लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालका कर्मचारीलाई थप ५० प्रतिशत जोखिम भत्ता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

उनले कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट प्रदान गरिने उनले जानकारी दिए। केन्द्र सरकारले फ्रन्टलाइनर्सलाई कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिएपनि त्यसलाई यथावत राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थपिदिएको उनले जनाए ।

कोरोनाको तेस्रो भेरियण्टको समयमा काम गर्न मलोबल बढोस भन्नको लागि भत्ता दिइएको उनले बताए। असार २७ गते बस्ने निर्णय भएको मन्त्रीपरिपाद बैठक विभिन्न कारणले ढिलाई भएर २९ गते मंगलबार बसेको हो।

सम्बन्धित शिर्षक :