विजोर हटाउँदै साउन १५ गतेसम्म निषेधाज्ञा

स्वास्थ्यसमाचार /रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–विजोर प्रणाली हटाइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आजको बैठकले निशेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले निशेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परिक्षणको दायारा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कढाइ गर्ने निर्णय पनि गरिएको जानकारी दिए । कोरोना जोखिम हटिसकेको छैन ।

त्यसलाई मध्येनजर गर्दै परिक्षण बढाउने तथा स्वास्थ्य मापदण्ड पालनामा कढाइ गर्ने निर्णय गर्दै सार्वजनिक सवारी र व्यवसाय सञ्चालनमा यसअघि कायम सीमाहरु सबै हटाइएको छ। बैठकले साउन १५ गतेसम्मका लागि निशेधाज्ञा थप गरेको छ ।

ठूला–ठूला मेला, मेला तथा भिडभाड हुनेखालका कार्यक्रमहरुमा भने अझै पनि रोक लगाइएको छ । विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जना भन्दा धेरै राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ ।

 

सम्बन्धित शिर्षक :