लुम्बिनी प्रदेशका तिन जिल्लाअस्पतालमा सामाजिक सेवा एकाई थपिँदै

लक्षित समूहलाई निःशुल्क वा सहुलियतमा उपचार गर्न सहज हुने

स्वास्थ्यसमाचार /सरकारले आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनी प्रदेशका ३ वटा अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन मार्गदर्शन परिमार्जन गर्दै लुम्बिनी प्रदेशका ३ अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन गर्न लागेको हो।

 

आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशका ३ वटा अस्पतालमा सामाजिक सेवा एकाई थप हुने भएको छ।, लुम्बिनी प्रदेशका पृथ्वीचन्द्र अस्पताल, प्युठान अस्पताल र रोल्पा अस्पतालमा सामाजिक सेवा एकाई सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।यसअघि नेपालमा ४३ वटा अस्पतालहरुमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन भइसकेको छ।

यस अघिनै, लुम्बिनी प्रदेशका ९ वटा, वटा अस्पतालमा सो कार्यक्रम सञ्चालन भइरहेको छ।सामाजिक सेवा एकाई सञ्चालन भएका अस्पतालमा सर्वसाधारणले निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा पाउने छन्। यस्ता एकाईबाट विभिन्न १३ वटा लक्षित समूहले निःशुल्क र सहुलियत रुपमा उपचार पाउने व्यवस्था गरिएको छ।

सामाजिक सेवा एकाई स्थापना तथा सञ्चालन निर्देशिका अनुसार गरिब, असहाय, अपाङ्गता भएका परिचयपत्रबाहक व्यक्ति, परिचय पत्रबाहक ज्येष्ठ नागरिक, लैगिंक हिंसा पिडित तथा बालबालिका, गरिब तथा विपन्न आकस्मिक बिरामी, विपद् एवम् प्राकृतिक प्रकोप महामारी, भूकम्प, बाढी, पहिरो, आगलागी आदिबाट पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाति, परिचयपत्रबाहक महिला स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा तथा कैदी बिरामी, परिचयपत्रबाहक शहिद परिवार तथा दुर्घटनामा परेको अभिभावक नभएको बिरामी र अन्य अस्पतालले स्थानियतहको आधारमा लक्षित समूह निर्धारण गरेका व्यक्तिले एकाईमार्फत सेवा पाउने छन्।

सम्बन्धित शिर्षक :